रौतहटमा थप १० जना संक्रमित, कुल संक्रमित २९१ 

स्वास्थ्य जेठ ४ 2077 ekhabarnepal
Download

काठमाडौँ,जेठ ४
रौतहटमा फेरि १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकूमा भएको परीक्षणमा १० जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार बिहान विज्ञप्ति निकालेर जानकारी दिएको छ ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या २९१ पुगेको छ । अहिलेसम्म नेपालमा एकजनाको कोभिड–१९ बाट ज्यान गएको छ ।

आइतबार बिहान संक्रमण पुष्टि हुनेमा सबै रौतहटका बासिन्दा हुन् । रौतहटको राजपूर नगरपालिका–९ फरहदवाका १८, ३२, ३६, ३९ (दुईजना), ४२ र ४८ वर्षका पुरुष तथा रौतहटकै इशनाथ नगरपालिका–३ र ५ का २८, ३० र ३३ वर्षका पुरुष रहेको मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकराीले बताएका छन् ।

आइतबार संक्रमण पुष्टि भएका सबै १० जना हाल स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको र उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ ।

प्राप्त प्रतिकृयाहरू

To Top