विभाजनको डिलवाट फिर्ताभयो नेकपा, कार्यकर्तामा खुशी

राजनीति बैशाख २० 2077 ekhabarnepal
Nekapa 1

काठमाडौं, बैशाख २०
विभाजनको संघारमा पुगेको नेपाल कम्युनिस्ट पार्टी नेकपा आन्तरिक समस्यालाई समाधमा गर्दै पुनः एकीकृत रुपमा अगाडि वढ्ने भएको छ । यसवाट देशैभरी चिन्तित कार्यकर्ताहरु खुशी भएका छन् ।

नेकपाको सचिवालय बैठकले त्यसव्रकारको निर्णय गरेको हो । 
आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले गरेका गल्तीहरुप्रति आत्मालोचना गरेपछि सवैको चित्त वुझेको वताइएको छ । 
 सचिवालय बैठकले २५ वैशाखमा स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेको वताइएको छ । शनिबार सकिएको सचिवालय बैठकले २४ वैशाखमा सचिवालय बस्ने र २५ वैशाखमा स्थायी कमिटी बैठक बस्ने निर्णय गरेको छ ।

बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीलाई एक ढिक्का बनाएर अगाडि बढ्ने विषयमा छलफल भएको बताए।

 ‘पार्टी वा सरकार वा सम्बन्धित क्षेत्रहरुमा जेजति कमी कमजोरी भएका छन् ती कमी कमजोरीमा प्रधानमन्त्री एवै पार्टी अध्यक्ष केपी शर्मा ओलीले आत्मालोचना गर्नुभएको छ’, प्रवक्ता श्रेष्ठले भने।

प्रवक्ता श्रेष्ठले बैठकले उपाध्यक्ष वामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभाको उम्मेदवार बनाउने निर्णय गरेको बताए।

आज विहानै देखि महासचिव विष्णु पौडेलले विभिन्न नेताहरुसंग एक्ला एक्लै वैठक गरि भैंसेपाटी गठबन्धन तोड्नका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको थिए । 
दिउसो देखिनै भैंसेपाटी गठबन्धन भत्किएको र सचिवालयमा ओलीको बहुमत पुगेको समाचार विभिन्न अनलाइनमाफृत् सार्वजनिक भएको थियो ।
केही मिडियाले गौतमलाई पाल्पावाट चुनाव लडाउने समझदारी भएको लेखेका छन् । सो समाचारको औपचारिक पुष्टि भएको छैन ।
सचिवालयमा यस प्रकारको निर्णय हुन्छ भन्ने कुराको छनक महासचिव पौडेलले दिउसै दिएका थिए ।
यतिबेला प्रधानमन्त्रीको राजीनामाको माग असामयिक, र जनताको हित, राष्ट्रिय आवश्यक तथा कम्युनिस्ट आन्दोलनको भविश्यका दृष्टिकोणले अनुचित प्रस्ताव हो । त्यसकारण प्रधानमन्त्रीले राजीनामा दिन हुँदैन र उहाँले दिनु पनि हुन्न, पौडेलले उिसो भन्नुभएको थियो ।
उहाँको भनाई थियो, यस्तोबेला सरकारको नेतृत्व परिवर्तन, पार्टीको नेतृत्व परिवर्तन जस्ता असामयिक र अनुचित प्रस्तावहरुले हाम्रो आन्तरिक एकतालाई कमजोर पार्छ । नेकपामा विग्रहको अपेक्षा गर्ने शक्ति र प्रवृत्तिलाई मद्दत पुर्याउँछ ।

प्राप्त प्रतिकृयाहरू

To Top