स्वास्थ्य सामग्री ल्याएको ओम्नीको टेन्डर रद्द, पाँच करोड धरौटी जफत

समाज चैत्र १९ २०७६ ekhabarnepal

 
काठमाडौं,चैत १९, २०७६
 सरकारले कोरोना उपचारका लागि भन्दै ओम्नी ग्रुपको ओबिसिआईसँग गरेको औषधि तथा मेडिकल उपरकण खरिदको सम्झौता रद्द गरेको छ। 
सम्झौताको सर्वत्र विरोध भएपछि ठेक्का सम्झौता रद्द गरिएको स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र बहादुर श्रेष्ठले जानकारी दिए। स्वास्थ्य मन्त्रालयले कोभिड१९ बारे जानकारी दिने मिडिया ब्रिफिङमा यस्तो जानकारी दिएका हुन्। 

उसले  सम्झौतामा उल्लख गरेजति सामाग्री नल्याएको र ल्याउने सम्भावना नरहेको भन्दै टेन्डर रद्द गरेको हो। उसको  ५ कराेड रुपैयाँ धराैटी जफत गरिएको छ भने कालोसूचीमा राख्न सिफारिस  गर्ने प्रक्रिया थालिएको  महानिर्देशक श्रेष्ठले बताए। 

उसले अहिलेसम्म जम्मा १० प्रतिशत सामान सरकारलाई बुझाएको छ। बिहीबार अर्को चरणको समाग्री ल्याउने सम्झौता भएपनि ल्याउन संकेत नदेखिएपछि एकदिन अघि नै टेन्डर रद्द गरिएको श्रेष्ठले जानकारी दिए। उनले भने, 'उहाँहरुले अहिलेसम्म थप सामाग्री ल्याउने कुनै प्रतिबद्धता देखाउनुभएन। त्यसैले टेन्डर रद्द गरिएको छ।'

सरकारले चैत ११ गते २४ घन्टे सूचना जारी गर्दै १ करोड ३ लाख ९४ हजार ४ सय डलरमा ओबिसिआईसँग औषधि तथा मेडिकल उपकरण खरिदको सम्झौता गरेको थियो।

सम्झौताअनु्सार आइतबार मात्रै नेपाल एयरलाइन्सको चार्टर जहाज मार्फत् आबीसिआईले २३ लाख ९४ हजार डलर बराबरको सामान ल्याएको थियो। 

प्राप्त प्रतिकृयाहरू

To Top