कोरोनाका कहर तथा अवको हाम्रो कार्यभार

समाज बैशाख १३ 2077 ekhabarnepal
94482093 368986617393746 4150469048380948480 n

राम बहादुर राउत

पृष्ठभूमि
बर्तमान अबस्था कोरोनाको संकटबाट गुज्रिरहेको छ । आजको तथ्यांक हेर्दा २८३३०४७ लाइ यो रोगले आक्रान्त पारेको छ । आज सम्मको मृत्यू हुने संख्या १९७३५४ रहेको देखिन्छ । बिश्वभर लकडाउन छ । मानवले घरभित्र बसेर गर्ने काम बाहेक कुनै काम हुनसकिरहेको छैन । नेपालको सन्दर्भमा हेर्दा विगत जनवरीमा चिनको बुहानबाट आएका एकजना यूवालाइ संक्रमण भए देखि यता हालसम्म ४९ जनामा संक्रमण फैलिएकोछ । खुसीको कुरा  हालसम्म ११ जनालाइ निको भएको छ भने अन्य संक्रमितको अवस्था पनि सामान्य नै रहेको छ । नेपालमा चैत्र ९ गते देखि लकडाउन गरिएको छ । नेपालमा पनि लकडाउनका कारण कुनै पनि उद्योग कलकारखाना वा कुनै आयआर्जनका काम समेत हुन सकेका छैनन । नत विकासका आयोजना नै सञ्चालनमा छन । यसले श्रमशक्ती निश्किृय बनेकोछ भने आर्थिक गतिविधी सुन्यप्राय छ । नेपालको मुख्य आयश्रोतको रुपमा रहेको पर्यटन व्यवसाय ठप्प छ, कृषि उत्पादनमा समेत मानिस डरका कारण तथा लकडाउनको प्रभावको कारण खेतवारीमा जान सकिरहेका छैनन । अर्को आम्दानीको श्रोत बैदेशिक रोजगार तथा यसवाट प्राप्त हुने रेमिटयान्स पनि विश्वव्यापी महामारीका कारण ठप्प छ । बिदेशमा रहेका श्रमिकहरु पनि लकडाउनका कारण थुनिएर बसेका छन । विश्व बैंक तथा एसियायी विकास बैंकले आज विश्वमा आर्थिक मन्दि आउने र विश्व अर्थतन्त्र धाराशायी हुने कुरा पूर्वानुमान गरिरहेको छ । नेपालको आर्थिक बृद्धिदर निकै खस्किने भविष्यवाणी गरिरहेको सन्दर्भमा रहेकोछ ।
कोरोना संक्रमण तिब्र गतिमा अगाडि बढिरहेको छ । यो अवस्था हेर्दा कोरोना संक्रमणमा ब्रेक लाग्ने छाँट देखिदैन । लकडाउनलाइ कसरी प्रभावकारी बनाएर यो संक्रमणको गति नियन्त्रण गर्न सकिन्छ विश्वको ध्यान यतै तर्फ तानिएको छ । भने हाम्रो देशमा पनि यो रणनीतिलाइ अख्तियार गरेर हामी यो संगिन अवस्थामा पनि सन्तुलनमा नै रहेका छौं ।यो वर्तमान अवस्थाको प्रष्ट तस्विर हो ।यस्तो पृष्ठभूमिमा आज हामीले १५ औं पञ्चबर्षिय योजना कार्यान्वयनका आधारहरु तय गरिरहेका छौं साथै आउने २०७७÷०७८ को बजेट तयारी गरिरहेको अवस्था समेत रहेको छ । यस्तो अवस्थामा हामीले बनाएका पञ्चबर्षिय योजना तथा बार्षिक योजनाहरु जस्ताका तस्तै लागु गर्न सकिने अवस्था हुदैन । गत वर्ष विनियोजन गरेका आयोजनाहरुको प्रगति हेर्दा ३५ प्रतिशत प्रगति हुन सकेको देखिदैन । काम जोडतोडले सञ्चालन गरिने चैत्र बैशाख तथा जेष्ठ महिना हो । तर चैत्र र बैशाखको आधा लकडाउनले नै खाइदिएको छ ।
यो बेला तिनै तहका सरकारले गर्ने 
नेपालका तिनै तहका सरकारहरुले आगामी वर्षको बजेट तथा कार्यक्रम बनाइरहेको सन्दर्भमा ध्यान दिन पर्ने कुरा यहाँ उल्लेख गरिन्छ जुन अबलम्बन गर्न आवस्यक देखिन्छ ः
१. संघीय सरकारले तय गरेको १५औं पञ्चबर्षिय योजनाको पुनरावलोकन गरेर तत्कालिन संक्रमणकाल व्यवस्थापन योजना निर्माण गर्नुपर्दछ । हामीले तय गरेको योजनाका प्राथमिकता परिवर्तन गर्नुपर्ने हुन्छ । राज्यले गर्ने लगानिका क्षेत्रहरु परिवर्तन गर्नुपर्ने हुन्छ । कोरोनाको गति नियन्त्रण भैसके पछि हाम्रो विदेशमा रहेको युवाशक्ती विदेशमा रहेर कहर काटनेवाला छैन र अहिले विदेशमा रहेको कुल श्रमिक मध्ये कम्तीमा ६० प्रतिशत जनशक्ति स्वदेश फर्किने छ र फर्काउन पर्ने आवस्यकता छ । सो जनशक्तिलाइ स्वदेशमा व्यवस्थापन गर्ने योजना हामीहरुसंग हुन आवस्यक देखिन्छ । अन्यथा वेरोजगारी समस्या ह्वात्तै समाजमा देखिने र त्यसलाइ सरकारले व्यवस्थापन गर्न चुनौति हुने हुनसक्छ । 
२. प्रदेश सरकार ः यो तहको सरकारले आज आफुलाइ संस्थागत गर्दै केहि काम सुरुवात गरेकोछ । प्रदेश सरकारले गठन गरेको योजना आयोगले स्थानीय तहसंग आधारभूत तथ्यांक तथा विभिन्न विषयका सम्भाव्यता अध्ययन गर्ने कामहरुका साथै केहि गौरवका आयोजना बनाएर काम गर्न थालेको छ । हिजो बनाएरका योजना कार्यान्वयन गर्ने सन्दर्भमा आज परिस्थिती फेरिएको छ । प्रदेश योजना आयोगले अव तुरुन्तै जोखिम व्यवस्थापन तथा रुपान्तरण योजना बनाउन सुरु गर्नुपर्दछ । प्रदेश भित्रका जनशक्ति व्यवस्थापन कसरी गर्ने, कृषि क्षेत्रलाइ कसरी व्यवसायीकरण र आधुनिकिकरण गरेर कृषि क्षेत्रमा आफ्नो प्रदेशलाइ कसरी आत्मनिर्भर बनाउने भन्ने विषयमा योजना तर्जुमा गर्नुपर्दछ । यो खाले आयोजनाहरु निर्माण गरेर बर्तमान अप्ठयारोलाइ कसरी नेपालको आमुल परिवर्तनका निम्ती अवसरमा बदल्ने योजना निर्माण गर्नुपर्ने आवस्यकता देखिन्छ ।
३.स्थानीय सरकार ःस्थानीय सरकारले अहिले राम्रो गरेका छन । विपतको वेलामा जनतालाइ अभिभावकको भूमिकामा रहेर काम गरिरहेको सन्दर्भ सकारात्मक छ । स्थानीय सरकारहरु निर्माण भएको पनि करिव ३ वर्ष पुरा हुन लागको अवस्था हो  । सामान्य अवस्थामा गरेका कामहरु आफैमा राम्रा वा ठिकै होलान ति कुरा पछि मुल्यांकन गरौला । तर आज स्थानीय सरकारको काँधमा निकै बोझिलो जिम्मेवारी आएको छ । साथै स्थानीय सरकारको वास्तविक औचित्य सावित गर्ने मौका पनि यसका अगाडि अवसर बनेर खडा छ । यस्तो सुनौलो परिस्थितीमा स्थानीय सरकारले विगतमा गरिरहेका कामहरु र अपनाइ आइरहेका रणनीतिहरु परिवर्तन गर्नुपर्दछ । अव कुल बजेटको ३० प्रतिशत स्वास्थ्य क्षेत्रमा, ४० प्रतिशत कृषिमा २० प्रतिशत शिक्षामा र १० प्रतिशत अन्य क्षेत्रमा खर्च गर्ने गरि योजना निर्माण गर्नुपर्नेहुन्छ । ग्रामीण क्षेत्रमा रहेका बाँझा जग्गाहरुलाइ हराभरा बनाउने योजना, विषयबस्तुको सम्भाव्यता अध्ययन गरि उत्पादनका पकेट क्षेत्रहरुको घोषणा गर्ने, पर्यटकीय क्षेत्रहरुको पहिचान तथा त्यसलाइ व्यवस्थापन गर्ने योजना, शिक्षालाइ उत्पादनमुखि, व्यवहारिक तथा मूल्यमा आधारित बनाउने योजना, बस्तुको उत्पादन, प्रशोधन तथा बजारीकरणका योजना अव स्थानीय सरकारका योजना बनाउन पर्ने देखिन्छ ।
४.सामुदायीक बन, स्थानीय गैरसरकारी संस्था, वा अन्य सामुदायिक संस्था ः
आज हजारौंको संख्यामा सामुदायीक वन, हजारौं हजारको संख्यामा गैरसरकारी संस्था, लाखौंको संख्यामा समुदायमा आधारित संस्था समदायमा कृयाशिल रहेका छन । यस परिस्थितीमा अव सबैको एउटै मन्त्र (ध्येय) हुन आवस्यक छ मिसन कृषि उत्पादन चाहे सामुदायीक वन होस उसका कार्ययोजना पुनर्लेखन गरौं त्यसमा वनजन्य जडिवुटि खेती, बनजन्य फलफूल खेती, बनजन्य पर्यटन उद्योग, बनमा आधारित पशुपालनका लागि घाँसखेती जस्ता  कुरा लेखन गरौं । कार्ययोजना निर्माण गरौं सामुहिकताको विकास गरौं । सामुहिक उत्पादन सुरु गरौं । गैरसरकारी सस्थाले आफ्ना उद्देश्यमा थपौं हाम्रो संस्थाको उद्देश्य कृषि क्षेत्रमा सहयोग पु¥याउने । हरेक गैरसरकारी संस्थाले नेपालमा अध्ययन अनुसन्धान गरौं । कुन क्षेत्रमा के उत्पादन गर्ने त्यसका लागि जनतालाइ कसरी उत्साहित र परिचालित गर्ने । सरकारलाइ सहयोग गरौ । अन्य सामुदायीक संस्थाहरुले पनि समाजलाइ वर्तमान संकटलाइ अवसरको रुपमा बदल्न सकारात्मक बनौं । समाजमा केहि हुन्छ, केहि गर्न सकिन्छ भन्ने सन्देश दिउँ ।
५. सहकारी संस्था, तथा अन्य वित्तिय संस्था ः सहकारी तथा वित्तिय संस्थाहरुले पनि आफ्नो पुजीँ उत्पादनमा लगाउने गरि योजना निर्माण गरौं । कृषि उद्यम प्रबद्र्धन, पर्यटन प्रबद्र्धन तथा अन्य व्यवसाय प्रबद्र्धनमा लगानी बढाउँ दलाल पुजीँलाइ निरुत्सान गरौं र राष्ट्रिय पुँजीको विकास गर्न योजना बनाउँ । जनशक्ती व्यवस्थापनका लागि हाम्रो सबैभन्दा ठूलो क्षेत्र कृषिमा आधारित क्षेत्र नै हो त्यसैलाइ आधार बनाएर खोलिने विभिन्न व्यवसाय प्रबद्र्धनमा लगानी सरल र सुलभ गराऔं । विश्व आर्थिक मन्दीको चपेटामा परिरहेको सन्दर्भमा त्यसको प्रभाव नेपालमा कसरी कम गर्न सकिन्छ त्यसको बारेमा अध्ययन गरौं । 
६. मिडिया जगत ः राष्ट्रको आँखा मिडिया हो । अब मिडिया मिसन सफल कथा संकलन प्रकासन र प्रसारणमा लागौं । वर्तमान संकटबाट पार पाउनका लागि चिनले कस्तो प्रयास गरेर सफलता पायो ? कोरियाले कसरी निकै छोटो समयमा आफुलाइ यो संकटबाट बाहिर ल्याउन सक्यो ? अन्य देश जसले यो जोखिम कम गर्न के के काम गरिरहेका छन ? कोरोनाको कहरबाट कसरी मुक्ती पाउन सकिन्छ ? लकडाउनका बेलामा हामीले के कस्ता निजी उद्यमहरु गर्न सकिन्छ ? त्यसका सम्भावित बजार व्यवस्थापन कसरी हुन्छ ? अभाव सृजना नहुन अन्य स्थानका के के असल अभ्यासहरु छन ? यसभन्दा अघिका महामारी पछि विश्वले कसरी आर्थिक मन्दीवाट पार पायो ? यसलाइ वा यस्तै कुरालाइ आधार बनाएर काम गर्ने बेला मिडिया जगतको हो ।
अतः हामी सबै आज कोरोनाको कहरमा बाँचीरहेका छौं । हाम्रा अगाडि अध्याँरा रातहरुमात्रै छैनन,उज्याला किरणहरु आसाका दिपहरु पनि हाम्रा अगाडि छन । हरेक अप्ठयारोले अवसर बोकेर आएको हुन्छ । यो अप्ठयारोलाइ नेपालको कृषि क्रान्तीको दिशा तर्फ मोडौं , युवाहरुललाइ देशमा केन्द्रित गर्ने अवसर सृजना गर्ने घटनाको रुपमा विकास गरौं । देशलाइ आत्मनिर्भर बनाउने कडिको रुपमा विकास गरौं । आँउ हातेमालो गरौं सकारात्मक सोचौं, सकारात्मक बनौं, जस्तो सोच त्यस्तै बिचार, जस्तो बिचार त्यस्तै काम, जस्तो काम त्यस्तै परिणाम, जस्तो परिणमा त्यस्तै प्रभाव, जस्तो प्रभाव त्यस्तै परिवर्तन ।

अध्यक्ष
नेपाल प्रशंसनीय दृष्टिकोण राष्ट्रिय सञ्जाल
धन्यवाद

प्राप्त प्रतिकृयाहरू

To Top