कोरोना आशंकामा एकजना आइसुलेसनमा 

समाज चैत्र २३ २०७६ ekhabarnepal

कपिलवस्तु,चैत,२३
 कोरोना भाइरस संक्रमणको लक्षण देखिएपछि सदरमुकाम तौलिहवास्थित कपिलवस्तु अस्पतालमा आइतबार एक बिरामीलाई आइसोलेसनमा राखिएको छ । विजयनगर गाउँपालिकावडा २ का ३० वर्षीय युवामा ज्वरो र खोकी आउने तथा छाती दुख्ने लक्षण देखिए पछि कपिलवस्तु अस्पतालको आइसुलेसन वार्डमा राखेर उपचार सुरु गरिएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्टडा. किशोर बन्जाडेले बताए ।

बिरामीको स्वाब परीक्षणका लागि आइइतवार नमूना संकलन गरी बुटवल पठाइने अस्पतालले जनाएको छ । कोरोनाको संक्रमणको आशंकामा आइसुलेसन वार्डमा राखी उपचार सुरु गरिएको यो पहिलो केश हो । कपिलवस्तु अस्पतालमा ८ आइसुलेसन वार्डमा ८ वटा वेड तयारी अवस्थामा राखिएको छ । 

जिल्लाका १० वटा स्थानीय तहले विभिन्न स्थानमा क्वारेन्टिनका लागि ९ सय ७२ वटा वेडहरु तयार गरेका छन् । जस मध्ये ६ सय ८८ जनालाई क्वारेन्टिनमा राखिएको छ भने ६०जनाक्वारेन्टिनबाट डिस्चार्ज भई घर फर्किसकेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत मनोज शैनीले बताए । 

प्राप्त प्रतिकृयाहरू

To Top