कोभिड–१९ बाट २ लाख साढे ४४ हजारको मृत्यु, २४ घण्टामा ५ हजारको ज्यान गयो

स्वास्थ्य बैशाख २१ 2077 ekhabarnepal
2020 05 03 corana deathh 1722879772

 
काठमाडौं,बैशाख २१ । कोरोना भाइरस (कोभिड–१९)बाट ज्यान गुमाउनेको संख्या २ लाख ४४ हजार नाघेको छ । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाको संक्रमणका कारण आइतबार बिहानसम्म २ लाख ४४ हजार ५८७ जनाको ज्यान गएको हो । 
पछिल्लो २४ घण्टामा ५ हजार १३९ जनाको ज्यान गएको छ । 

यो अवधीमा सबैभन्दा धेरै अमेरिकामा १ हजार ६३४ जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा बेलायतमा ६२१, इटलीमा ४७४, स्पेनमा २७६, फ्रान्समा १६६, जर्मनीमा ७६, ब्राजिलमा ३४० जनाको मृत्यु भएको छ । 

सबैभन्दा धेरै अमेरिकामा ६७ हजार ३९६ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । इटलीमा २८ हजार ७१०, बेलायतमा २८ हजार १३१, स्पेनमा २५ हजार १०० तथा फ्रान्समा २४ हजार ७६० जनाको कोरोना संक्रमणका कारण ज्यान गइसकेको छ । 

३४ लाख ७९ हजार ७२६ मा कोरोनाको संक्रमण देखिसकेको छ । अमेरिकामा सबैभन्दा धेरै ११ लाख ५९ हजारमा यो संक्रमण देखिएको छ । ११ लाख ८ हजार कोरोना संक्रमित उपचार पछि निको भएर घर फर्किसकेका छन् । 

पछिल्लो २४ घण्टामा मात्र ८१ हजार ६३२ जना कोरोना संक्रमित थपिएका छन् । यसमा सबैभन्दा धेरै अमेरिकामा २८ हजार ५३४ कोरोना संक्रमितको पहिचान भएको छ । रसियामा ९ हजार ६२३, बेलायतमा ४ हजार ८०६, ब्राजिलमा ४ हजार ४५० कोरोना संक्रमित थपिएका छन् ।

अहिले २० लाख ७६ हजार संक्रमितको उपचार भइरहेको छ । यसमध्ये ५० हजार ८६४ को अवस्था गम्भीर रहेको छ बाँकीको मध्यम रहेको छ । 

जनवरीको पहिलो हप्ता चीनको वुहानबाट सुरु भएको यो कोरोनाको संक्रमण चीनमा भने नियन्त्रणमा आइसकेको छ । 
 

प्राप्त प्रतिकृयाहरू

To Top