आज तराई पहाड सबैतिर हावाहुरीसहित वर्षा हुने 

समाज बैशाख १४ 2077 ekhabarnepal
Barsa


  
बुटवल, बैशाख १४
आज  देशैभरि हावाहुरी, मेघगर्जनरचट्याङसहित वर्षा हुने सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज तराई पहाड सबैतिर हावाहुरीसहित वर्षा हुने सम्भावना छ।

‘देशका पश्चिमी क्षेत्र, तराई तथा पहाडका केही स्थानमा त मौसम बदली सुरु भइसकेको छ । बुवलमा विहानै देखि मौसममा गडवडी देखिएको छ । यद्यपि यस्तो सम्भावना अहिले बिहानैदेखि नै रहे पनि विशेष गरी दिउँसोपछि देशव्यापी रूपमा  बढ्ने अनुमान छ।मौसमविद्का अनुसार देशभरि नै हावाहुरी, मेघगर्जन, चट्याङ र असिनासहित वर्षाको सम्भावना छ।

यो पालि मौसमी प्रणाली अलि शक्तिशाली देखिएकोले सबैले सतर्कता अपनाउन जरुरी देखिएको छ।

‘हिजो अस्ति देशका केही स्थानमा मात्र वर्षा भएपनि आज देशैभर हुने सम्भावना रहेको वताइन्छ । विशेषगरी आज आइतबार र भोलि सोमबार वर्षा, हावाहुरी, चट्याङको ठूलो सम्भावना छ।

हावाहुरी तथा वर्षाको सम्भावना तराई पहाड दुवै भेगमा उत्तिकै रहेको छ । 

हल्कादेखि मध्यमसम्मको वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।  मौसमविद् पोखरेलका अनुसार अहिले प्रिमनसुनको सिजन हो, त्यसैले एकैछिन खुले पनि र घाम लागे पनि पुनः बादल बनेर मौसम बदली हुने र वर्षा हुने हुन्छ । 
प्रिमनसुनको वर्षा त्यति धेरै लामो समय नहुने भए पनि आज हुने वर्षा त्यति धेरै छोटो समयको पनि नहुने उनले बताइन्।

मौसमविद्का अनुसार अहिले देशमा पश्चिमी वायुरस्थानीय वायु र पूर्वी भूभागनजिक बनेको न्यून चापीय क्षेत्रको प्रभाव पर्नाका साथै बंगालको खाडीरअरब सागरबाटसमेत जलवाष्पयुक्त हावा आइरहेको छ। यसैकारण यहाँ मौसम बदली, हावाहुरी, मेघगर्जन, चट्याङ र वर्षाको विशेष सम्भावना बढेको हो।

मौसम पूर्वानुमान महाशाखाले सामान्यतया तीन दिनको मौसम अनुमान गर्ने गरको छ। त्यस आधारमा आगामी तीन दिनसम्म नै वर्षाको सम्भावना रहेको मौसमविद् पोखरेलले जानकारी दिइन्। त्यसपछि पनि अझै केही दिन मौसम खुल्ने सम्भावना नरहेको उनको भनाइ छ। 

प्राप्त प्रतिकृयाहरू

To Top