कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या दुई लाख नाघ्यो

स्वास्थ्य बैशाख १४ 2077 ekhabarnepal
5e92ff0d5dafd 1

बैशाख १४
कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या दुई लाख नाघेको छ ।

वल्डोमिटरका अनुसार शनिबार रातीदेखि मृतकको संख्या २ लाख नाघेको हो । सो संख्या आइतबार बिहानसम्म दुईलाख तीनहजार २५५ पुगिसकेको छ ।

अहिले अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । त्यहाँ मात्रै मृत्यु हुनेको संख्या ५४,२५६ पुगेको छ । यो संख्या विश्वको कूल मृत्युको करिब २७ प्रतिशत हो । अमेरिकामा संक्रमितको संख्या ९ लाख ६० हजार छ ।

२९ फेब्रुअरीमा पहिलो पटक अमेरिकाको वासिङ्टन राज्यमा काेराेनाबाट एकजनाको मृत्यु भएको घोषणा गरिएको थियो तर त्यसको दुई महिनामै यति धेरै मानवीय क्षति अमेरिकाले व्यहोनु परेको हो ।

त्यस्तै कोरोनाभाइरसबाट बढी प्रभावित अन्य चार देशमा मृत्यु हुनेको संख्या इटालीमा २६,३८४, स्पेन २२९०२, फ्रान्स २२६१४ र बेलायतमा २०,३१९ रहेको छ ।
विश्वभरि संक्रमितको संख्या २९ लाखभन्दा बढी छ, त्यसमध्ये ८ लाख ३६ हजार निको भएका छन् ।

२०१९ को डिसेम्बरमा चीनको हुवेई प्रान्तको वुहानबाट शुरु भएको करिब पाँच महिनासम्म आइपुग्दा विश्वव्यापी महामारीको रुपमा विकास फैलिरहेको छ ।

उद्गम थलो वुहानमा नियन्त्रणमा आए पनि विश्वका धेरै मुलुकलाई यसले आक्रान्त बनाइरहेको छ ।

प्राप्त प्रतिकृयाहरू

To Top