उपभोक्ताका पिता नर्वु लामाको निधन

समाज बैशाख १ 2077 ekhabarnepal
Narbu lama


बुटवल, बैसाख १
नेपालको उपभोक्ता आन्दोलनमा जीवनपर्यन्त लाग्नुभएका नर्वु लामाको आज विहान निधन भएको छ । 

उपभोक्ता हित संरक्षण मञ्च रुपन्देहीका संस्थापक अध्यक्ष, पूर्व केन्द्रीय सचिव करिव ६ महिना यता विरामी हुनुहुन्थ्यो । उहाँको लिभरमा क्यान्सर देखिएपछि घरमै आराम गरेर वस्नुभएको थियो । यस अघि केही समयसम्म उहाँलाई बुटवलको गौतम बुद्ध सामुदायिक मुटु अस्पतालमा राखिएको थियो । उपभोक्ता हित संरक्षण मन्च रुपन्देहीको अनुरोधमा करिव १५ दिन अस्पताल राखिएपनि तत्पश्चात् घरमै राखिएको थियो ।

लामालाई उपभोक्ता हित संरक्षण मञ्च प्रदेश नं ५ ले गत माघ ५ गते “उपभोक्ताका पिता father of consumer " को उपाधी सहित सम्मान गरिएको थियो । बुटवलमा अंग्रेजी माध्यमको निजी स्कूल सञ्चालन गर्नेदेखि कला क्षेत्रमा असाधारण योगदान गर्नुहुने लामा उपभोक्ता आन्दोलनको निरन्तर पैरवी गर्ने अविश्रान्त अभियान्ता हुनुहुन्थ्यो ।
उहाँले तयार गरेका कलात्मक चित्र विभिन्न देशविदेशमा पुगेका छन् । खासगरि वौद्य परम्परालाई चित्रमा उतार्ने विरलै ब्यक्तिमा पर्नुहुन्छ लामा । 

उहाँ केही समय मेचीकाली दैनिकको ब्यवस्थापक भएर जिम्मेवारी वहन गर्नुभएको थियो । कमजोर आर्थिक अवस्थाका कारण पछिल्ला दिनमा बुटवलका संघसस्था र ब्यक्तिलेसमेत सहयोग उपलब्ध गराउँदै आएका थिए ।
लामाले उपभोक्ता अधिकारका विषयमा निरन्तर कलम चलाउनुहुन्थ्यो । 
लामाको निधनले उपभोक्ता आन्दोलनमा अपूरणीय क्षति पुगेको महसूस उहाँसंग लामोसमयदेखि सहकार्य गर्दै आउनुभएका तेजकुमार पाठक, डी.आर.घिमिरे र ऋषि आजादले गर्नुभएको छ । इमान र निष्ठामा लामालाई कहिल्यै कसैले चुकाउन सकेन, उहाँहरुको अनुभव छ । 
 

प्राप्त प्रतिकृयाहरू

To Top