वैशाख १५ सम्म लकडाउन

राजनीति बैशाख २ 2077 ekhabarnepal
2

काठमाडौं, बैशाख २
सरकारले देशव्यापी लकडाउन अवधि वैशाख १५ गतेसम्मका लागि थप गरेको छ।
मंगलबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन १२ दिन थप्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।

देशका विभिन्न ठाउँमा कोरोना (कोभिड-१९) बाट संक्रमितको संख्या बढिरहेका बेला लकडाउन अवधि थप गरिएको छ।

यसअघि सरकारले चैत ११ गते एक हप्ताका लागि भनेर लकडाउन गरेको थियो। पछि उक्त अवधि बढाएर चैत २५ हुँदै वैशाख ३ गतेसम्म पुर्‍याइएको थियो।

 यसपाली एकैपटक दुई हप्ताका लागि थप गरेकाे छ।

प्राप्त प्रतिकृयाहरू

To Top