प्रधानमन्त्रीको राजीनामा माग्नु अप्राशंगिक,प्रवुद्ध नागरिक

राजनीति बैशाख १७ 2077 ekhabarnepal
Pm oli

  काठमाडौं, वैशाख १७ । विभिन्न क्षेत्रका १० जना प्रवुद्ध नागरिकहरुले बुधबार संयुक्त प्रेस वक्तव्य जारी गर्दै मुलुकलाई अस्थिरतातर्फ लैजाने प्रयास तत्काल बन्द गर्न सरकारको ध्यानाकर्षण गरेका छन् ।

मुलकमा कोरोना महामारीको जोखिमविरुद्ध संघर्षमा ध्यान दिनुपर्नेमा जोड दिँदै संयुक्त विज्ञप्ति जारी गर्नेहरुमा डाक्टर अर्जुन कार्की, संविधानविद विपीन अधिकारी र पत्रकार कनकमणि दीक्षितसहित सुशील प्याकुरेल, जयप्रकाश गुप्ता, रामेश्वर खनाल, डा. रेणु अधिकारी, रेम विश्वकर्मा, सूर्यराज आचार्य र टीका ढकालसमेत छन् ।

नेपालको वर्तमान संविधानले कायम गरेको संसदीय संरचना स्थिर सरकार प्राप्त गर्ने उद्धेश्यबाट प्रेरित भएको बताउँदै विज्ञप्तिमा भनिएको छ, ‘देशमा बहुमतको एकमना सरकार छ । लोकसम्मतिका आधारमा चल्नु यसको कर्तव्य हो । सरकारले संसदीय जवाफदेही रोज्नुको साटो अन्य बिकल्प प्रयोग गर्नु हुँदैन । लोकतान्त्रिक अभ्यास तथा विधि र प्रक्रिया सुनिश्चित गर्नेतर्फ राष्ट्रलाई तत्काल आश्वस्त गराउन प्रधानमन्त्री समक्ष गम्भीर ध्यानाकर्षण गर्दछौं ।’

सरकारले संसदीय जवाफदेही रोज्नुको साटो अन्य विकल्प प्रयोग गर्न नहुने भन्दै नागरिक अगुवाहरुले लोकतान्त्रिक अभ्यास तथा बिधि र प्रक्रिया सुनिश्चित गर्नेतर्फ राष्ट्रलाई तत्काल आश्वस्त गराउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।

प्रधानमन्त्रीको राजीनामा माग्नु अप्राशंगिक

पूर्वमन्त्री जेपी गुप्तादेखि पूर्व सचिव रामेश्वर खनाल सहित दश प्रबुद्ध नागरिकहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा माग्ने कार्य वर्तमान संकटका अवस्थामा अप्रासांगिक रहेको टिप्पणी गरेका छन् ।

बदर गरिसकिएका अध्यादेशलाई विवादको मुद्दा बनाएर प्रधानमन्त्रीको राजीनामा माग्न नहुने बताएका हुन् । विज्ञप्तिमा यतिबेला सरकार बदल्ने कार्यले राजनीतकि स्थिरता बिथोल्ने र संसदमा उपस्थित राजनीतिक दलको प्राथमिकता सत्ताको जोडघटाउमा जाने उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, संविधानको भावना र व्यवस्थालाई लत्याउने गरी सत्तारुढ दलभित्र सरकार फेर्ने चलखेल हुनु त्यसका लागि दलभित्र र बाहिरका बरिष्ठ नेताहरु उन्मादित हुनु खेदजनक छ । मुलुक महामारीमा जुधिरेहेका यस अवस्थामा पूर्व प्रधानमन्त्रीहरु समेतको अग्रस्रतामा अस्थिरताको पुनरागमन हुने संकेत देखिँदा लोकतन्त्रप्रतिको जनताको विश्वासमा खेलवाड भएको छ ।’

प्राप्त प्रतिकृयाहरू

To Top