नेपालगन्जमा एकैदिन १५ जनामा, संक्रमितको संख्या ७५ 

स्वास्थ्य बैशाख २१ 2077 ekhabarnepal
5e92ff0d5dafd 1

काठमाडौं, वैशाख २१

आइतबार नेपालगन्जमा एकैदिन १५ जना व्यक्तिमा कोरोनाभाइरस (कोभिड १९) को संक्रमण देखिएको छ।

सुरुमा ९ जना व्यक्तिमा संक्रमण पुष्टि भएको थियो। थप ६ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। संक्रमितकाे उमेर ७ वर्षदेखि ६० वर्षसम्मकाे छ। 

‘आज भेरी अस्पताल, नेपालगञ्जको प्रयोगशालामा भएको परीक्षण अनुसार नयाँ पुष्टि भएको संख्या ६ छ,’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले बताएका छन्। ‘जो नेपालगञ्ज–०८ निवासी १६, २१, ३४ वर्षका पुरुषहरु हुनुहुन्छ भने ४०, ५५, ६० वर्षका महिलाहरु हुनुहुन्छ।’

योसँगै नेपालमा संक्रमितको संख्या ७५ पुगेको छ। आजै वीरगन्जका एकजना पुरुषमा पनि कोरोना संक्रमण देखिएको थियो।

आइतबार मात्र १६ जना कोरोना संक्रमित थपिएका छन्। उनीहरुकाे अवस्था सामान्य रहेकाे मन्त्रालयले जनाएकाे छ। 

यसअघि नेपालगञ्ज उपमहानगर वडा नम्बर ८ का एक ६० वर्षीय पुरूषमा कोरोनाभाइरस पोजेटिभ देखिएको थियो। 

शनिबार नेपालगञ्ज उपमहानगरका वडा नम्बर ५, ७ र ८ वडाका टोल र नरेनापुर गाउँपालिकाभित्रका विभिन्न वडाका गरी ९० जनाको स्वाब परीक्षण गरिएको थियो।

तीमध्ये १५ जनामा आज कोरोना पोजेटिभ देखिएको हो। केहीको रिपोर्ट आउन बाँकी छ।

मन्त्रालयका अनुसार उनीहरुको स्वास्थ्य अवस्था सामान्य छ र उनीहरुलाई स्वास्थ्यकर्मीको निगरानीमा राखिएको छ।

प्राप्त प्रतिकृयाहरू

To Top