सम्मान छ मलाई ! सम्झने सबैलाई

राजनीति बैशाख २४ 2077 ekhabarnepal
93013842 2898066250313683 7720671960484544512 o

   — देवेन्द्र घिमिरे
हिमा एउटा बहु विवादित वाक्य प्रचलनमा छ “ नाम मे क्या  रख्खा है ” । नामले कतै सार समेटेर बुझाउने गरेको हुन्छ भने कतै जियारी नपरेको कमजोर मान्छेको नाम बलबहादुर रहेको  पनि देखिन्छ । हामीले व्यङ्गगरेर जुन गोरूको सिङै छैन उसैको नाम तिखे पनि भन्ने गर्छाै  । यसले पनि नाममा केही राखेको हुन्छ, अथवा नाम राख्दा अतिरञ्जना युक्तहँुदा त्यसले बेमेलको टोकसो सहने अवस्था आउँछ । हामीले प्रमाणित र परिकल्पित दुबै अवस्थामा सार्थक ढङ्गले नाम जुराउने प्रयत्न गर्नु पर्दछ । त्यही नाम जब पटक पटक फेरिन्छ तब त्यसले पुनस्थापन गर्न थप समय र मेहनत माग्छ ।                          
यहाँ प्रसंग नेकपाको नाम  पटकौं फेरिएको कुरासँग जोड्न चाहेको हुँ मैले । अनेक पटक नाम फेर्दै आएर एक जमानामा नेकपा एमाले भन्ने पार्टी हुने गथ्र्यो नेपालमा । त्यो  जमानामा नेपालमा चौध अञ्चल हुने गर्थे । त्यस मध्ये एउटाको नाम लुम्बिनी थियो ।
.लुम्बिनी गौतम बुद्धको जन्मस्थल रहेकोले पनि यसले पाएको प्रसिद्धिसँग सबै  परीचित छन । लुम्बिनीसंग जोडेर अनेक काम नाम व्यवसाय चलेको देखिन्छ । यहीं जन्मेहुर्केका युवा हाल राष्ट्रिय सभामा नेकपा सचेतक खिमलाल भट्टराईको सम्पादकत्व एवम सक्रियतामा “लुम्बिनी सन्देश” २०६८ प्रकाशित भयो ।  लगभग दस वर्ष बिते अहिले । २०७६ देखिको बन्दाबन्दिमा यो बेवारिस संगठनको पुस्तकमा एक नजर दौडाए मैले ।    
जम्मा ४२४ पृष्ठको यो  “लुम्बिनी सन्देश” मा अघिल्लो पुस्ताले चलाएको आन्दोलनका प्रसंग र उनीहरूले भोगेका कथा व्यथा र गाथा समेटिएकाछन । यस भित्र तत्कालीन एमाले अध्यक्ष झलनाथ खनालको शुभकामना र ६८ जनाका आलेखहरू समेटिएकाछन । सम्पूर्णजसो सँस्मरणात्मक शैलीको संगालो भएपनि  यहाको आन्दोलनको ईतिहास  समेटेको छ यसले । मेरो खोजमूलक किसान आन्दोलन सम्बन्धि लेख पनि समावेश छ पृष्ठ १६४ मा । यस पुस्तकमा  ठाउँ ठाउँमा म पनि कतै सामुहिक र कतै एक्लै सर्जकहरूका स्मृतिमा भेटिएँ । कसबाट कसरी सम्झिदो रहेछ मान्छे पाठक समक्ष साक्षात्कार गराउँन जाँदै छु ः               
पार्टी अध्यक्ष झलनाथ खनालले पृष्ठ ४ मा “ खासगरी झापा बिद्रोहको क्रान्तिकारी धारलाई सिंगो पश्चिम नेपालमा बिस्तार गर्न यस अंचलका कारेडहरूले निर्वाहा गर्नुभएको ऐतिहासिक भूमिका विशेष स्मरणीय रहेको छ । कामरेडहरू जीवराज आश्रित, मोदनाथ प्रश्रित, वामदेव गौतम, सिद्धनाथ ज्ञवाली, देवेन्द्र घिमिरे आदि यहाँका अग्रणी कारेडहरूको अथक प्रयत्नले गर्दा नै तत्कालीन मुक्तिमोर्चा समूह र को(अर्डिनेशन केन्द्रवीच एकीकरण सम्पन्न भई नेकपा (माले) को स्थापना गर्न सम्भव भएको थियो ” लेख्नु भएको छ । यसैको पृष्ठ २३.२४ मा अनेक हिसाबले चर्चित अहिलेका प्र म केपी शर्मा ओलीको भनाइ छ “ देवेन्द्र घिमिरेचाँही कमलजीहरू भेट्दा ठट्टा रमाइलो गर्ने , सिद्धिनाथजीहरू भेटिए गम्भीर बन्ने गर्नु हुन्थ्यो । यसरी एउटा सङ्ङर्षशील जुझारू र आत्मविस्वास बोकेको टिम बनेको थियो । वास्तवमा त्यसले सबै जिल्लामा आन्दोलन अघि बढाउन लुम्बिनीले आन्दोलनमा महत्वपूर्ण योदान गरेको छ ” । ईस्वर पोखरेलले पृष्ठ  ५४ मा यसरी सम्झनु भएको छ “ मिलनचोकको कोठामा  बसेर  क्षेत्रीय कमिटिका साथीहरूसित  समीक्षा गरेका थियौ सबै साथीहरूले खुलाखुलस्त हिसाबले कुराहरू राख्नुभएको थियो , क. देवेन्द्र घिमिरेले राख्नुभएका खराखरी कुराहरूलाई त अहिले पनि मैले बिर्सन सकेको छैन ” । हाल उहाँ उपप्रधान मन्त्री रक्षा र कोभिड —१९ को यिन्त्रण प्रमुख हुनुहुन्छ । त्यस पछि पुर्वमन्त्री प्रदीप नेपालको धरणा यस्तो छ  पृष्ठ ६१ मा “ जिल्ला नेतृत्वमा रहनुभएका सिद्धनाथ ज्ञवाली, देवेन्द्र घिमिरे जस्ता साथीहरू पाका र पुराना हुनुहुन्थ्यो , देवेन्द्रलाई लुम्बिनी अंचलमा सहीढंगले कममा लगाउन नसकिएकै  हुनाले पार्टीले नयाँ खोरिया फोड्न र उतैबाट नेतृत्वमा बिकास गराउन भेरी  पठाएको थियो ” । नेकपा नेता युवराज ज्ञवाली पृष्ठ ६८ मा “पार्टी भित्र जीवराज आश्रित, सिद्धनाथ ज्ञवाली, देवेन्द्र घिमिरे लगायतका कारेडहरू मेरो भूमिगत जाने निर्णयको प्रतिक्षामा हुनुहुन्थ्यो । त्यो बेलासम्म मैले श्रीमति इन्दू ज्ञवालीलाई भूमिगत जानू पर्ने आवस्यकताको बारेमा सहमत गराइसकेको थिएँ ” भन्नू भएको छ । पृष्ठ ९६ मा हाल सांसद बेदुराम भुसालको बर्रेकाण्ड २०३० “त्यस संघर्षप्रति लुम्बिनीकै कतिपय नेता तथा कार्यकर्ताहरूमा चरम नकाारात्मक धारणा रहेको पाइन्छ । २०४५ सालतिर त्यस्तै नकारात्मक धारणा क. देवेन्द्र घिमिरेमा पनि थियो । उहाँको पहिले केशरमणि पोखरेलसँग अन्तर्ब्धिरोध रहेछ । त्यसैले गर्दा उहाँले उनको नेतृत्वमा भएको संघर्षप्रति नकारात्मक धारणा राख्नु भएको थियो ” भन्ने टिप्पणि रहेको छ ।  यसैको पृष्ठ ११९ मा “कमरेड गोमाले(श्रीमती देवेन्द्र घिमिरे) मलाई र शारदालाई स्वागत गर्नु भयो । बिवाहका लागि बधाई शुभकामना दिनुभयो । खान बस्न दिनुभयो । कमरेड गोमाको घर हाम्रो पार्टीको एउटा महत्वपूर्ण शेल्टर थियो । उहाँलाई त्यस बखत पार्टी केन्द्रबाट आउने सूचनापत्रहरू पश्चिम दक्षिण क्षेत्रको नवलपरासी रूपन्देही कपिलवस्तुको सूचना र पत्र क्षेत्रीय हेडक्वाटर पाल्पा पुर्याउने जिम्मा थियो । यो महत्वपूर्ण पार्टी काम कमरेड गोमाले सफलतापूर्वक गर्नुभएको थियो । ” भनेर चर्चा गर्नु हुन्छ पसर्व परिचित गोपाल शाक्य । हाल सफल शैक्षिक व्यवसायी बिजयकुमार पौडेलले पृष्ठ १३९ मा “ २०४६ सालको जनआन्दोलन हुँदाका बखत कमरेड के पी ओली लुम्बिनी इन्चार्जका साथै विद्यार्थी इन्चार्ज पनि हुनुहुन्थ्यो त्यतिखेर मैले विद्यार्थी क्षेत्र छोडिसकेको थिएँ । तत्कालीन नेकपा(माले) को रूपन्देही जिल्ला कमिटिमा काम गरेको थिएँ त्यतिखेर जिल्ला कमिटिको सचिवमा कमरेड देवेन्द्र घिमिरे हुनुहुन्थ्यो । उहाँकै नेतृत्वमा रूपन्देहीमा २०४६ सालको जनआन्दोलन सफल भएको ” उल्लेख गर्नुभएको छ । त्यस पछि साहत्यिकार त्रिलोचन ढकाल पृष्ठ १४७ मा भन्नुहुन्छ “ देवेन्द्र घिमिरे त्यस्तै पाको सदस्य हुनुहुन्थ्यो । उहाँले पनि निकै लामो समय भूमिगत पेशेवरभएर मध्य पश्चिमका बाँके, बर्दिया,दाङ जिल्ला र लुम्बिनीका छवटै जिल्लाहरूमा पार्टीकाम गर्नु भएको थियो । उहाँ २०२१ सालदेखि कम्युनिस्ट पार्टीमा संगठितभएर काम गर्न थाल्नुभयो र २०२४ सालमा रूपन्देही जिल्ला सचिव हुनुभयो । त्यतिबेला जीवराज आश्रित त्यही जिल्ला कमिटिको सदस्य हुनुहुन्थ्यो । क. देवेन्द्र २०२६ सालमा लुम्बिनी कलेजको स्ववियु सापति पनि हुनुभएको थियो । त्यस पछि भूमिगतभएर जीवनका सबैजसो दिनहरू जनता र क्रान्तिको सेवामा लगाउँनु भयो ।”
उक्त पुस्तकको  १८६ मा २०३६ को पार्टी केन्द्रको सीतापुर बैठकको बेला हालकी चर्चित महिला शान्ता मानवीको सम्झनुहुन्छ “ जिल्ला कमिटिको सचिव प्रदिप नेपाल(सिन्धु) हुनुहुन्थ्यो..... बाहिरबाट सम्पूर्ण रेखदेख पुर्याउने काम भीमनारायण थारूले गर्नुभएको थियो । कमरेड देवेन्द्र घिमिरेलाई भने पार्टीले अन्य जिल्लाहरूमा पार्टी कामलाई बिस्तार गर्नका लागि खटाएको थियो । ”  यस्तो छ हाल प्रदेशमन्त्री बैजनाथ चौधरीले पृष्ठ १९२मा सम्झेको कुरा “ २०४४ सालको पुस महिनाको समय थियो । एक दिन देवेन्द्र घिमिरे वासा चौराहा स्थित कैलाश गुप्ताको घरमा आउनु भयो । म त्यो दिन घर आएको थिएँ ।  मलाई पनि बोलाउनु भयो । कैलाश गुप्ता र मलाई सँगै राखेर  पार्टीको दस्तावेज(वर्गसंघर्ष) गोरखपुरबाट वासासम्म ल्याउन पर्ने भयो तपाईं दुइजनाले यो काम गर्न सक्नुहुन्छ भन्ने पार्टीलाई विस्वास छ भन्नू भयो । एकछिनको छलफल पछि म र गुप्ता कमरेड तयार भइयो । ” । सिद्धिनाथ ज्ञवालीलाई लागेको कुरा “पार्टी एकीकरण भएपछि हामीलाई छिन्नभिन्न नै परियो । जीवराज आश्रित, देवेन्द्र घिमिरे र म गुल्मी खटाइयौं । मोदनाथ प्रश्रित कपिलवस्तु र भीमनारायण थारू  रूपन्देहीमा रहनुभयो । २०३५ को साउनमा कोकेको कन्द्रीय बैठक भयो । त्यसपछि जीवराज आश्रित केन्द्रमा रहनुभयो । म इलाका तहमा रहेर काम गरिरहेको थिएँ । ” पृष्ठ २३७ मा छ । उहाँ गुल्मिले बिर्सन नहुने आन्दोलनकारी हुनुहुन्छ । हाल प्रदेश सभासद भोजप्रसाद श्रेष्ठले पृष्ठ २७० मा “ जे होस राजनीतिक यात्राको सिलसिलामा १३ वर्षसम्मको शैक्षिक आन्दोलनको अनुभव पछि रूपन्देही मेरो दोश्रो कर्मथलो बनेको छ । रूपन्देहीको आगमन पछि पार्टी सम्पर्कका हिसाबले क. देवेन्द्र घिमिरे, भवानी शंकर क. बाबुराम आचार्य, क. रेवतिरमण, क. लिला गिरी, क. मोति पाण्डे, मोति ज्ञवाली, माधव नेपाल लगायतका कमरेडहरूसँग सम्पर्क हुँदै ..... क. धनपति उपाध्याय, क. कृष्णप्रसाद न्यौपाने, क. बालकृष्ण चापागाई,  रामचन्द्र आचार्य, क. मनवीर गर्बुजासंग मानवअधिकारको संरक्षण सम्बन्धि विशेष कार्यक्रममा सहभागी भएको स्मरण हुन्छ । ” भनि सम्झनु हुन्छ । पाल्पाका मित्र दुर्गा खनालको पृष्ठ ३०१ को भनाइ छ “ क देवेन्द्र घिमिरे, क. नेत्र पन्थी क. वेदुराम भुसाल, क. बिष्णु पौडेल, क. प्रदिप ज्ञवाली, क. झपेन्र्द ्जि सी, क. रामप्रसाद भट्टराई, क.लक्ष्मण घिमिरे लगायतका नेता कार्यक्रताहरू शेल्टरको रूपमा बस्ने प्रशिक्षण दिने र बैठक बस्ने काम हुन्थे ।” कोशल पोखरेल पृष्ठ  ३२४ मा भन्नू हुन्छ “२०३६ सालको आन्दोलन जनमत संग्रहको घोषणा त्यसले ल्याएको खुकुलोपालाई उपयोग गर्दै पार्टीको प्रचार तथा संगठन निर्माणको कामलाई क्रमशः अगाडि बढाउँन थालियो । यसको नेतृत्व जीवराज आश्रित, सिद्धनाथ ज्ञवाली र देवेन्द्र  घिमिरेहरूले गर्नु भयो ।...... त्यही अबधिमा युवराज ज्ञवाली, प्रदीप ज्ञवालीर म सक्रिय राजनीतिका निम्ति भूमिगत भयौं । जीवराज आश्रित र देवेन्द्र घिमिरे जिल्लाबाट बिदा हुनु भयो ।” । उहाँ गुल्मिको जिविस सभापति हुनु भएको थियो । हाल रुपन्देहीमा प्रकृतिक चिकित्सामा व्यस्त रामप्रसाद भट्टराईलाई लागेको पृष्ठ ३५७ मा “२०३४सालको अन्त्यतिर ....संगठन बिस्तारको अभियानसँगै भूमिगत अवस्थामा पार्टीका पेशवर नेता कार्यकर्तासँग भेट हुने क्रकसँगै कमरेडहरू सिद्धनाथ ज्ञवाली, देवेन्द्र घिमिरे प्रदीप नेपाल र जीवराज आश्रितसँग सम्पर्क जोड्ने मौका मिल्यो “ उहाको भनाइ हो यो । यसै पुस्तकको पृष्ठ ३७३ को  यो भनाइ हो हाल बुटवल उपमहानगर पालकिाका प्रमुख शिवराज सुवेदीको “मेरो रूपन्देही आगमनको खबर पाएर होला पहिलो भेट क. देवेन्द्र घिमिरे (नास्तिक) र शान्ता दिदी(मानवी) सँग भयो । त्यस भेटले निजी पेशागत, व्यवसायिक रूपमा पूर्ण रूपमा लाग्न पुनः रोकी पूर्वत राजनीतिक सांगठनिक काममा लाग्न प्रेरित गर्याे । ” । त्यस्तै पृष्ठ ३८६मा “लुम्बिनी अंचलमा रहेर पार्टीको नेतृत्व केपी अनेलीले गर्नुभयो भने जिल्लामा देवेन्द्र घिमिरे,बिजय पौडेल, भीमनारायण थारू,शिवराज न्यौपाने,आत्माराम पौडेल, पूर्णप्रकाश सुवेदीलगायतले नेतृत्व गर्नुभएको थियो २०४६ सालको आन्दोलन पछि अनेरास्ववियुको भूमिका अझ बढी शसक्त हुँदैगयो । “ यो धारणा पुर्व एमाले उपाध्यक्ष पुरूषोत्तम घिमिरेको हो । अन्त्यमा पृष्ठ ३८८ मा बालकृष्ण चापागाईको भनाइ छ “भूमिगत रूपमा त्यतिबेला(२०३४) कमरेड सिन्धु(प्रदिप नेपाल) तत्कालीन कोकेको जिम्मेवारी लिएर रूपन्देहीमा पार्टी निर्माणका लागि आउनुभएको थियो । त्यसको लगत्तै कैलाश(बिष्नु पौडेल) कमरेड रविन(हिरामणि) बस्यालहरूले रूपन्देहीमा पार्टी निर्माणको काम अगाडि बढाउँन थाल्नुभयो । यस अघिबाटै देवेन्द्र घिमिरे नास्तिक भीमनारायण थारू लगायतका कारेडहरू त रूपन्देहीको कम्युनिस्ट आन्दनेलनमा सक्रिय हुनुहुन्थ्यो ।”
मलाई सम्झने जीवित सबैलाई धन्यवाद छ मेरो । साथै सिद्धिनाथ ज्ञवाली र कोशल पोखरेल पनि मेरो स्मृतिमा बाँचीरहनु भएको छ । उहाँ दुबैमा श्रद्धासुमन ।
 

प्राप्त प्रतिकृयाहरू

To Top