कोरोना भाइरसको कारण नेकपाको स्थायी कमिटी बैठक स्थगित

राजनीति बैशाख ३१ 2077 ekhabarnepal
Kp sharma oli

काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक स्थगित भएको छ ।
 नेकपाका स्थायी कमिटी सदस्य भीम रावलको सुरक्षामा केही महिनाअघि सम्म खटिएका सुरक्षाकर्मीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि बैठक स्थगित गरिएको हो ।

सोही कारण देखाउँदै अन्तिम समयमा आएर  बैठक स्थगित गर्नुपरेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

सबै सांसदहरुको कोरोना परीक्षण गरिएको भए पनि केही नेकपाका स्थायी कमिटी सदस्यहरुको परीक्षण नभएकोले बैठक स्थगित गरिएको उनले बताए ।

आज (बुधबार) बिहान ११ बजेका लागि बैठक बोलाइएको थियो । यो बैठक स्थगित भएको सूचना नेताहरुलाई दिइएपनि अर्काे बैठकको मिति निश्चित गरिएको छैन ।

सबै सांसदहरुको कोरोना परीक्षण गरिएको भए पनि केही नेकपाका स्थायी कमिटी सदस्यहरुको परीक्षण नभएकोले बैठक स्थगित गरिएको उनले बताए ।

यस्तै बैठक स्थगित हुनुको अर्को कारण उपत्यकामा फेरि कोरोना भाइरसको संक्रमण देखिनु पनि हो । यस्तो बेलामा बैठक राख्न नहुने सुझाव ओलीलाई दिइएको छ ।

प्राप्त प्रतिकृयाहरू

To Top