क मदन भण्डारी र क जीवराज आश्रितप्रति हार्दिक श्रद्वान्जली 

बिचार जेठ ३ 2077 ekhabarnepal
Bal bhd acharya

बलवहादुर आचार्य
जेष्ठ ३ गते नेपाली कम्युनिष्ट आन्दोलनको एउटा पिडादायी दिनको रुपमा आइरहन्छ । क मदन भण्डारीको विलक्षण बैचारिक क्षमता र क जीवराज आश्रितको उक्त विचारलाई कार्यान्वयन गर्ने संगठन संचालनको कुशल क्षमता तत्कालिन नेकपा एमालेका नेता कार्यकर्ताहरुको मानस पटलमा अझ पनि ताजै रहेका छन् । विश्व कम्युनिष्ट आन्दोलन संकमणकालिन अवस्थामा रहेका बेला  र नेपालको कम्युनिष्ट आन्दोलन समेत लामो समय भूमिगत कार्यनीतिवाट चले पनि अपेक्षित उपलव्धि प्राप्त गर्न नसकिरहेका बेला आन्दोलनलाई नयाँ उचाइवाट अगाडी बढाउनु पर्ने आवश्यकता महशुस भएको बेलामा क मदन भण्डारीकै कुशल नेतृत्ववाट तत्कालिन नेकपा मालेले आफनो राजनैतिक विकासको बाटोमा अगाडी बढीरहेको थियो ।
 नेपालको कम्युनिष्ट आन्दोलनलाई प्रजातान्त्रिक कार्यनीतिवाट अगाडी बढाएरमात्र अव नेपालको कम्युनिष्ट आन्दोलनलाई विकास गर्न सकिन्छ भन्ने विचार २०४६ को चौथौ महाधिबेशनवाट पारित गर्दै पार्टी नेतृत्वको जिम्मेवारी समेत लिई अगाडी बढनु भएको थियो । उहाँले नेतृत्व प्राप्त गरे पछि महाधिवेशनको पारित विचारलाई कार्यान्वयनमा लाने कार्यमा अगुवाई गरी ०४६ सालको जनआन्दोलनमा राजनैतिक तथा सांगठनिक नेतृत्व गर्दै जनआन्दोलन सफल बनाउने कार्यमा पार्टीको तर्फवाट महत्वपूर्ण भुमिका निर्वाह गर्दै नेपालमा बहुदलीय व्यवस्थाको स्थापनामा सफलता प्राप्त भयो ।


 त्यस पछि बदलिदो परिस्थितिमा नेपालको कम्युनिष्ट आन्दोलनलाई एकिरकण गर्ने सोचका साथमा तात्कालिन नेकपा माले र नेकपा माक्र्सवादीलाई ०४७ सालमा एकिकरण गरी २०४८ सालको आम निर्वाचनमा नेकपा एमालेलाई प्रजातान्त्रिक कार्यनीतिवाट नेपाली जनताको आशा र भरोसाको राजनैतिक पार्टीका रुपमा स्थापना गर्न सफल हुनु भएको थियो । बदलिदो अन्तराष्टिय कम्युनिष्ट आन्दोलनका सन्दर्भमा नेपालको कम्युनिष्ट आन्दोलनलाई नयाँ दिशा दिदै अन्तराष्टिय कम्युनिष्ट आन्दोलनमा समेत चासो र चर्चामा रहनु भएका क मदन भण्डारीलाई प्रतिक्रियावादीहरुले २०५० जेष्ठ ३ मा षडयन्त्रपूर्वक हत्या गर्न सफल भए । क मदन भण्डारीको बैचारिक क्षमतालाई अगाडी बढाउन हरेक क्षण उहाँको बैचारिक तथा सांगठनिक कार्यमा पूर्ण रुपमा सहयोग तथा सहकार्य गरी रहनु भएका एक अनुशासित, काम प्रति समर्पित तथा कुशल संगठक क जीवराज अश्रित पार्टीको भरोसा योग्य नेताको रुपमा लिइनु भएका नेताको समेत एउटै घटनामा भएको देहवशानवाट नेपालको कम्युनिष्ट आन्दोलनले धेरै ठुलो क्षति व्यहोर्न परेको थियो । यो एउटा नेपालीे कम्युनिष्ट आन्दोलनको लागि ज्यादै दुःखद दिनको रुपमा रहेको छ ।   
यसै दुःखद दिनलाई नेपालको कम्युनिष्ट आन्दोलनमा नयाँ विहानीको रुपमा अगाडी बढाउने सोचले नेपालका दुईवटा ठुला कम्युनिष्ट दलहरु नेकपा एमाले र नेकपा माओवादीको २०७४ जेष्ठ ३ मा एकिकरणको घोषणा गरिएको थियो । त्यस एकिकरणले आफ्नो कार्य संपादन संपूर्ण रुपमा पुरा गर्न नपाउदै नेपालको राजनीतिमा काला बादलहरु मडारिन थालेका कारण नेपालको कम्युनिष्ट आन्दोलन उत्साहाकासाथमा अगाडी आउन सकेको छैन। आगामी दिनमा यस आन्दोलनको गति कसरी अगाडी बढने हो भन्ने बारेमा आशंकाहरु देखापरिरहेको बेला पुन एक पटक नेपाली कम्युनिष्ट आन्दोलनका अगुवा कमरेडहरु मदन भण्डारी तथा जीवराज आश्रितको अनुपस्थितिको नमिठो संंझना आउदै उहाँहरु यस समयमा भएको भए सायद यो स्थिस्तिवाट सजिलै पार पाउन सकिन्थ्यो कि भन्ने आशाहरु तरंगीत भईरहेकाछन् । आजको यस ऐतिहासिक दिनमा कमरेड मदन भण्डारी र कमरेड जीवराज आश्रित प्रति भाव पूर्ण हार्दिक श्रदान्जली व्यक्त गर्दछु ।  
ख) क.मदन भण्डारीका योगदानको सार्थकता ः
जतिबेला विश्व कम्युनिष्ट आन्दोलन संकटका कारण क्रमशः पछाडी हटीरहेको थियो र कम्युनिष्ट पार्टीहरु कस्तो कार्यनीतिवाट आगाडी बढीयो भने आन्दोलनलाई अस्तित्वकासाथमा अगाडी बढाउन सकिन्छ भन्ने बारेमा व्यापक बहस चलिरहेका थियो । त्यस वेला क.मदन भण्डारीको अगुवाईमा पूँजीपति बर्गको राज्यसत्तालाई शसस्त्र युद्ध मार्फत निषेधको वाटोवाट मात्र होइन खुल्ला प्रतिष्पर्धाको मैदानवाट पनि राज्यसत्तामा सहभागी बन्दै प्रतिकृयावादी राज्यसत्ता भत्काउन र समाजको आमूल परिवर्तन गर्दै समाजवादको स्थापनाको वाटोमा अगाडी बढन सकिन्छ भन्ने नविन विचारको प्रतिपादन गर्नु भएको थियो । यस नविन विचारलाई स्वयम मदन भण्डारीले उक्त अभियानको नेतृत्व गर्दै प्रतिष्पर्धाको मैदानवाटै विचारलाई व्यवहारमा प्रमाणित गर्नु भएको थियो । यहि विचारको आलोकमा यतिबेला नेपालका कम्युनिष्ट पार्टीहरु जनताको मन जित्दै नेपालको संसदीय इतिहासमा मात्र होइन विश्व कम्युनिष्ट आन्दोलनमा र अनुसन्धानकर्ताहरुको लागि समेत खोज तथा अनुसन्धानको विषय बनेकोछ । यतिबेला नेपालको यो उपलव्धिलाई सफलताको साथमा कार्यान्वयन गर्ने विषय नेकपाको लागि एउटा महत्वपूर्ण चुनौतीको रुपमा रहेको छ भने विश्व कम्युनिष्ट आन्दोलनको लागि पनि एउटा प्रयोग र निश्कर्षको विषय बनेकोछ । 
  क मदन भण्डारीले नेपाली समाजको रुपान्तरणका सन्दर्भमा रुपान्तरणका ३ वटा चरणहरुको बारेमा भन्नु भएको विषय मननयोग्य र माक्र्सवाद सम्मत देखिन्छ । उहाँका अनुसार नेपाली समाजमा रहेका अव्यवहारिक तथा बिकृत पक्षहरु विशेष गरी सामन्ती समाज र पूँजीवादी समाजको विकृतिहरुको उन्मुलन गर्ने कार्य पहिलो चरणका रुपमा रहेको छ । त्यसै गरी पूँजीवादको विकाससंगै नयाँ जनवादी समाजको सुदृढीकरण गर्दै समाजवादका आधारहरु निर्माण गर्ने अवधि दोस्रो चरणकौ रुपमा लिन सकिन्छ भने समाजवादमा रुपान्तरण गर्न र नेपाललाई विकसित समाजवादी राष्टको रुपमा अगाडी बढाउने अवधिलाई नेपाली समाज रुपान्तरणको तेस्रो चरणका रुपमा लिन सकिन्छ । अहिले हामी नेपाली समाजको रुपान्तरणको दोस्रो चरणका रुपमा रहेको जनवादी पूँजीवादी समाज व्यवस्थाको सुदृढीकरण गर्दै समाजवादको आधारहरु तयार गर्ने अवस्थमा छौ । यो चरण लामो तथा तथा केही जटिल हुने भएकोले यस अवस्थालाई सुझबुझ पूर्ण रुपमा कार्यान्वयन आवश्यक छ । यस विषयलाई नेपाली समाजमा सफलताको साथमा कार्यान्वयन गर्ने र नेपाली समाजलाई जनवादीपूँजीवादी समाजमा सुदृढ गर्दै समाजवादी समाजका आधारहरु तयार गर्ने कार्य नै यतिबेलको कामको केन्द्र विन्दु हो । 
नेपाली राजनीतिको मियो जवज ः
आज जेष्ठ ३ नेपालको कम्युनिष्ट आन्दोलनले श्रदेय नेताहरुको नेपालको कम्युनिष्ट आन्दोलनमा दिनु भयको योगदानहरुको बारेमा चर्चा गर्ने, विगतका हाम्रा कमजोरीहरु पहिल्याउने, कम्युनिष्ट आन्दोलनका राम्रा पक्षहरुको बारेमा खुलेर चर्चा गर्ने र विगतवाट शिक्षा लिदै भविश्यका आन्दोलनलाई सहि दिशा दिन संकल्प गर्ने दिनका रुपमा लिनु पर्दछ भन्ने लागेको छ । अहिले नेपालको कम्युनिष्ट आन्दोलन जुन उचाइमा पुगेको छ ।यस धेरै नेताहरुको अहम योगदान छ । उहाहरुको त्याग समर्पणर बलिदनको परिणाम हामीहरु यस बेला नेपालको राजयसताको बागडोर समाति रहेका छौं । नेपालको पछिल्लो बैचारकि योगदानका बारेमा हामीले चर्चा गर्दा र अहिलको बास्तविकतालाई इमान्दारीताका साथमा आत्मसाथ गर्दा नेपालको राजनिितको बैचारिक मियो कमरेड मदन भण्डारी हुनुहुन्थ्यो भन्न हामी हिचकिचाउनु हुदैन । । नेपालको राजनीतिमा क मदन भण्डारीले बैचारिक नेतृत्व गरी अघि सारिएको र विगत करिव तीन दशकदेखि व्यवहारमा समेत प्रमाणित भएको जनताको बहुदलिय जनवाद नै यतिवेला नेपालको राजनीतिको मियोको रुपमा स्थापित भएको छ । यसै कार्यनीतिका आधारमा अहिले नेपालका अधिकांस कम्युनिष्टा पार्टीहरु शान्तिपूर्ण रुपले जनतको वीचमा जाने र जनतावाट अनुमोदित भई सरकारहरु संचालन गर्ने गरी रहेका छन् । कतिपय कम्युनिष्ट पार्टिहरु यसलाई स्वीकारेर राजनीतिमा कृयाशील छन भने कतिपय दलहरु यहि कार्यनीतिमा समाहित भए पनि यसलाई केवल उपयोगको कार्यनीति लिई राजनीतिको मैदानमा खेलि रहे पनि अन्य बैकल्पिक कार्य नीतिका बारेमा मौन छन् । यस कार्यनीतिलाई नेकपा विप्लव समुहले भने नकारर्दै नेपालमा एक पटक असफल भैसकेको शशस्त्र संघर्षको कार्यनीति लिए पनि उ आफ्नो लक्ष्यमा सफल देखिदैन । नेपालमा अर्को कुनै नयाँ कार्यनीति व्यवहारमा नआएसम्मका लागि क मदन भण्डारीको नेतृत्वमा प्रतिपादित तथा व्यवहारवाट सिद्ध भएको जवजको शैद्धान्तिक विचार नै यस बेला नेपालको कम्युनिष्ट आन्दोलनको बैचारिक मियोको रुपमा स्थापित भएको छ ।  हामीले आजका दिन हाम्रा आदरणीय नेताहरु मदन भणडारी र जीवराज आश्रितलार्य स्मरण गर्ने हो भने हामीले हाम्रा कमजोरीहरु सच्याउने र हामीले जवजले अंगीकार गरेको जनताको मन मतिष्क जित्ने जनवादी कार्यशैली अपनाउदै   जनताको विश्वासवाटै राज्य संचालन गर्ने अठोट गर्न सक्यौ भने मात्र हामीले जेष्ठ ३ को दुखद घटनालाई शक्तिमा बदल्छौ भन्ने संकल्प लिएको सार्थकता हुनेछ ।  

बुटवल ७, शिवनगर, स्वयम् क्वारेन्टाइनवाट 
 

प्राप्त प्रतिकृयाहरू

To Top