रौतहटमा थप दुईजनामा कोरोना,संक्रमितको संख्या ५४  

स्वास्थ्य बैशाख १६ 2077 ekhabarnepal
5e92ff0d5dafd 1

वीरगञ्ज,बैशाख १६
  नेपालमा थप दुईजनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोभिड १९ संक्रमितको संख्या ५४ पुगेको छ।

रौतहटको वृन्दावन नगरपालिका ९ भुसहा र देवाही गोनाही नगरपालिका १ का दुईजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा गरेको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरु दुवै जनालाई कोरोना भाइरसको संक्रमण भएको मौखिक जानकारी आफूलाई आएको तर आधिकारिक रुपमा पत्र भने प्राप्त नभएको जिल्ला स्वास्थय कार्यालय रौतहटका प्रमुख महेश साहले जानकारी दिए ।

जनकपुरमा उनीहरुको पिसिआर टेष्ट गर्दा रिर्पोट नेगेटिभ आएको थियो । लकडाउन भएकै बेला उनीहरु दुवैजना भारतको राजधानी दिल्लीबाट नेपाल आएका हुन् ।

भारतबाट फर्केका वृन्दावन नगरपालिका भुसहाका २५ वर्षीय युवक १४ दिन क्वारेन्टाइन बसेर घर फर्किएका थिए । देवाही गोनाही १ का ३५ वर्षीष पुरुष क्वारेन्टाइनमै रहेका छन् ।

प्राप्त प्रतिकृयाहरू

To Top