कम्युनिस्ट सरकार,कोविड - १९ : अवसर र चुनौती

बिचार बैशाख ९ 2077 ekhabarnepal
1

गोपाल घिमिरे

म सानो उमेरको थिएँ २०५१ सालमा मनमोहनअधिकारी को नेतृत्वमा नेपालमा पहिलो पटक कम्युनिस्ट पार्टी को  सरकार बन्दात्यो पनि मात्रैसामान्य बहुमतको सरकार।कम्युनिस्ट सरकार आयो अब गाउमा खानेपानी आउछ रे मोटरबाटो आउँछ रे भन्दै खुशीले सिंगो गाउँ जागेको थियो। साथै हरेक विकास निर्माणका काममा  जनताको सहभागिता को अपेक्षा गरिएको थियो र त्यो भयो पनि।म  पनि केहि  बिकास निर्माणको को काम मा सहभागी भएको थिए। त्यतिबेला सूचनाहरु सम्प्रेषण गर्नको लागि अहिलेजस्तो सामाजिक संजाल हरु थिएनन् यधपी एउटा नारा "आफ्नो गाँउ आफै बनाऊ" सापेक्षिक रुपमा त्यो नारा कति छिटो जनताको जिब्रोमा बोलीचालीको भाषा बन्न सफल बन्योपत्तै भएन।

त्यतिबेलाको कम्युनिस्ट सरकार संग पनि धेरै चुनौती हरु थिए । भनिन्छ हरेक चुनौती संगै अवसर हरुपनि आउछन मात्र तपाइले हेर्न सक्ने दृस्टी हुनुपर्छ । अहिले कोविड- १९ ले महामारीको रुप लिएको छ । भौतिक रुपले सम्पन्न, सार्बजनिक स्वास्थ्य सेवाको हिसाबले हामी भन्दा निकै राम्रो भएका देशहरु पनि आफ्नो जनताको जिबन रक्षाको लागि चिन्तित भएको छन् । सापेक्षिक रुपमा हेर्ने हो भने हामीहरु उनीहरुले जति क्षति व्यहोर्नु परेको छैन ।  कहिले काँही नेतृत्वले कसरि निर्णय लिन्छ भन्ने कुरा पनि महत्वपुर्ण हुने रहेछ, यो सन्दर्भमा हाम्रो नेतृत्वले लिएको पूर्व सावधानी लकडाउनको  निर्णय  अत्यन्तै वरदान साबित भएको छ ।

वर्तमान चलायमान अर्थतन्त्र भएको विश्व परिवेशमा सधै लकडाउन मा बस्नु पनि सम्भव छैन त्यसैले यसलाई खुला गर्नको लागि उपयुक्त योजना हुनु र उक्त योजना कार्यान्वयनको लागि उपयुक्त कार्यक्रम हुनु जरुरि छ । अहिलेको कम्युनिस्ट सरकार दोबाटोमा उभिएको छ, उपयुक्त र सहि  छनौटले गन्तव्यमा पुर्याउछ भने गलत छनौटले गन्तव्यमा पुर्याउदैन । हामीसंग भएको जमिन, हाम्रो जनशक्ति, हाम्रो बजार, हाम्रो प्रविधि, हामी संग उपलब्ध लगानी र हाम्रो छेउमा रहेका बिशाल दुइ छिमेकी मुलुक आदि सबैको अध्ययनले हाम्रो दिशा भनेको कृषि र पर्यटन हो । पर्यटन  अहिले अत्यन्तै चुनौतिपूर्ण अबस्थाबाट गुज्रिरहेको छ उसलाई जसरी हुन्छ यो समयमा जोगाउनु परेको छ । त्यसैले आजको यो परिस्थितिमा हामीसंग एउटा र उत्तम बिकल्प भनेको कृषि क्षेत्रको उत्थान नै हो । म  किसान हो भनेर शानले भन्न सक्ने अबस्थाको सिर्जना गर्नु हो मैले कृषि कर्म गर्छु भन्दा सम्मान प्राप्त होस् त्यो परिस्थिति को सिर्जना गर्ने बेला हो यो । यस्तो समयमा सरकारले उपलब्ध श्रोत र साधन को भरपुर उपयोग गरि कृषि क्षेत्रमा संलग्नहरुको  जीवनस्तरमा परिवर्तन ल्याउने खालका कार्यक्रम र बजेट को ल्याउनु पर्छ । स्वदेश फर्किएका र भावनात्मक रुपले  देशप्रति अत्यन्त माया लागेको बेला युवाहरुलाई कृषि कर्म मा आकर्षित गर्नु सरकारको महत्वपुर्ण उपलब्धि हुनेछ ।

कोविड - १९ कहिले सम्म रहन्छ त ?

  म आफैमा पनि डाक्टर होइन र जिबाणु संग सम्बन्धित शिक्षासंग पनि मेरो नजिक को सम्बन्ध छैनतथापी यो एक प्रकारको भाइरस हो भाइरसलाई मर्नको लागि भनेर त्यस्तो कुनै औषधि वा भ्याक्सिन बनेको छैन तर भाइरस संग लड्न हाम्रो शरीर को रोग प्रतिरोधात्मक क्षमता विकास गर्ने खालको समाधान हरु विकास भएको छन् र यो भाइरसको लागि पनि त्यहि हुने हो । यो मानिस बाट मानिसमा सर्ने हुनाले पनि सावधानी अझै धेरै अपनाउनुपर्ने देखिन्छ । सामान्यत: कोविड -१९ को बिरुद्ध को औषधि र भ्याक्सिनको लागि ठुलो लगानी र अध्ययन अनुसन्धान हरु बहिनी रहेका छन् चाहे त्यो निजि स्तर बाट होस् वा सरकारी स्तरबाट होस् । सम्बन्धित विज्ञहरुको अन्तरवार्ता हेर्दा सुन्दा र उनीहरुले लेखेको लेखहरुको अध्ययनले के देखाउछ भने यसको समाधान ३ वटा  निम्न लिखित महत्वपुर्ण उपाय बाट हुन सक्छ:

. यो भाइरस को विरुद्धको भ्याक्सिनको सफल परिक्षण र प्रयोग,त्यसको लागि कम्तिमा पनि लाग्ने समय १५ देखि २० महिना ।

. यस भाइरसको बिरुद्ध प्रभावकारी सावित हुने औषधि ( ट्याब्लेट, सिरप आदि ) त्यसको लागि पनि पर्याप्त समय लाग्ने ।

. भौतिक दुरी कायम गर्ने र आफ्ना नियमित काम हरु संचालन गर्ने । आदि  अरु पनि हुन् सक्छन ।

अब यसले के देखाउछ भने हामीहरु सबै धेरै समय को लागि यसरि घरभित्र रहेर हाम्रो परिवार, समाज र सिंगो देश कै अर्थतन्त्र चल्न सक्दैन त्येसैले ।

अहिलेको हाम्रो अर्थतन्त्रको अवस्था

हाम्रो देशको जिबन शैली नै कृषिमा आधारित छ । पैत्रिक जमिनमा जिबन निर्बाह गर्नकोलागी कृषि कर्म गर्छौ हामीहरु।  हामीले कृषि कर्म लाई ब्यबसायिकरुपमा रुपान्तरण गर्न सकेको छैनौ ।  प्रशस्त कृषि योग्य जमिन छ तर टुक्रा टुक्रा मा विभक्त छ । सक्रिय युवा जनशक्ति छ तर वैदेशिक रोजगारीको शिलशिला मा विदेशमा छन् । आफ्नो देशको समृद्दीको आभियानामा जोड्न सकेको छैनौ ।

हाम्रो समग्र अर्थतन्त्रको संरचना अध्ययनगर्दा कुल ग्राहस्थ उत्पादन (GDP) को

क) १३ दशमलब ५ प्रतिशत औधोगिक क्षेत्रबाट प्राप्त हुन्छ ।

ख) कृषि क्षेत्रबाट २७ प्रतिशत र

ग) सेवा क्षेत्रबाट ५९ दशमलब ५ प्रतिशत

अनि हाम्रो उल्लेखित अर्थतन्त्रले सिर्जना गर्ने रोजगारीको करिब कुल जनसंख्याको ६५ प्रतिशत जनसंख्या कृषिमा रोजगार छ । हाम्रो देशको जम्मा कृषि योग्य भूमिमा केवल २० प्रतिशत भूमिमा मात्र सिंचाई सुविधा प्राप्त छ।कुल जनसंख्याको  करिब ४० प्रतिशत जनसंख्या २० देखि ४५ बर्षको छ । यसको मतलब हामीसंग रहेको जनसंख्या को धेरै भाग सक्रिय जनसंख्या छ जसलाई उत्पादनशील क्षेत्रमा जोड्न सकिन्छ।

एउटा तथ्यांक हेर्दै थिएँ करिब  २५० अर्बको कृषिजन्य वस्तुहरु (फलफुल, तरकारी, दाल, चामल आदि ) मात्रै  नेपालले आयात गर्दो रहेछ त्यो पनि हिन्दुस्तान बाट मात्रै यसले के देखाउछ हामीलाई चाहिने वा हाम्रो माग को तुलना मा उत्पादन अत्यन्तै न्यून छ।

अब को बाटो के हुन सक्छ त ?

अबको सरकारको बाटो कृषिजन्य वस्तुको  उत्पादन,उत्पादित वस्तुको प्रशोधन र बजारीकरण मा लगानी गर्ने बेला आएको छ । हुनत अहिलेको कृषि मन्त्रि तुलनात्मक रुपमा नंया विचार, सपना, दुरदृष्टि भएको  नेपालीजन हरुको भावना को प्रतिनिधित्व गर्न सक्षम हुनुहुन्छ जस्तो लाग्छ ।

अहिले हामीले महत्वपुर्ण निर्णय गर्ने बेला आएको छ हाम्रो सक्रिय युवा जनशक्ति रोजगारीको लागि संसारको विभिन्न देशहरुमा काम गरिरहेको छन् । आजको कठिन परिस्थितिमा ति युवा जनशक्ति आफ्नो देशमा फर्किन चाहन्छन र आफ्नै देशमा केहि गर्न चाहन्छन । तुलनात्मक रुपमा हाम्रो देशको सक्रिय जनशक्ति पूर्ण दक्ष छैन, केहि अर्ध दक्ष र बाँकि अदक्ष जनशक्ति भएको हुनाले सरकारले आवस्यक तालिम दिएर कृषि क्षेत्रमा आकर्षित गर्ने हो भने रोजगारीको पनि सुनिश्चितता हुन्छ साथै अर्थतन्त्र पनि चलायमान हुने देखिन्छ ।

कृषि क्षेत्रमा समस्याहरु के के छन् त ?

नेपालमा कृषि क्षेत्रले धेरै समय हरु झेल्नु परेको छ कहिले दुध बाटोमा कहिले टमाटर बाटोमा त कहिले अन्य हरियो तरकारी हरु फ्याँक्नु परेको छ । एकातिर उत्पादित बस्तु फ्याँक्नु परेको छ त अर्को तिर लगानी डुब्ने जोखिम, सामाजिक रुपमा अपमानित हुनुपर्ने स्थिति छ । तर व्यवशायिक रुपमा कृषि तथा पशुपालन विभागले गरेको एउटा अध्ययन अनुसार रोजगारीको शिलशिलामा इजरायल गएर नेपाल फर्किएका धेरैजसो  युवाहरुले प्रविधियुक्त कृषि कर्म मा लागेको देखिन्छ जुन अध्ययन ले देखाएका साथै अन्य निम्न समस्याहरुलाई प्रकाश परेको देखिन्छ ।

१ अर्गानिक कृषि र विषादी युक्त कृषिको बिचमा भिन्नता नहुनु ।

२ कृषि विज्ञको अभाव ।

३ सहज र सस्तो कृषि ऋण उपलब्धताको अभाव ।

४ उपयुक्त जग्गा तथा सिंचाई को अभाव ।

५ तरल बिषादी को अभाव ।

६ उपयुक्त बजार सम्मको पहुँच को अभाव ।

७ उच्च जोखिम बहन गर्नु पर्ने ।

८ उपयुक्त तालिम को अभाव । आदि

युवाहरुलाई कृषिमा आकर्षित गर्न के गर्नु पर्छ त ?

अहिलेको अवस्था मा कृषि कर्म मा लाग्नु भनेको आफ्नो भविष्यको लागि गलत निर्णय गर्नु बराबर हो । हाम्रो देशमा बिधमान  परिस्थितिमा ब्यबसायिक  कृषिमा लागेर सफल बनेको उधमी हरु अत्यन्तै कम छन् त्यो पनि ठुलो स्तरको लगानी बाट । मध्यम र निम्न स्तर को लगानीले सफलता प्राप्त गर्न सकेको देखिदैन त्यसैले देशमा उपलब्ध सक्रिय युवा बर्गलाई कसरि कृषि क्षेत्रमा आकर्षित गर्न सकिन्छ त, अन्य देशमा किसानलाई प्रदान गरिने सुबिधा हरु साथै अन्य निम्न सुविधाहरु जसले युवालाई आकर्षित गर्न सक्छ ।

. कृषिजन्य वस्तु उत्पादन को आवस्यक अध्ययन अनुसन्धान केन्द्रको स्थापना कम्तिमा एउटा स्थानीय निकाय मा एउटा । त्यो केन्द्रले केवल त्यहि निकायको लागि मात्रै काम गर्नेछ ।

. कृषिजन्य वस्तु उत्पादनको लागि आबश्यक पर्ने बिउ बिजन समयमा उपलब्ध गराउने ।

. परम्परागत कृषि लाई प्रविधि युक्त बनाउनु जरुरि छ त्यसैले कृषि प्रविधि अधिकतम अनुदान प्रदान गरि उपलब्ध गराउने ।

. कृषि ऋण सहज र सस्तो ब्याजमा उपलब्ध गराउने जसको लागि सहकारी परिचालन गर्ने हो भने जोखिम कम हुन्छ साथै ऋण को अवधि लामो राख्दा किसानलाई ठुलो भार पर्दैन ।

. कृषि जन्य वस्तु को उचित न्युनतम मूल्य राज्यले निर्धारण गर्ने र असामान्य परिस्थिति मा राज्य ले नै खरिद गर्ने ग्यारेन्टी गर्ने ।

. किसान तथा कृषिजन्य वस्तु को बिमाको सुनिश्चित गर्ने ।

. असामान्य परिस्थितिमा किसानले प्राप्त गर्ने न्युनतम क्षतिपूर्ति राज्यले ग्यारेन्टी गर्ने ।

. सामाजिक सुरक्षा कोषमा सहभागी गराई काम गर्न नसकेको आवस्था मा पेन्सन को ब्यबस्था गर्ने । आदि

माथि उल्लेखित सुबिधाहरुले केहि हदसम्म आकर्षित गर्न सक्छ ।

अन्त्यमा नेपालले अहिलेको अबस्थामा तुलनात्मक लाभको क्षेत्रमा लगानी बढाउने त्यो भनेको अर्गानिक कृषि,साहसिक पर्यटन, जल बिधुतकेहि सेवा क्षेत्र जसमा सम्पूर्ण नेपाली हरुको सहभागिता र अपनत्व होस् जुन २०५१ सालमा कम्युनिस्ट सरकारले गर्ने हरेक निर्णय, योजना, कार्यक्रम र त्यसको कार्यन्वयनमा थियो । त्यो क्षमता दक्षता र योग्यता अहिले को नेतृत्व मा पनि कमि छैन, मात्र दृढ इच्छा शक्ति र सिद्दान्त प्रति को अठोट प्रतिबद्ता बढोस शुभकामना ।

प्राप्त प्रतिकृयाहरू

To Top