​​​​​​​गलत समाचार सम्प्रेसन गर्ने एक जना पक्राउ 

समाज बैशाख ८ 2077 ekhabarnepal

सिरहा,बैशाख ८ 
सिरहामा सामाजिक संजालबाट अफबाह फैलाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 
 सिरहाको सुखीपुर नगरपालिका९ बस्ने बर्ष ३० को सुरेश कुमार कर्णलाई  सामाजिक संजाल मार्फत अफबाह फैलाउने झूटो समाचार सम्प्रेसन गरेको आरोपमा  ई.प्र.का. सुखिपुरपक्राउ परेका कर्णमाथि  आवश्यक अनुसन्धान  भईरहेको जिल्ला प्रहरी कार्यलय सिहाले जानकारी दिएको छ  ।
 सिरहा जिल्लाको एक जना युवकले कोरोना बारे जिल्लामा भ्रमपूर्ण अफवाह फैलाउदै गरेको पाइएको छ । जिल्लाको बन्दीपुर बजारमा बस्ने शुभम् यादव नामको युवकले कोरोना भाइरस बारे भ्रमपूर्ण कुरा सामाजिक सञ्जाल आफ्नो फेसबुकमा लेखेको छ ।यादवले सिरहाको लहान र कचनारीमा कोरोना भाइरस पोजिटिभ भेटिएको र सबैलाई सतर्क रहनु भनी अफवाह फैलाएका छन् ।
 सामाजिक सञ्जालमा यसरी सार्वजनिक भएपछि स्थानियहरु त्रास फैलिएको छ । तर सिरहाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले सिरहामा अहिले सम्म कोरोना भाइरस पुष्टी नभएको बताउनुभएको छ । उक्त भ्रमपूर्ण संदेश सामाजिक सञ्जालमा हालेको २४ घण्टा भन्दा बढी भएपनि शुभम् यादवलाई हालसम्म नियन्त्रणमा लिएको छैन । उक्त भ्रमपूर्ण संदेश सिरहा, धनुषा लगायतका क्षेत्रमा सेयर भइरहेको छ । 

प्राप्त प्रतिकृयाहरू

To Top