बाग्लुङ संक्रमितको सम्पर्कमा रहेका १४ जनामा संक्रमण पाइएन

समाज चैत्र २३ २०७६ ekhabarnepal
5e895fb5e5923 baglung contact tracing

पोखरा, चैत २३ गते । गण्डकी प्रदेशको बागलुङमा दुई जना कोरोना भाइरस कोभिड १९ का संक्रमित भेटिएपछि गरिएको कन्ट्रयाक ट्रेसिङ गरी पठाइएको १४ जनाको स्वाब परीक्षमा सबैमा संक्रमण नभएको पाइएको छ । संक्रमित व्यक्तिबाट थप संक्रमण फैलिन नदिन संक्रमित व्यक्तिको सम्पर्कमा रहेकाको स्वाब परीक्षण गरिएकाे र त्यसमा सबैको रिपोर्ट नेगेटिभ आएको हो ।
चैत ४ गते कतार एयरवेजको विमानबाट बेल्जियमबाट आएकी एक युवती र एक महिलालाई कोरोना भाइरस संक्रमणको पुष्टि भएपछि उनीहरुसँगको सम्पर्कमा रहेका व्यक्तिहको स्वाब परीक्षण गरिएको थियो । बागलुङ नगरपालिका वडा नं. ४ कुडुलेकी युवतीको घर परिवार र सम्पर्कमा आएका १० जनाको स्वाब काठमाडौं पठाइएको र बागलुङ नगरपालिका वडा नं. ३ गौडाकोटकी महिलाको परिवारका चार जनाको स्वाब गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयकाे ल्याबमा नयाँ जडित मेसिनबाट परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशन बिनोदविन्दु शर्माले बताउनुभयो ।

उहाँले गण्डकी प्रदेशमा अहिले दुईबटा स्वाब परीक्षण मेसिन रहेको र प्राप्त नमूनाहरू दुईवटा मेसिनमा दोहो¥याएर परीक्षण गर्दा पनि दुबैमा नेगेटिभ आएको उहाँले बताउनुभयो । 
 कोरोना भाइरस संक्रमित दुवैजना बेल्जियमबाट कतार हुँदै काठमाडौ, काठमाडौंबाट पोखरा र पोखराबाट बागलुङसम्म एकसाथ आएका थिए । उनीहरुलाई लिएका काठमाडौंबाट बागलुङसम्म आएका एक पुरुषको रिपोर्टपनि नेगेटिभ आएको थियो ।
बागलुङमा दुई जनामा कोरोना भाइरसको संक्रमण देखिएको र उनीहरुलाई धौलागिरि अञ्चल अस्पताल बागलुङमा राखेर उपचार गर्नुपर्ने भएकाले त्यसका लागि आवश्यक भेन्टिलेटर तथा आवश्यक अन्य सामग्रीहरु पठाइएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । 
 

प्राप्त प्रतिकृयाहरू

To Top