नागढुंगामा अब डिस्इन्फेक्सन टनेल

समाज बैशाख १९ 2077 ekhabarnepal
Tunnel ktm

काठमाडौं, बैशाख,१९
 काठमाडौंको रिङरोडमा इलेक्ट्रिक बस चलाइरहेको सुन्दर यातायातले नागढुंगामा निर्माण गरेको ‘डिस्इन्फेक्सन टनेल’ औपचारिक रुपमा संचालनमा आएको छ ।

एक कार्यक्रमका बीच चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरी र सुन्दर याायातका अध्यक्ष भेषबहादुर थापाले सो टनेल संचालनको उद्घाटन गरे ।

सो आधुनिक टनेलमार्फत काठमाडौं भित्रिने सवारी साधनलाई कोरोना भाइरसबाट मुक्त गर्न सहयोग पुग्ने छ ।

सुन्दर यातायात प्रालिले आफ्नै खर्चमा यस्तो टनेल निर्माण गरेको हो । करिव ३ लाख रुपैयाँ लागतमा यसको निर्माण भएको बताइएको छ । यसका लागि संघीय सरकार र स्थानीय चन्द्रागिरि नगरपालिकाबाट अनुमति प्राप्त भएको थियो ।

काठमाडौं भित्रिने गाडीहरु यही टनेलमार्फत गुड्नुपर्ने छ । टनेलभित्र प्रवेश गर्दा गाडीको बाहिरी भागमा भाइरस मार्ने औषधि छर्किइन्छ जसका कारण कोरोना भित्रिन रोक्न मद्दत पुग्ने विश्वास गरिएको छ ।

सो टनेल २० फिट अग्लो र चौडा १६ फिट चौडा छ । त्यसैगरी ६ हजार लिटरको ट्यांकीमा पानी राखिने छ । 

नागढुंगामा टनेलले राम्रो नतिजा दिए फर्पिङ नाकामा पनि निर्माण गर्ने योजना रहेको अध्यक्ष थापाले बताए । टनेलको सञ्चालन स्थानीय प्रहरीले गर्ने सहमति भएको छ ।

निसंक्रमणमा आवश्यक पर्ने पानी विजुली, बत्ती र सुरक्षाात्मक उपकरणको स्थानीय तहले नै व्यवस्था गर्नेछ । आफूहरुले संस्थागत सामाजिक उत्तरदायित्वका रुपमा यो कार्य गरेको समेत थापाले बताए ।

प्राप्त प्रतिकृयाहरू

To Top