नरैनापुर गाउँपालिकामा ८ जना कोरोना संक्रमित भेटीए

स्वास्थ्य जेठ २ 2077 ekhabarnepal
Download

काठ्माडौं, जेठ २ 
 बाँकेको नरैनापुरमा ८ र मकवानपुरमा १ गरि ९ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ।

बाँकेको नरैनापुर गाउँपालिका १, ३ र ५ निवासी १८, २०, २२, २५, २५, २७, ३२ र ३६ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

बाँकेमा नयाँ देखिएका कोरोना संक्रमित दक्षिण भारतबाट आई क्वारेन्टाइनमा बसेकाहरु भएको प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले वताएका छन्।यसैगरि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरेको परीक्षणमा मकवानपुरका ३७ वर्षका पुरुषमा स‌ंक्रमण देखिएको मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले जानकारी दिए।

९ जना सहित नेपालमा कोरोना संक्रमितको संख्या २ सय ५८ पुगेको छ।अझै संक्रमितको संख्या वढ्न सक्ने विज्ञहरु वताउछन्।

प्राप्त प्रतिकृयाहरू

To Top