कैलालीकी ६५ वर्षीय महिलामा कोरोना संक्रमण, संक्रमित १३ पुगे

समाज बैशाख १ 2077 ekhabarnepal
Download

  

काठमाडौं, बैशाख १
कैलाली लम्की-चुहाकी एक ६५ वर्षीय महिलामा कोरोना संक्रमण भएको परीक्षणमा पुष्टि भएको छ।

‘६५ वर्षीय एक महिलामा संक्रमण पुष्टि भएको जानकारी आइसकेको छ,’ एक डाक्टरले बताए। 

लम्की बहुमुखी क्याम्पसको क्वारेन्टिनमा राखिएकी ती महिलामा संक्रमण देखिएको हो।

साे क्वारेन्टिनमा भारतलगायत बिभिन्न ठाउँबाट आएका ५२ जना छन्। अहिले सक्रमितलाइ सेती प्रादेशिक अस्पताल लगिएको छ ।

उनले संक्रमितको संख्यामा एक जना वृद्धि भएको बताए।

योसँगै नेपालमा संक्रमितको संख्या १३ पुगेको छ।

आइतबार वीरगञ्जमा ३ जनालाई कोरोना संक्रमण देखिएपछि देशभर संक्रमितको संख्या १२ पुगेको थियो।

पहिलेदेखि नै धनगढीमा ४ जना तथा बाग्लुङ र काठमाडौंमा २–२ जना उपचाररत छन् भने एक जना संक्रमित निको भइसकेका छन्।

प्राप्त प्रतिकृयाहरू

To Top