क्वारेन्टाइनका नागरिकलाई वाईफाई सेवा

समाज बैशाख १३ 2077 ekhabarnepal
Download

सुर्खेत,बैशाख १३
सुर्खेतको पश्चिममा पर्ने चौकुने गाउँपालिकाले जीवन ज्योति माबीमा रहेको क्वारेन्टाइनमा वाईफाई जडान गरेको छ ।
उपभोक्ता हित संरक्षण मञ्च नेपाल कर्णाली प्रदेश सचिव रविन्द्र शाहीका अनुसार क्वारेन्टाइनमा बस्ने नागरिकहरुलाई समय बिताउन सहज होला भन्ने उद्देश्यका साथ गाउँपालिकाले वाईफाई जडान गरि सेवा दिएको हो।
 वाहरिवाट आएका नागरिकहरु १४।१५दिन सम्म क्वारेन्टाईमा वस्नु पर्दा समय विताउन गाह्रो हुने हुदा उनिहरुलाई दैनिक सूचना,समाचार र सन्देश मुलक तथा मनोरञ्जनात्मक भिडियोहरु हेर्नको लागि फ्री वाईफार्ई सेवा उपलव्ध गराएको गाउँपालिकाका अध्यक्ष धिर बहादुर शाहीले जानकारी दिए।गाउँपालिकाले क्वारेन्टाईनका सवै कोठाहरुमा बत्ती र मोबाइल चार्जरको समेत व्यवस्था मिलाएको अध्यक्ष शाहीले वताए।
चौकुने गाउँपालिका वडा नं ६ जीवन ज्योति माबीको क्वारेन्टाइनमा अहिले सम्म ३७ जना रहेका छन,भने क्वारेन्टाइनमा १४ दिन बसेर रिपोर्ट नेगेटिभ आएका ६ जनालाई कोरोना भाइरसको संक्रमण नदेखिए पछि घर पठाइएको छ।विश्वमा महामारीको रुप लिएको कोभिड १९कोरोना भाईरसको संक्रमण नेपालमा पनी वढी रहेको वेला विभिन्न स्थानवाट घरमा आउने नागरिकहरुलाई स्थानिय निकायले स्वास्थ्य जाचँ गरेर क्वारेन्टाइनमा राख्ने गरेको छ।    
 

प्राप्त प्रतिकृयाहरू

To Top