उपभोक्ताका पिता लामाको श्रद्धान्जली सभा सम्पन्न 

समाज बैशाख २१ 2077 ekhabarnepal
Download

बुटवल,वैशाख २१
उपभोक्ता हित संरक्षणको लागि आजीवन पैरवी गर्ने उपभोक्ताका पिता स्व.नर्बु लामा ‘नथाक’को एक्काइसौ पुण्य तिथिको दिन सामाजिक दूरी कायम गरी श्रद्धान्जली सभा सम्पन्न भएको छ ।
कार्यक्रममा पद प्रतिष्ठाको दुरुपयोग गरी श्रोत र साधन कब्जा गरेर नैतिक रुपमा स्खलित भएका केही राजनीतिक व्यक्तिहरुका बीचमा एउटा निस्वार्थ भावना राखेर र सरल जीवन शैली अपनाउँदै उपभोक्ताको पक्षमा जीवनभर पैरवी गर्दै आएका नर्बु लामा नथाकबाट हामीले निष्काम भावको शिक्षा सिक्न सक्छौं भन्दै एक्काइसौ पुण्य तिथिको दिन शोक श्रद्धान्जली कार्यक्रम सम्पन्न भएको छ ।
 सबै वक्ताहरुले उहाँको कलाकारिता, उहाँको सादगी जीवन शैली, उपभोक्ता अधिकारको ज्ञान, निर्भीक र स्पष्ट वक्ता र दैनिक पत्रपत्रिकाहरुमा स्तम्भकार हुनुहुन्थ्यो भन्दै उहाँको जीवनका सबै आयामहरुमा स्पष्ट पारेका थिए । नर्बु लामा नथाकको नाममा एउटा स्मृति प्रतिष्ठान खोल्ने र योगदानलाई संस्थागत गर्नको लागि सुझाएका थिए ।  
उक्त अवसरमा लामो समय सहकार्य गरेका उपभोक्ता हित संरक्षण मञ्चका पूर्व केन्द्रीय सदस्यसमेत रहेका डी.आर. घिमिरेले लामाको जीवनी र वहुआयामिक ब्यक्तित्वबारे प्रकास पारेका थिए ।  
कार्यक्रममा प्रदेश साँसद माननीय भोजप्रसाद श्रेष्ठ, बुटवल मिडिया प्रकाशन प्रालिका प्रमुख कार्यकारी तथा दैनिक पत्र दैनिकका प्रधान सम्पादक बालकृष्ण चापागाईं, स्वाधीन मिडिया प्रालिका अध्यक्ष डीआर घिमिरे, मेचीकाली दैनिकका प्रधान सम्पादक बसन्तराज खनाल, उद्योग वाणिज्य संघका अध्यक्ष खेम हमाल, रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहोरा, नेपाल औषधी व्यवसायी संघका पूर्व केन्द्रीय अध्यक्ष बाबुराम भट्टराई, रेडियो मुक्तिका अध्यक्ष सावित्रा अर्याल, होटल तथा रेष्टुरेन्ट व्यवसायी संघका अध्यक्ष समुद्र जिसी, उपभोक्ता हित संरक्षण मञ्चका प्रदेश नम्बर ५ का सचिव दुर्गा गौतम, उपभोक्ता हित संरक्षण मञ्चका प्रदेश नम्बर ५ का सदस्य सरस्वती ढकाल, राजनीतिक व्यक्तित्व नन्दी केशर ढकाल, समाजसेवी लिलाधर लुईंटेल, मासु व्यवसायी संघको पूर्व संस्थापक सचिव दीपक आचार्यले बोलेका थिए । 
कार्यक्रममा स्वर्गीय नर्बु लामा नथाकका छोरा अमीर लामा, पत्नीहरु तारा लामा, उमा लामा र गुरुङ् समाजका सञ्चालक सदस्यहरुको उपस्थिति थियो ।  
कार्यक्रम उपभोक्ता हित संरक्षण मन्च प्रदेश नम्बर ५ का अध्यक्ष तेजकुमार पाठकको अध्यक्षता र ऋषि आजादको अध्यक्षतामा सम्पन्न भएको थियो ।
 

प्राप्त प्रतिकृयाहरू

To Top