एक महिना लामो कोरोना चिन्तन

बिचार बैशाख ४ 2077 ekhabarnepal
49273733 10157010701817427 9154349545881075712 n

विष्णुप्रसाद गौतम
समुद्रमा नून पनि छ, मोती पनि छ, एउटा सिङ्गै संसार छ तर समुद्र भनेको पानी नै पानीको रास भनेर मानसपटलमा आएजसरी लकडाउन भनेको देशै ठप्प पार्ने भनेर सतही रूपमा मात्रै बुझ्ने परिपाटीमा पुनर्विचार गर्नुपर्ने हो किरु घामको धर्म तातो हुनु हो पानीको चिसो। घामलाई तातो भयो भनेर गुनासो गर्ने, पानीलाई चिसो भयो भनेर गुनासो गर्ने र सबैलाई सोलोडोलो हेर्नु कति विवेकपूर्ण हो ? 
कर्णाली हिजो पनि विकट रह्यो, आज पनि ठूलो भूगोल सडकबाट जोडिनै बाँकी छ। हिजो काठमाडौंको चस्माले त्यहाँको दृश्य कति देख्यो ? बाटोघाटोबाट विमुखहरू, शिक्षा र स्वास्थ्य सेवाबाट विमुखहरू पखालाको महामारी लागेर एकै खेपमा २०० जना मर्दा काठमाडौंलाई कति दुखेथ्यो ? जीवनको लक्ष्य नै “काठमाडौंमा घर” भएकाहरूलाई त दुखोस् पनि किन र ? उहाँहरूलाई दुख्ता पनि दुख्ने छैन। काठमाडौंकेन्द्रित हुनुलाई जीवनको सार लाग्नेहरूलाई त प्रदेश सरकार पनि बेकारका लाग्छन् तर कर्णालीमा पनि अब त प्रदेश सरकार छ। यो एउटा त्यस्तो बेला हो गरेर देखाउने। कुनै चीज समस्या, समस्या र समस्या मात्र हुँदैन जस्तो कसैले कर्णालीलाई ठानून् र कुनै चीज अवसर, अवसर र अवसर मात्र पनि हुँदैन जस्तो कसैकसैले अमेरिकालाई ठानून्। बाटोले नजोडेर एक्लाइएको हुम्ला र डोल्पामा यार्सागुम्बा टिप्न पनि लकडाउन लागू हुनुपर्ने ? आज हिजोको संचयले पुगेको छ तर यो लम्बिएर साँच्चिकै भोकमारी लागेपनि मानवचोला यसरी नै प्रणाली मानेर बसिरहलारु सादा दिमागले अहिलेका अर्बपति करोडपतिहरूको हैसियत भएका हामीहरूले आफूलाई प्रश्न गरौं। हालको परिस्थितिमा के उत्तर यस्तो नै आउने हो त, “भोलि लाखौं मानिसहरूले भोकमरीले तड्पिएर हामीले खडा गरेका नियम, कानुन, धर्म र विवेकका परिधिहरू तोडेर बाँच्ने लालसामा जहाँ जे छ त्यही भोग गर्ने दिशातिर लम्के भने लम्कियून् र हाम्रो सम्पतिमाथि हमला गरून् तर स्वास्थ्य भनेको स्वास्थ्य हो, पहिला बाँच्नको लागि लकडाउन गरौं”। तर दुनियाँको उत्तर त सायद, “होइन होइन बरू म मरेपनि हुन्छ, मेरो सम्पत्ति त कहाँ तहसनहस गर्न पाउनु ?” आखिर “हामी”हरूको यो सम्पत्ति मोहको पनि त अविचलित संरक्षण गर्नु नै छ ।
हिजो मकै छर्नको लागि मल बोक्न भनी गएको ट्याक्टरको चालकले मल बोक्ने कसुर गरेर भाटा खानुपरेको खबर सुनें। ननिको लाग्यो। भिड पनि गराउँथेन होला, भाटा खानुपर्ने अपराधै करार हुने कस्तो चलन होलारु कमिलाको संख्या मान्छेको भन्दा निकै धेरै छ क्यारे र तिनीहरू सबैले खाएको जोड्ने हो भने धेरै नै ठूलो परिमाण हुन्छ क्यारे तर कमिलाले यति खाए भनेर खासै हिसाबकिताब हुँदैन। त्यसरी अर्थतन्त्रमा ठूला खेलाडीहरूको निकै चर्चा परिचर्चा हुने गर्छ तर कमिला अर्थतन्त्र नै सही, के आम जनताको कुटीखेलो ठप्प भयो भने समस्या भयावह हुँदैन ? के ठूला खेलाडी सिर्जित अर्थतन्त्रले थेग्न सक्ने हो ? हालको विश्व अर्थतन्त्र कति पानीमाथि रहेछ भन्ने त कोरोनाले आँकलन गराउँदै छ। भोलिका दिनमा वैदेशिक रोजगारीका उपायहरू निश्चय नै संकुचित हुनेछन्। यसैपनि “भरोसा गाउँको” भन्दै धेरै गाउँ फर्केका छन्, फर्कँदै छन्। आखिर खेतबारीसित जोडिएर कमिला अर्थतन्त्रलाई गति दिन सक्ने जमातलाई ख्वाउन पाल्न पनि नसक्ने हो भने खेतबारीसित सकुशल जोडाइदिँदा बिग्रने चाहिँ के हो ? जतिसुकै पछौटे र तथाकथित विकसित देशको कपिपेष्ट गर्न र उनीहरूकै मानकको बन्ने गरी देश अब्बल रहेन भनिएपनि हाम्रो कृषि सभ्यता हाल विद्वान्हरूले दाताबाट प्राप्त गर्ने र अभिरूचिपूर्वक चर्चा गर्ने गायत्री मन्त्र “रेजिलिएन्स” को बेजोड नमुना हो। विश्वका मै हूँ भनिएकाहरूलाई आच्चु आच्चु पार्ने पिडाले पनि ठूलो उथलपुथल ल्याउन नसक्ने तहको हाम्रो देशको रेजिलिएन्समा यसको भूमिका छ। खरायोजस्तो आर्थिक दौड के का लागि जरूरी रहेछ ररु अनि फेरि कछुवाजस्तो आर्थिक दौड रोक्नु कति उपयुक्त छ तरु हामीले खरायोजस्तो आर्थिक दौड सही रहेनछ भन्ने विश्लेषण सुनेपछि आर्थिक दौड सही रहेनछ भन्ने मनन गर्छौं जबकि “खरायोजस्तो” भन्ने विशेषणलाई गलत भनेको हो, “आर्थिक दौड” भन्ने संज्ञालाई होइन भनेर खासै विचार गर्दैनौं ९र ठ्याक्कै यही तर्कमा मेरो यो लेख पढेपछि मलाई लकडाउन गर्नु गलत हो भनी लेखेछ भन्नेछौं, लकडाउनको कुन पाटो गलत भन्न खोज्यो भन्ने छैनौं। 
यतिबेला त कहाँकहाँ यार्सागुम्बाजस्ता गाडधन छन् भनी चिन्तन पो गर्नुपर्ने होला नि ? भकारी रित्तदोँ छ रित्ती नै हालेपछि के गर्ने भन्ने सोच्ने होला नि ? त्यतातिर अलि गम्भीर भएर लाग्ने होला कि ? संक्रमण भित्रेको १ महिना हुँदा पनि कोही नमर्ने र सिकिस्त पनि नहुने तर संभावित हाउगुजी जोखिमले लुक्दैगर्दा कर्णालीमा २०० जना मर्ने पखाला चल्यो भने वर्षामा चार पाँच शयजना नै बगाउने बाढीपहिरो आउँदा अहिले तयारी गर्न नपाएको कारण भन्ने भयो भनेरु जोखिमविहीन त जीवन हुँदैन तर आशन्न जोखिमको भार बढी भयो भने मानिसले संभावित जोखिमप्रति प्रयाप्त सचेतता अपनाउन सक्तैन।दुई छाक खान राम्रै पुगेको मान्छेले घरको ओछ्यानमा बसेर उत्तरआधुनिक प्रविधिले पस्केको दृश्य हेर्दै प्रहरीले ठोकेको देखेर “बाहिर निस्कने सबै गलत हुन्, अझै ठोक्नुपर्ने” भन्ने भाव निकालीरहेको बेला जीवनका जोखिमहरूबारेका तुलनात्मक दृष्टिकोण महसुस गर्न एकपटक आफूलाई महाकालीमा हेलिएर आउँदै गरेको व्यक्ति पनि ठान्ने हो कि वा ३ दिनकी सुत्केरीले सयौं किलोमिटर हिँड्दाको पिडा महसुस गर्न खोज्ने हो कि वा ूपास भन्ने के चीज हो वा सूचना भनेकै के होू भन्ने तहको जनचेतना पनि हुन्छ है भन्ने वोध गर्ने हो कि ? 
लकडाउन गलत हो भन्नु यो आलेखको सार होइन तर आफ्नो परिवेशलाई विश्लेषण गरौं, आफ्नै आँखाले हेरौं न कि कतैको सल्लाह, देखावटी वा जोखिमविहीन निरन्तरता। आफ्ना मौलिक अवस्था र आवश्यकतालाई केलाऔं नकि अरूले के गरे ? हाम्रा विशिष्ट अवसर र संभावनालाई पनि नियालौं नकि ती संभावना हुँदै नभएकाले गरेनन् कपि गर्नै मिलेन भनौं। “वन जोगाऔं स्वस्थ रहौं” भन्ने तर इरानजस्तो ६(७५ वनक्षेत्र भएको देश र हाम्रोजस्तो ५०५ वनक्षेत्र भएको देशबीच के फरक छ भनेर नखोज्ने हो भने वन जोगाऔं भन्ने भनाइ रूढिवादजस्तो जपाइ पो हुने हो किरु कृषिप्रधान देश भन्ने गरिएकोमा स्वावलम्बी अर्थतन्त्र निर्माण गर्ने अभूतपूर्व अवसर पो आएको हो किरु बाह्य नाका कडा पारेर आन्तरिक जीवनलाई खुकुलो पार्ने हो कि ? एक महिनाको अनुभवपछि अब जनताले नै पर्याप्त सचेतता अपनाउने हुँदा फरक परिपाटी परिकल्पना गर्ने हो कि ? जे भयो ठिक भयो भन्ने गीतासार नै छ, आजसम्म राम्रो भयो। अबको बाटो के हुने भन्ने पुनर्मूल्याङ्कन गर्ने होला कि ?

(लेखक प्रदेश ५ को योजना आयोगका सदस्य हुनुहुन्छ)

 

प्राप्त प्रतिकृयाहरू

To Top