तीन जिल्लामा परीक्षणलाई तीव्रता दिने 

समाज चैत्र २३ २०७६ ekhabarnepal
Caabinet

प्रदेश, जिल्ला र स्थानीय तहबीचको आवतजावतमा कडाइ गरिने


काठमाडाैं, चैत २२


सरकारले कैलाली, कञ्चनपुर र बाग्लुङमा कोरोनाभाइरस (कोभिड-१९) को परीक्षण गर्न र्‍यापिड टेस्टिङ किट प्रयोग गर्ने भएको छ। शनिबार बसेको मन्त्रिपरिषद बैठकले यी तीन जिल्लामा परीक्षणलाई तीव्रता दिने निर्णय गरेको हो।

सरकारका प्रवक्ता एवम् अर्थमन्त्री युवराज खतिवडाले यी जिल्ला देखिएको संक्रमण अरूमा नफैलियोस् भनेर सरकारले परीक्षणको गति बढाउन खोजेको बताए।

र्‍यापिड टेस्टिङ किटबाट परीक्षण गर्दा पोजेटिभ आएका नतिजालाई फेरि 'क्रसचेक'का लागि पिसिआर जाँच गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ल्याइने पनि उनले जानकारी दिए। 

सरकारले गत साता चीनबाट अरू स्वास्थ्य सामग्री ल्याउँदा र्‍यापिड टेस्टिङ किट पनि ल्याएको छ। यो किटले परीक्षणको नतिजा १५ मिनेटमै दिन सक्छ। तर विश्व स्वास्थ्य संगठनले यो किटलाई मान्यता दिएको छैन।

विज्ञहरूले समेत यस्ता किटले दिने नतिजा धेरै नमिल्ने गरेको भन्दै यसको प्रयोग गर्न निरुत्साहित गरिरहेका छन्। सरकारले भने यो चीन सरकारले प्रमाणित गरेको कम्पनीबाट ल्याइएको जनाएको छ।

यसको चौतर्फी ओलोचना भएपछि सरकारले यसको प्राविधिक जाँच भएपछि मात्र प्रयोगमा ल्याइने बताएको थियो।
 
 अब एक प्रदेशबाट अर्को प्रदेश तथा एक स्थानीय तहबाट अर्को स्थानीय तह र एक जिल्लाबाट अर्को जिल्लामा हुने आवतजावतमा कडाइ गरीने भएको छ ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता डा.युवराज खतिवडाले बताउनुभयो ।
 

प्राप्त प्रतिकृयाहरू

To Top