लकडाउनमा नेकपा महासचिव ःमैले त साँझ परेको थाहै पाउँदिन

बिचार बैशाख ४ 2077 ekhabarnepal
Images

नेकपाका महासचिव विष्णुप्रसाद पौडेल                                                                                                                                                                                                                                                                                       डी.आर.घिमिरे
लकडाउनले सवै तह, क्षेत्र र पेशााका मान्छेलाई वेरोजगार वनाएको छ । आजभोलि धेरै मान्छेले पस्तक पढ्ने, लेख्ने, कृषि कर्मका गफ गर्ने, करेसावारीमा तरकारी खेती गर्ने, विभिन्न प्रकारका सिनेमा हेर्नेजस्ता काम गर्दैछन् । आज विहान काठमाण्डौवाट महेश काफ्लेले फोन गर्नुभएको थियो । उहाँलाई सोधें, के गर्दै हुनुहुन्छ भनेर ? महाभारत हेरेर केही समय कटाएको छु भन्नुभयो । हिजो अस्ति हो मेरो एकजना भाइले पनि यस्तै कुरा गर्दै थिए । महाभारत आफैमा राजनीति हो । यसले धेरै कुरा सिकाउँछ पनि । त्यसैले यो समयमा महाभारत हेर्नु स्वभाविकनै छ ।
यसपछि नेकपाका महासचिव विष्णुप्रसाद पौडेललाई फोन गरें । लामो समय भएको थियो, कुनै वातचित नभएको । पार्टीको महासचिव र यस क्षेत्रको जनप्रतिनिधि हुनुको कारणले उहाँको दैनिकी यस क्षेत्रका मतदातालाई पनि रुचिकर हुन सक्थ्यो । अहिले सरकारका ब्यक्तिहरु जति ब्यस्त छन् अरु सवैजना खाली छन् जस्तो लाग्छ मलाई । यसवाट उहाँ पनि अपवाद हुने कुरा भएन । यो मेरो अनुमान हो । 
एक दुइ पटक महासचिव पौडेललाई भेट्नका लागि म पनि समय मिलाएर घरमै गएको छु । उहाँलाई भन्दा पहिला स्वकीय सचिव यम पाण्डेलाई फोन गरेपछि ढुक्कसंग भेट्ने गरेको एउटा समय थियो । यद्यपि सोझै पनि फोन नगरेको चाँही हैन । तर, एक आध पटक त्यहाँ देखिएको दृश्यले सोझै फोन गर्ने आँट पनि आउँदैनथ्यो । जतिवेला पनि जुलुस हुन्थ्यो घरमा । एकपछि अर्को लाइनमा हुन्थे । मैले अनुमान गर्थे कि मेरो एक कल फोनको समयमा अरु कसैले भेटिसक्छ भने किन डिष्टर्व गर्नु ? त्यसैले यमजीमार्फत् समय मिलाएपछि थोरै भएपनि समयको ब्यवस्थापनमा सहयोग पुगे होला भनेर आफै मख्ख पर्थें म पनि । आफै यस अर्थमा कि यो कुराको अनुभूति उहाँहरुलाई हुने कुरा भएन । हुँदैनथ्यो । 
लकडाउनको समय छ । तीनै तहका सरकारमा रहेकावाहेक अरु सवैजना फुर्सदिलो भएको वेला हो । सरकारमा रहेकामध्ये पनि दुइ चार जना वढी ब्यस्त भएको देखिन्छ । अरुको त खासै चर्चा पनि सुनिदैन । त्यसैले सोझै हटलाइनमा फोन गरें । एकछिन उठेन । सोंचे ब्यस्त भएरै होला । धेरै मान्छेहरु भन्छन् र मैले पनि अनुभव गरेको कुरा विष्णु पौडेलसंग विरलै नेताहरुमा हुने त्यस्तो गुण छ जो अरुसंग हुँदैन । अर्थात् कारणवस फोन उठाउन सकिएन भने फुर्सद हुँदासाथ आफै फोन गर्ने ।  म पनि त्यही अपेक्षामा थिएँ । नभन्दै केही मिनेट पछि फोन आयो । 
मेरो पहिलो प्रश्न समय कसरी वितेको छ भन्ने थियो । प्रश्न भुइमा झर्न नपाउँदै उहाँले भन्नुभयो—विहान उठेदेखि काममा ब्यस्तै हुन्छु । अरुले समय वितेन भन्छन् तर मैले त साँझ परेको थाहै पाउँदिन । धेरैलाई यस कुरामा विश्वास नलग्न सक्छ तर, म आफैले पनि त्यस्तै महसूस गर्ने भएकोले विश्वास नगर्ने कुरै भएन । जवकि मैले गर्ने भनेको दैनिक एउटा आलेख तयार गर्ने र केही समाचारहरु लेख्ने, अनलाइनमा पोष्ट गर्ने, समाचारको विलेषण गर्ने, दुइचार जना साथीभाइहरुसंग कुरा गर्ने वस यतिनै हो भन्दा हुन्छ ।
यसवाट वुझिन्थ्यो उहाँले आन्तरिक काम खासगरि वक्यौता काम गर्नुहुन्छ होला । कुरा गर्दै जाँदा थाहा लाग्यो—खासगरि पुराना दस्तावेजलाई ब्यवस्थापन गर्ने, केही दस्तावेजहरुको अध्ययन गर्ने, पार्टीका मातहत निकायसंग सम्पर्क समन्वय गर्ने, आवश्यकता अनुसार निर्देशन दिने कामनै अहिलेका मुख्य काम रहेछन् ।
सामान्यतः सवै नागरिकहरुमा अहिले हल्का फुल्का कशरत गर्ने प्रचलन वढेको छ । किनकि म जहाँ वस्छु त्याहाँ पनि यो क्रम वढेको छ । म आफैले पनि त्यो गर्छु । मानसिक रुपमा सक्रिय भएपनि शारीरिक सक्रियता अहिले धेरै मानिसमा अत्यन्तै कम छ । पार्टी नेतृत्वमा रहनेहरु पनि अपवाद हुने कुरा भएन । ५०÷६० वर्ष उमेर पुगेका ब्यक्तिलाई त यो अनिवार्यनै हुन्छ । आजभोलि हरेक डाक्टरले हरेक विरामीलाई दिने पहिलो सुझावनै यही हुन्छ जस्तो लाग्छ मलाई । सुगर, ब्लड प्रेसरजस्ता रोग नभएका प्रायः कोही हुँदैनन् । यो नियम हरेकमा लागु हुन्छ र विष्णु पौडेलमा पनि लागु हुन्छ  ।
विहान उठेर गरिने नित्यकर्मभित्र यी सवै गतिविधिहरु पर्छन् । त्यसैले त उहाँले पनि त्यस्तै गर्नुहुने रहेछ ।
आजभोलि धेरैले लेखपढ गरेको भन्न रुचाउँछन् । अर्थात् यो पनि एउटा थेगो भएको छ । यो गरेरै भन्छन् होला । तर, विष्णु पौडेलले भने लेखेको भन्नुभएन । वरु केही दस्तावेजजन्य पुस्तकहरु पढेको वताउनुभयो । पार्टीको महासचिव भएर होला उहाँले पार्टीसंग सम्वन्धित विषयका पुस्तकनै पढ्ने गरेको वताउनुभयो ।
नेपाली कम्युष्टि आन्दोलनको इतिहाससम्वन्धी पुस्तक, विभिन्न समयमा भएका वैचारिक वहस र विवाद, पार्टीहरु टुटफुट हुँदा तिनमा विचारको भूमिका, नेतृत्वको भूमिकाजस्ता विषय केन्द्रीत पुस्तकहरु पढेको छु, उहाँको भनाई छ । अहिले पनि पार्टी यस्तै किसिमका विवादवाटै अघि वढेकोले पहिला र अहिलेका सन्दर्भ केलाउने काम गर्नुभएको अनुभूति हुन्छ उहाँका कुरा सुन्दा । पढेर विवेचना गर्ने अनि नोट वनाउने काम गर्छु, उहाँको भनाई छ । महाभारतको सिरियल पनि पौडेलले हेर्नुहुन्छ ।
पार्टी महासचिव भएपनि विगतमा जस्तो फोनहरु आउँदैनन् होला भन्ने मेरो अनुमान थियो, शायद अरुको पनि यस्तै अनुमान हुन्छ होला । पार्टीका गतिविधि यतिवेला निष्क्रिय छन् । सरकारमा नभएपछि प्रायः सरकारी फोन पनि आउँदैनन् होला भन्ने मेरो स्वभाविक अनुमान हो । तर, यस्को विपरित फोनहरु ब्यापकनै आउने रहेछन् ।
खासगरि पार्टीले विशेष परिपत्र जारी गरेको सन्दर्भमा त्यसको कार्यान्वयन कसरी भएको छ भन्नेवारे जानकारी लिनु, फलोअप गर्नु, निर्देशन दिनुजस्ता काम दैनन्दिन चलिरहेका रहेछन् । कोरोना रोकथामवारे सरकारले चालेका कदमलाई सहयोग पुर्याउनु, जनप्रतिनिधि र कार्यकर्तालाई समन्वय गर्नु, परिचालन गर्नुजस्ता काम पनि यतिवेला भइरहेका छन् ।
महासचिवको हैसियतले पार्टी कार्यकर्तालाई के निर्देशन दिनुभएको छ ? अथवा कार्यकर्ताले स्वःस्फूर्त रुपमा के गरिदिए हुन्थ्योजस्तो लाग्छ भन्ने मेरो जिज्ञासा थियो । यसमा उहाँले मुख्यतः तीनवटा कुरा राख्नुभयो । ती हुन्—सरकारको आह्वानलाई अक्षरसः पालना गर्ने । सामाजिक सचेतनाको पाटोलाई अघि वढाउने तथा स्थानीय तह र सरकारी निकायका विच समन्वय गरि क्वारेन्टाइन, आइसोलेशन र कन्ट्रयक्ट ट्रेसिङ्गजस्ता कामलाई सहयोग गरि जिम्मेवारीपूर्वक अघि वढाउने । 
यसको अर्थ पार्टी र सरकार दुवैले कोरोना नियन्त्रणका लागि वहु केन्द्र हैन एउटै केन्द्र वनाएर जान आवश्यक रहेछ भन्ने वुझ्न सकिन्छ ।
कोरोनाको महामारीवारे महासचिव पौडेल सचेत् हुँदा हुँदै पनि अहिलेसम्मको अवस्थाले नियन्त्रण वाहिर छैन भन्ने निष्कर्षमा पुग्नु भएको छ । मैले कुरा गरिरहँदा आज विहान ९ वज्दै थियो । त्यतिन्जेल १६ जना संक्रमित थिए । यी मध्ये १५ जना संक्रमित वाहिरवाटै आएका ब्यक्ति हुनु र संक्रमितमध्ये पनि सवैको स्वास्थ्य अवस्था सामान्य हुनुले उहाँको निष्कर्ष तथ्यको नजिकै देखिन्छ । हुन पनि आजसम्म एकजना पनि मानवीय क्षति भएको छैन । यो सरकारको सफलता त हुँदै हो,नेपालको परम्परा, सस्कृति र सभ्यताले पनि काम गरेको छ । जसकावारेमा मैले चैत्र १७ गतेनै एउटा लामो विवेचना गरेको छु ।
अहिले धेरै अनुसन्धानकर्ताहरु पनि अन्यौलमा परेका होलान् । छिमेकी मुलुक भारतमै पनि  कोरोना संक्रमण वढ्दै गइरहेको छ । मृत्यु हुनेहरुको संख्या पनि वढ्दै गएको छ । तर, नेपालमा संक्रमितको स्वास्थ्य पनि नराम्रो नहुनु,, रुघा, ज्वरो, काँसो आउनुलाई त हामीेले सामान्यनै मानेका छौं । के यही अवस्थामा रहने हो त ? मैले सुनेसम्म यसवारेमा केहीले अनुसन्धान शुरु गरेका छन् । यो रिपोर्ट छिटै आयो भने विश्व समुदायलेनै यसवाट केही फाइदा लिन्छ कि ? अथवा नेपालले गरेको अभ्यासलाई वैश्वीकरण गर्न सकिन्छ कि ? आशा गरौं, यो पृथ्वीमा वस्ने मानव जातिलाइनै केही सन्देश दिन सकियोस् । 
यसको अर्थ कोरोनालाई हामीले जितिसक्यौं भन्ने हैन । महासचिवको भाषामा भन्दा उपचारको लागि विज्ञानले कुनै भ्याक्सिन पत्ता नलगाएसम्म वा विज्ञानको सहयोगमा यसलाई परास्त नगरेसम्म विश्वस्तरमै यो समस्या यथावत् रहनेछ र आवश्यक सजगता अपनाउनुपर्नेछ ।
अव के गर्नेत ?
महासचिवको सुझाव छ —सरकारले भनेजस्तै विस्तारै अलग अलग ठाउँमा सुरक्षित तवरले खुल्ला हुँदै जानेछ । स्थानीय तवरमा कृषि कर्मलाई खुल्ला गर्न सकिनेछ । कतिपय राष्ट्रिय गौरवका अथवा स—साना आयोजना पनि सुरक्षित तवरले सञ्चालन गर्न सकिनेछ । परिक्षणलाई द्रुत गतिमा लग्दासाथ एक खालको मनोविज्ञान वनिसक्नेछ र आत्मविश्वास जाग्ने छ । हो यस्तै कामहरु अवका दिनमा हुँदै जानेछन् । 
 यति वेला पार्टी कार्यकर्ताहरु कुनै न कुनै रुपमा उत्पादनमा सहभागी होउन् । अहिले तत्कालै कुनै काममा लाग्न सकिन्न भनेपनि योजना वनाउन लागुन् । हाम्रो अभ्यास टेवलमा भन्दा मैदानमा गर्ने प्रचलन छ । तर, अव टेवलको गृहकार्य आवश्यक छ । त्यसैले कोरोना पछि गर्ने कामको योजना वनाउन सकुन् । मान्छे मान्छेका विच सामाजिक दूरी राखेर वा प्रविधिको प्रयोग गरेर आफूले गर्ने कामको योजना वनाउन सकुन् । नयाँ पुस्ता प्रविधिमा अब्बल छ । त्यसैले प्रविधिको अधिकतम प्रयोग गरेर के गर्न सकिन्छ भन्नेवारेमा ज्ञान, अनुभव र सिपलाई हस्तान्तरण गर्ने योजना वनाउन् । जव कोरोना सकिन्छ त्यतिवेला एक दिन पनि अलमल नगरि चौतर्फी काम स्वस्फूर्त रुपमा गर्न सकियोस् । त्यसको तयारी सवै कार्यकर्ताले गरुन् । यहीनै मेरो सुझाव र सल्लाह छ  ।


 

प्राप्त प्रतिकृयाहरू

To Top