पार्टीमा समस्या छन्, बैठक बसेर समाधान गरौँ भनेको हुँः वामदेव गौतम

राजनीति बैशाख १४ 2077 ekhabarnepal
Download

काठमाडौँ,बैशाख १४
नेकपाका नेता वामदेव गौतमले समय र परिस्थिति प्रतिकूल जारी अध्यादेशहरु खारेज भएपछि पनि पार्टीभित्र अनेकौँ समस्या उत्पन्न भएको र ती समस्या समाधानका लागि सचिवालयसँगै स्थायी कमिटी बैठक डाक्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेको बताएका छन्।

उनले पार्टीमा उत्पन्न समस्या समाधान पार्टी र पार्टी कमिटीलाई बाइपास गरेर नभई प्रधानमन्त्री ओलीले प्रत्यक्ष छलफल गरेर सबै किसिमका विचारहरुको सामना गर्न सकिने सुझाव ओलीलाई दिएको बताएका हुन्।

नेता गौतमले आइतबार एक प्रेस नोट जारी गर्दै पार्टीभित्र उत्पन्न समस्या समाधानका लागि सचिवालय, स्थायी कमिटीको बैठक बोलाउन र सबै सदस्यहरुको सुझावलाई सम्मान गर्दै साझा प्रयत्नबाट समस्या समाधान गर्न आफूले शनिबारको भेटमा प्रधानमन्त्री ओलीलाई आग्रह गरेको बताएका छन्।

नेता गौतमका अनुसार प्रधानमन्त्री ओलीले धैर्यतापूर्वक गौतमका कुरा सुनेका थिए।  नेता गौतमले आफू र प्रधामन्त्री ओलीबीच भएका कुराकानीका सम्बन्धमा मनमौजी किसिमले टिकाटिप्पणी भएको आफूले थाहा पाएको नोटमा उल्लेख गरेका छन्।

प्राप्त प्रतिकृयाहरू

To Top