डब्ल्यूएफपीकाे चेतावनी- खाद्यान्‍न अभाव झेल्ने जनसंख्या दोब्बर हुन सक्छ’

समाज बैशाख १० 2077 ekhabarnepal
Foa18wktgmhvtjwslqdqae42e2om2i9abndjllb7

रासस/एएफपी
पेरिस। कोरोना भाइरस स‌ंक्रमणको विश्वव्यापी प्रकोपका कारण विश्वमा गरिबी र खाद्यान्नको अभावको सामना गर्नुपर्ने जनसंख्या अहिलेको भन्दा झण्डै दोब्बर पुग्न सक्ने प्रक्षेपण गरिएको छ।

कोरोना भाइरसका कारण विश्वमा खाद्यान्नको अभाव झेल्ने गरीबको जनसंख्या दोब्बर हुन सक्ने संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी)ले चेतावनी दिएको हो।

डब्ल्यूएफपी र अन्य साझेदारहरूले विश्वभरि खाद्यान्न सङ्कटबारेमा नयाँ अध्ययन प्रतिवेदन जारी गरेपछि यो चेतावनी आएको हो।

“कोभिड-१९ को कारण विश्वव्यापीरूपमा आउने आर्थिक मन्दीका कारण सन् २०२० मा चरम खाद्यान्न अभावको सामना गर्ने जनसंख्या २६ करोड पुग्ने देखिएको छ”, विश्व खाद्य कार्यक्रमले कोरोना भाइरसका कारण विश्व अर्थतन्त्रमा परेको आर्थिक मन्दी र यसबाट निम्तिन सक्ने समस्याबारे गरेको प्रक्षेपण प्रतिवेदनमा उल्लेख छ।

सन् २०१९ मा चरम खाद्यान्न अभावका कारण सहयोगको आवश्यकता रहेको जनसंख्या १३ करोड ५० लाख रहेकोमा सन् २०२० मा यो संख्यामा थप १३ करोड थपिने र चरम खाद्यान्न अभावको समस्या यस वर्ष दोब्बर हुने प्रक्षेपण गरिएको हो।

खाद्य सङ्कटमा चौथो वार्षिक विश्वव्यापी प्रतिवेदनले कोरोना भाइरस प्रकोपका कारण सिर्जित स्वास्थ्य सङ्कटसँगै विश्वव्यापीरूपमा भएका लकडाउनकाे घोषणा वा व्यवसायिक गतिविधिमा प्रभावित पारेका कारण विश्वमा संक्रमणपछि केही समय मन्दी छाउने र मन्दीको प्रभाव कति समय रहनेछ भन्ने कोरोना भाइरस संक्रमणलाई कति छिट्टै नियन्त्रणमा लिन सकिन्छ भन्नेमा आधारित हुने जनाएको छ ।

प्रतिवेदनमा कोरोना भाइरस संक्रमण शुरू हुनु अघि गत वर्षदेखि नै खाद्यान्न असुरक्षा बढेको उल्लेख पनि गरिएको छ।

उक्त प्रतिवेदनमा सन् २०१९ मा विश्वका ५५ मुलुकका १३ करोड ५० लाख व्यक्ति चरम खाद्यान्न सङ्कटको अवस्थामा रहेका कारण खाद्यान्न सहयोगको आवश्यकता थियो।  प्रतिवेदन तयार गर्ने क्रममा चार वर्ष पहिलेको भन्दा सन् २०१९ मा खाद्यान्न सङ्कटको सामना गर्ने मानिसहरूको संख्या दुई करोड बढेको थियो, जुन यसअघिको तुलनामा निकै बढी हो।

गत वर्ष र यस वर्षको रिपोर्टमा ५० भन्दा बढी मुलुकमा खाद्यान्न सङ्कट रहेको र त्यहाँको झण्डै १० प्रतिशत अर्थात् १२ करोड ३० लाखमा खाद्यान्न सङ्कट रहेको उल्लेख गरिएको छ।

द्वन्द्व, आर्थिक सङ्कट र खडेरीजस्ता मौसमसम्बन्धी घटनाहरूको कारण खाद्यान्न सङ्कटमा वृद्धि आएको हो। प्रतिवेदनमा थप १८ करोड ३० लाख जनसंख्या खाद्यान्न सङ्कटको समस्यानजिक रहेको देखिएको छ।

कोभिड-१९ सहजै त्यस्तो सङ्कट भइदिएको छ कि यसका कारण विश्वका बिरामी व्यक्तिहरूले अस्पतालहरूमा भीडलाई निम्त्यायो र सरकारहरूले लकडाउन लगाए जसले अर्थव्यवस्थामा बाधा ल्याइदियो जसका कारण लाखौँ मानिसहरूलाई कामविहीन बनाएको छ।

डब्ल्यूएफपीका वरिष्ठ अर्थशास्त्री आरिफ हुसेनले एक विज्ञप्तिमा भने, “कोभिड-१९ सम्भवतः लाखौंको लागि विनाशकारी हो जो पहिले नै धागामा झुण्डिएका छन्। हामीले यो विश्वव्यापी प्रकोपको प्रभाव न्यूनीकरण गर्न सामूहिक रूपमा अब कार्य गर्नुपर्दछ।”

तथ्याङ्क सङ्कलन गरी प्रतिवेदनलाई धेरै समूह र सहायता संगठनहरूको सहयोगमा प्रत्येक वर्ष प्रकाशित गरिन्छ। - 

प्राप्त प्रतिकृयाहरू

To Top