आजै थपिए ७ जना संक्रमित, संक्रमितको संख्या २५० पुग्यो

समाज जेठ १ 2077 ekhabarnepal
5e92ff0d5dafd 1

काठमाडौं,जेठ १ गते  । नेपालमा थप ५ जना कोरोना स्रक्रमित थपिएका छन् । योसँगै स्रक्रमितको जम्मा संख्या २५० पुगेको छ ।
सर्लाहीका १, धनुषामा र महोत्तरीका २/२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले जानकारी दिएको छ ।

थपिएका संक्रमित मध्ये चारजना पुरुष र एकजना महिला हुन् । उनीहरुको स्वाब परीक्षण राष्ट्रिय जनस्वास्थय प्रयोगशाला, काठमाडौंमा गरिएको थियो ।

बिहीबार बिहान मात्रै कपिलवस्तु निवासी ६ वर्षीया बालिका र काठमाडौंको चन्द्रागिरि निवासी ३२ वर्षीय पुरुषमा दुई जनामा पनि संक्रमण भएको पुष्टि भएको थियो । 

प्राप्त प्रतिकृयाहरू

To Top