एक बालकसहित ३ संक्रमित थपिए, जम्मा संख्या २४९

समाज जेठ १ 2077 ekhabarnepal
Download

काठमाडौं, जेठ १
काठमाडौको दहचोक, जनकपुर र धादिङमा गरी थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

योसँगै संक्रमितको संख्या २४९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशाला काठमाडाै‌ंमा गरिएकाे परीक्षण अनुसार तीन जनामा संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ। संक्रमित हुनेमा काठमाडाैंकाे दहचाेक निवासी ७ वर्षीय बालक तथा १७ र ३० वर्षीया महिला छन्।

यसअघि आज ३ जनामा संक्रमण पुष्टि भएकाे मन्त्रालयले विज्ञप्तिमार्फत जनाएकाे छ। बिहीबार साँझसम्म ६ जना काेराेना संक्रमित थपिएका छन्।

प्राप्त प्रतिकृयाहरू

To Top