उदयपुरमा थप १० सहित अब सङ्क्रमितको कुल सङ्ख्या ४१, उदयपुर जिल्ला सिल 

स्वास्थ्य बैशाख १० 2077 ekhabarnepal
137022c72d6fe0e0da99d385916f7dc6 w1000 h500 cp

काठमाडौं, बैशाख ९ । 
उदयपुर जिल्लामा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या लगातार बढेर २३ पुगेको छ।

त्यहाँको एक मस्जिदमा रहेका एक दर्जनभन्दा बढी मानिसमा यसअघि नै कोरोनाभाइरस सङ्क्रमण देखिएको थियो।
एकजनाको सङ्क्रमणको पुष्टि स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमार्फत् मङ्गलवार दिउँसो गरिएको थियो।

साँझ थप ९ जनामा पनि सङ्क्रमण पाइएको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बीबीसीलाई जानकारी दिएका छन्।

योसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या ४१ पुगेको छ।
वीरगञ्जमा गत साता तीनजनामा सङ्क्रमण पुष्टि भएको र लगत्तै उदयपुरमा धेरै सङ्ख्यामा पुष्टि भएपछि ती दुई स्थानलाई लक्षित गरेर सङ्क्रमणको परीक्षण दायरा फराकिलो पारिएको अधिकारीहरूले बताएका थिए।

ती दुई स्थानमा सङ्क्रमितहरूको सम्पर्कबारे सूचना लिएर शङ्कास्पदहरूको नमुना जाँच भइरहेको बताइएको थियो।

वीरगञ्जमा २२१ जना र उदयपुरमा ३२० जनाको पीसीआर विधिमार्फत् अनि अन्यको द्रुत विधि आरडिटीमार्फत् जाँच भइरहेको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बताएका थिए।

 उदयपुर जिल्ला सिल 

प्रदेश १ सरकारले पछिल्लो समयमा कोरोना भाइरस संक्रमितको हटस्पट बनेको उदयपुर जिल्लामा सील गर्ने निर्णय गरेको छ।

प्रदेशको आन्तरिक सुरक्षा मन्त्रालयमा आज बसेको बैठकले उदयपुरलाई सील गर्ने निर्णय गरेको हो।

‘उदयपुरबाहिरबाट कसैलाई पनि भित्र प्रवेश गर्न नदिने र भित्रबाट कसैलाई बाहिर नस्किन नदिने र उदयपुरभित्रै पनि एक स्थानबाट अर्को स्थानमा मानिसलाई जान नदिने निर्णय भएको छ,’ प्रदेशका सामाजिक विकासमन्त्री जीवन घिमिरेले भने, ‘आन्तरिक सुरक्षा मन्त्रालयमा आज भएको बैठकले यस्तो निर्णय गरेको हो। संक्रमण थप फैलिनबाट रोक्नका लागि यो निर्णय लिएको हो।’

प्राप्त प्रतिकृयाहरू

To Top