काेराेना अनुभूति !   

बिचार चैत्र २० २०७६ ekhabarnepal
78316560 882352425500410 9159382513112580096 o

 - देवेन्द्र घिमिरे
   सन २०१९ काे डिसेम्बरबाट देखिएकाे काेराेना भाइरस दावानल बनेर अाज २अप्रेल २०२० सम्म अाइपुग्दा यसले अाफ्नाे उग्र रूप धारण गरेकाे छ । हामी संसार भरीका मानिसहरू यसका बिरूद्ध माेर्चामा अावद्ध छाैं । यसकाे किटानी अाैषधी खाेजीकाे  दाैरानमै छ । हामी रक्षात्मक माेर्चामा जुधीरहेका छाैं । हामी भागेर पार पाउने अवस्थामा छैनाै । त्यसैले छुट्टाछुट्टै लकडाउन युद्धमा छाैं । अग्रपङ्तिमा हाम्रा स्वास्थ्य र सुरक्षाकर्मी खट्नु भएकाे छ । संसार भरीका   व्यवस्थापकीय कामका जिम्मेवारहरूले यसकाे नेतृत्व सम्हालेकाछन् । उनीहरूकाे निर्देशमा हामी घर घरमा माेर्चा कसेका छाैं । अहिले हामी एउटै साझा शत्रुका बिरूद्धकाे मानव जातिकाे महा अभियानमा मन वचन कर्मले अावद्ध छाैं ।       
अाज २०७६ चैत २० गते काेराेनाका बिरूद्ध नेपालले लकडाउन गरेकाे १० अाैं दिन बिहान नयाँ समाचारले बिश्वभरी काेराेनाबाट संक्रमित ९ लाख ३५ हजार ४ सय ३१जना, कूल मृतक ४७ हजार १ सय ९४जना, सबभन्दा बढी मृत्यु भएका १३ हजार १ सय इटालीमा ,  अमेरिकामा ५ हजार १ सय २ जना मृतक छन भने सबभन्दा बढी  २ लाख १५ हजार ३ जना संक्रमितछन ।  छिमेकी भारतमा संक्रमित १९ हजार,८९ सय ९८. जना पुगे, मृतक. ५८ जनाछन । नेपालमा ५ जना कूल संक्रमित रहेकाे अाज बिहान बताइएकाे छ ।                                       
काेराेना सर्ने सार्ने बारे हामीलाई कण्ठस्थ भइसक्याे । जाेगिने उपाय हाललाई दुरी कायम गर्ने सफासुघ्घर भएर बस्ने हाे । हामी सचेत हुने हाे डराउने हाेइन भन्ने जानकारी पनि भइसक्याे । याे विश्वव्यापी महामारीलाई नछुने तरिकालाई लागु नगर्दा हेलचक्राइ  गर्दा इटाली, स्पेन अमेरिका यति बेला काेराेनाकाे भुङ्ग्राेमा परेकाछन ।                             
  हामी नजिकका छिमेकी चीन र भारतका बिचमा छाैं । हामी बाहिर अाउने जाने क्रम अहिले राेकिएकाे छ । चीन तिर काेराेना नियन्त्रण भित्र अाएकाे छ । ठूलाे जनघनत्व र खुला सीमाकाे अावाजाही रहेकाे भारतमा संक्रमण र मृतक बढ्ने क्रम जारी छ । हामी सीमालाई पूर्णरूपमा बन्द गर्न पनि सक्दैनाै । यस्ताे अवस्थामा एक एकजनाकाे परीक्षण विना प्रवेश निकाशलाई कडाइ गरिएन भने महामारीकाे डढेलाे  अनियन्त्रित हुने खतरा हुन सक्छ ।                          
देशमा पाँच वर्षकाे बलियाे सरकार त छ, देशकाे अर्थतन्त्र भने दलाल पूजीपतिकाे हातमा छ ।  यसले सधै धमिलाे पानीमा माछा मार्न लागि पर्छ । सामन लुकाउने, कालाे बजारी गर्ने, राज्यलाईनै हानी हुने गरी ठेक्का सम्झाैता गरेर शंकटमा धाेखा दिने काम गर्छ । हाम्रा भान्सामा काेठा चाेटामा दलाल पूजीवाद हावी छ ! राेगले पीडित भएका नागरिकलाई चाहिने भन्दा बढी जाँच ल्याबकाे भारी बाेकाए गला रेटेका निजी अस्पतालहरू शंकटका समय पन्छिने चमडी जाेगाएर गेटमा ताला लगाएर भाग्ने सम्मका दलाल पूजीवादका अपराध सुन्न परेकाे छ ।                             
  लकडाउनमा बसेका विज्ञहरूले पनि  किन मानिस शंकटमा सामुहिक प्रयास चाहिदाे रहेछ भन्ने पाठ सिक्ने समय हाे याे । हामी मानिस बाहेक अरू प्राणिमा काेराेना कहर देखिदैन । जनावर जलचर पशुपङ्क्षी निर्धक्क विचरण गरेकाछन् । निर्भय हुनुकाे केही कारण पाे छ कि ?  खाेजीकाे बिषय हुनु पर्दछ । जति प्रयास गरे पनि सबैसँग सबै सकारात्मक हुन सक्दाे रहेनछ । गुणदाेष दुबै देख्ने वा एउटा देख्दा अर्काे अनदेखा गर्ने नजरीया मात्र हाे । विभेद कसैलाई सँस्कार भएकाे मन पर्छ, कसैलाई हटेकाे मन पर्छ । वर्ग रहदासम्म वर्गीय दृष्टिकाेण रहनु अपरिहार्य हुनेनै भयाे । एउटै काेराेनासँग कसैले मिलेर नियन्त्रण गराैं भन्छ कसैले याे त मामुली फ्लु हाे भन्ने धारणा पाल्छ ।                                     हामी चेतनशील भएका मानिस जति बेला पनि केहीन केही गरेकै हुन्छाैं  । हाम्रा संचार सम्बाद सबै काेराेनामय बनेकाछन । यति बेला प्रिन्ट मिडिया तिर खासै चहल पहल छैन । रेडियाे टेलिभजन अनलाइन खबरमै हामी छाै । इन्टरनेटकाे  पहुँच भएकाहरूकाे दुनिया पनि अाफ्नै छ । एक अर्कालाई जानकारी दिनमा तल्लीन छ । एउटै रेडिमेड जानकारी २०/३० जनाबाट मेसेन्जरमा अाेइरिने पीडा पनि व्यक्त हुने गरेकाछन् । बाेल्न कुरा गर्न भन्दा मेजेज सेन्ड सँस्कृति उखर्माउलाे फस्टाएकाे छ लकडाउनमा । गीत कविता मुक्तक गजल पनि रचिएकाछन ।  कतिलाई सुत्याे खायाे उठ्याे खायाेकाे साइकिलिङले चलाएकाे छ । अावस्यक कामले मानिस बेला बेला हिड्छन यसमा सबैकाे साझा सहमति छ । अटेरीप्रति अाक्राेश कत्ति नरम छैन । लगातार समाचार सुन्दा मन दुख्ने अरू काममा ध्यान केन्द्रित नहुने अनुभव छ मेराे । दिनकाे दुइ पटकमा छाेट्याकाे छु । लेख्ने पढने  मन भएर  पनि कार्यान्वयन गर्न बल पूर्वक अठाेट गर्नु पर्छ , दील दिमागमा त लकडाउन छैन त भन्दै अाफैलाई सम्झाइ रहन परेकाे छ । केही च्याट सम्बाद केही फाेन सम्बाद हुने गर्छ कति कति बेला ।

 

प्राप्त प्रतिकृयाहरू

To Top