अमेरिकाद्वारा कोरोनाविरुद्ध औषधि पत्ता लागेको दाबी

समाज चैत्र २८ २०७६ ekhabarnepal
Trump3

काठमाडौं, चैत २८
संयुक्त राज्य अमेरिकाले कोरोना भाइरस संक्रमणविरुद्ध प्रभावकारी औषधि पत्ता लागेको दाबी गरेको छ।

ह्वाइट हाउस कोरोना टास्क फोर्सको बिहीबारको नियमित ब्रिफिङ्गको क्रममा राष्ट्रपति ट्रम्पले औषधि उत्पादक कम्पनी फाइजरले कोरोना भाइरसको संक्रमण पुनः फैलिन नदिनका लागि अति उपयुक्त तथा प्रभावकारी हुने औषधि उत्पादन गरेको बताएका हुन् ।

औषधि उत्पादक कम्पनी फाइजरले कोरोना भाइरसको संक्रमण पुनः फैलिन नदिन अति उपयुक्त तथा प्रभावकारी औषधि उत्पादन गरेको ट्रम्पकाे दाबी छ। 
त्यसको मानवीय परीक्षण चाँडै सुरु हुने पनि उनले जानकारी दिएका छन्।

ट्रम्पले कोरोना भाइरसको उपचारमा मलेरियाविरुद्धको औषधि हाइड्रोक्सिक्लोरोक्वीन पनि प्रभावकारी हुने बताउँदै आएका छन् ।
वैज्ञानिकले त्यसको प्रभावकारिता पुष्टि नगरे पनि ट्रम्पले भने त्यसको प्रयोगमा जोड दिँदै आएका छन् र अमेरिका सरकारले ठूलो मात्रामा सो औषधि भण्डारण गर्न थालेको पनि छ ।

कारोना भाइरसविरुद्ध औषधि तथा खोप पत्ता लगाउन अहिले विश्वभरका वैज्ञानिक प्रयासरत छन्। तर अहिलेसम्म यसको खास औषधि पत्ता लाग्न सकेको छैन।

यसैबिच ट्रम्पले अमेरिकामा अहिलेसम्म २० लाख भन्दा बढीमा कोरोना भाइरस रहे नरहेको थाहा पाउन परीक्षण गरिएको दाबी गरेका छन् ।

तर उनको यो दाबी वास्तविक संख्या भन्दा कम रहेको हुन सक्ने बताइन्छ । यस्तै धेरैले अझै पनि परीक्षण गर्न नपाएको बताउने गरेका छन् ।


अहिले विश्वमै सबैभन्दा बढी काेराेना संक्रमण पनि अमेरिकामै भइरहेकाे छ। त्यहाँ अहिलेसम्म यसबाट मृत्यु हुनेकाे संख्या १६ हजार ६ सय ९१ पुगिसकेकाे वर्ल्डओमिटरले शुक्रबार बिहान जनाएकाे छ। यस्तै अमेरिकामा काेराेना संक्रमितको संख्या ४ लाख ६४ हजार ५ सय ६६ पुगिसकेकाे छ।  

प्राप्त प्रतिकृयाहरू

To Top