नोवल कोरोना स्वास्थ्य विशेष जीवन विमाको आवश्यकता

स्वास्थ्य जेठ १ 2077 ekhabarnepal
87541545 862390087542814 1516070180713660416 n

       डिल्लीराज आचार्य

नेपालमा पहिलो पटक २०७६ साल माघ महिनाको ९ गते देखिएको कोरोना भाइरसको प्रभाव ५० जनामा पुग्न ३४ दिन लाग्यो । ५० बाट १०० जनामा पुग्न ११ दिन लाग्यो । १०० बाट १३४ हुन ४ दिन लाग्यो । १३४ बाट २१७ एकैदिनमा पुग्यो । अर्कोदिन आज अर्थात २०७७।१।३१ गते २६ जना थपिएर २१७ बाट २४३ पुग्यो । अनअपेक्षित रुपमा बढिरहेको छ । यस्तो लाग्दछ अझे केही दिन बढिरहने छ र ओषतिको पहिचान नभएसम्म मात्र होइन, ततपश्चातपनि यसको प्रभाव केही वर्षसम्म रहिरहने छ । 
भनिन्छ, कुनै जमाना टि बी उपचारबिहिन रोगका रुपमा थियो । तर औषधि विज्ञानले धेरैवर्ष पहिले देखि यसलाई निदान हुने रोगका रुपमा रुपान्तरण र व्यवस्थापन गरिदियो । हो, त्यस्तै हो कोरोनापनि । केही समय वा केही वर्षमा कोरोना नियन्त्रण होला तर निमिट्यान्न हुन धेरै कठिन पर्नेछ । त्यसैले मानव स्वास्थ्य सुरक्षा एवम कोरोना सङ्कट व्यवस्थापनका लागि मानव स्वयमले आफ्ना आहार, बिहार र ब्यबहार सहितका सबै दिनचर्याहरुमा परिवर्तन ल्याउनुपनि जरुरी देखिएको छ।  
यतिवेला गाँउ, शहर, झुपडी, महल, सबैतिर कोरोनाकै चर्चा छ । घण्टा घंण्टाको चर्चाबाट सेकेण्ड सेकेण्डको चर्चामा आएको छ कोरोना । कोरोना प्रभावको निरन्तर समाचार र त्यसको मानसिक चापँले कतिपयलाई त टेलिभिजन, मोवाइल आदि सञ्चारका सबै माध्यमहरु बन्द गरेर बसौ जस्तो लाग्न सक्दछ । यतिवेला कोरोना बनको डर मात्र होइन सबैको मनको डर बनेर आएको छ । जनजीवन यसबाट भागेर वा लुकेर वा झुकेर अर्थात कुनैपनि किसिमले टाढा रहन नसक्ने अवस्थामा पुगेको छ । कोरोनाले जनस्वास्थ सङ्कटमा परेको छ । स्वास्थ्य सुरक्षाको लागि सबैलाई चिन्तित बनाएको छ । किनकि जनस्वास्थ्य अर्थात जीवन स्वभाबिक रुपमा पहिलो प्राथमिकताको बिषय हो । त्यसपछि मात्र स्वतन्त्रता र साम्पत्तिक हकका कुराहरु आउछन् । 
जीवन रक्षाको बिषय स्वास्थ सम्बन्धी हकको प्रत्याभूतिबाट हुन सक्दछ । सरकारले नेपाली भूमिमा रहेका कोरोना प्रभावित सबै ब्यक्तिका लागि निःशुल्क स्वास्थ्य उपचारको प्रवन्ध गरेर मानव जीवन रक्षाको पहल गरिरहेको छ । यो स्तुत्यपूर्ण नै छ । यसमा गुणस्तरीयता ल्याउनु आवश्यक छ । यसलाई सहज बनाउनु आवश्यक छ । यसलाई निःशुल्क मात्र होइन, सःशुल्क पनि बनाउनु जरुरी छ । जसबाट हुने खाने अर्थात (सक्ने) रुले अलग अलगै स्वास्थ्य उपचार गरी सरकारको दायित्वमा कमी आउने र उपचारको क्रममा सहजीकरणसमेत हुने थियो । यसैगरी पिसिआर परीक्षणपनि सःशुल्क हुने ब्यबस्था भइदिए धेरैका लागि मनको बाघले खाने रोगकोपनि उपचार हुने थियो र सरकारी दायित्वमा कमी आउने र उपचारको क्रममा सहजीकरणपनि हुने थियो । यसका लागि निजी क्षेत्रको लगानी र ब्यबस्थापनको पहल आवश्यक देखिएको छ एकातिर भने अर्कोतिर कोरोना स्वास्थ जीवन बिमाको ब्यबस्थालाई ब्यापक रुपमा आरम्भ गर्नु पनि आवश्यक देखिएको छ ।
कोरोनाको स्वास्थ्य उपचारमा सम्लग्न स्वास्थ्यकर्मी र तततत स्थानमा फ्रन्टलाइनमा काम गर्ने सुरक्षाकर्मीहरुका लागि कोरोना स्वास्थ्य जीवन बिमाको ब्यबस्था भएको बारेमा मात्र सार्वजनिक भएको छ । तर अन्य राष्ट्रसेवकहरु अर्थात सबै क्षेत्रका कर्मचारीहरुको कोरोना स्वास्थ्य जीवन बिमाको बिषय आजसम्म सँवोधित हुन सकेको छैन । कोरोना प्रभाव सँकटको वेला स्वास्थ्य सेवा बाहेक अन्य अत्यावश्यक सेवा सञ्चालनको क्रममा सुरक्षा सेवा, दूरसञ्चार सेवा, स्वच्छकर्मी सेवा, विध्युत सेवा, खानेपानी सेवा, न्यायसेवा, सरकारी वकील सेवा, आदि विभिन्न सेवाहरुमा सम्लग्न हुने जनशक्तिहरुको सँख्या छ । जसले कोरोना जोखिमीसँग जुध्दै सेवा प्रबाह गरिरहेका छन । यसैगरी पत्रकारहरु समेत जोखिमी मोलेर कार्यक्षेत्रमा रिपोर्टिँगका लागि अहोरात्र खटिरहेका छन र सूचना प्रबाह गरिरहेका छन । 
उल्लिखित सेवाहरुमा रही फ्रन्ट लाइनमा काम गर्ने राष्ट्रसेवकहरुको सम्मान र प्रोत्साहनको लागि सरकारले सङ्कटको बखत अर्थात लकडाउनको बखत कार्यस्थलमा रही सेवा गर्ने सबैप्रकारका राष्ट्रसेवक एवम पत्रकारहरुको कोरोना स्वास्थ्य जीवन बिमाको प्रत्याभूति गर्नु जरुरी छ । यसलाई सामान्य स्वास्थ्य बिमाको परिधिभन्दा फरक र विशेष रुपम सँवोधित गर्नु जरुरी छ । जस्लाई स्वास्थ्य सुरक्षामा पर्ने असर र कार्यप्रकृतिको गम्भिर्यताका आधारमा निम्न रुपमा कार्यक्षेत्र विभाजन गरी गर्मिर्यताको वर्गिकरणका आधारमा फरक फरक रुपमा समेत सँवोधन गर्न सकिन्छः
१)    कोरोना प्रभाव स्वास्थ्य उपचारमा सम्लग्न चिकित्सक, स्वास्थकर्मी र ततसम्बन्धी काममा फ्रन्टलाइन रही सम्लग्न रहने अन्य जनशक्तिहरु
२)    लकडाउनको समयमा कार्यस्थल वा फिल्डमा रही काम गर्ने सुरक्षा सेवा, दूरसञ्चार सेवा, विध्युत सेवा, खानेपानी सेवा, न्यायसेवा, सरकारी वकील सेवा आदि सेवाका  जनशक्तिहरु
३)    पत्रकारहरु
४)    अन्य सबै क्षेत्रमा काम गर्ने राष्ट्रसेवकहरु
सरकारका अतिरिक्त बिमा ब्यबसायीहरुले समेत कोरोना स्वास्थ्य बिमाको बिशेष बिमा पोलिसी (अवधारणा) सार्वजनिक गरी स्वास्थ्य सम्बन्धी हक प्रत्याभूतिमा अहम भूमिका निर्बाह गर्ने यो अवसर र सेवा दुबै पनि हो । यसतर्फ सम्बन्धित सबैको ध्यान आकृष्ठ हुन सकोस । यही शुभेच्छा । यही याचना ।  
२०७७।१।३१                                       माइस्थान, वीरगन्ज
 

प्राप्त प्रतिकृयाहरू

To Top