कोरोनाका कारण १ लाख ८४ हजारको मृत्यु, अमेरिकामा ४७ हजार ६५९ 

राजनीति बैशाख ११ 2077 ekhabarnepal
2020 04 23 coronavirus test 197004123

काठमाडौं, बैशाख ११ । कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ८४ हजार नाघेको छ । आज बिहानसम्म कोरोना भाइरसको संक्रमणबाट विश्वभरमा ज्यान गुमाउनेको संख्या १ लाख ८४ हजार ४१ पुगेको छ ।

सबैभन्दा धेरै अमेरिकामा ४७ हजार ६५९ले कोरोनाका कारण ज्यान गुमाएका छन् । इटलीमा २५ हजार ८५, स्पेनमा २१ हजार ७१७, फ्रान्समा २१ हजार ३४० तथा बेलायतमा १८ हजार १०० ले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् । 

नेपालमा भने कोरोना संक्रमणका कारण आजसम्म कसैले पनि ज्यान गुमाउनु परेको छैन । ४५ जनामा संक्रमण देखिएको छ । जसमध्ये ७ जना निको भएर घर फर्किसकेका छन् । उपचाररतको अनस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  
 

प्राप्त प्रतिकृयाहरू

To Top