भारतले वैशाख २१ गतेसम्म लम्ब्यायो लकडाउन 

समाज बैशाख २ 2077 ekhabarnepal
1

काठमाडौं, बैशाख २

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार बिहान राष्ट्रका नाममा सम्बोधन गर्दै आगामी मे ३ तारिख अर्थात् वैशाख २१ गतेसम्म लकडाउन लम्ब्याइएको घोषणा गरेका हुन्।

सबै पक्षसँगको छलफलपछि लकडाउन तीन साता बढाउने निर्णय गरिएको मोदीले बताएका छन्।

पहिलेभन्दा अझ बढी सतर्कता अपनाउन भारतीय प्रधानमन्त्री माेदीले आम नागरिकलाई आग्रह गरेका छन्। अबकाे लकडाउन अझ कठोर बनाइने उनले बताएका छन्।

प्राप्त प्रतिकृयाहरू

To Top