धन्य रहेछौं हामी जसका कारण कोरोना संक्रमण नियन्त्रणवाहिर जाँदैन

बिचार चैत्र १८ २०७६ ekhabarnepal
Dr ghimire

डी.आर.घिमिरे
कोरोनावाट  हामी मानसिक रुपमा पराजित छौं । सामाजिक सञ्जालमा आएका स्टाटसले त्यस्तो अनुभूति गराइरहेको छ । धेरै मान्छे अत्तालिएको देखिन्छ । तैपनि हामी लकडाउनमा वाँचेका छौं र वसेका छौं ? बाँच्ने मात्र हैन वाँच्ने तरिका सिक्दै छौं । हरेक सम्भावनाका विचमा नाचगान गरिएका तस्वीर पोष्ट भएका छन् । धेरैले त अतितका दिन सम्झेर समय ब्यतित गरेको पाइन्छ । पुराना तस्वीरको पोष्ट गराइले त्यही मनोविज्ञानले काम गरेको अड्कल गर्न सकिन्छ । रानीतिकवाहेक अन्य टिप्पणीहरु प्रायः सकारात्मकनै पाइएको छ । 
 जहाँसम्म महामारीको सन्दर्भ छ यसले ल्याउनसक्ने आर्थिक संकटको प्रक्षेपण ब्यापक रुपमा गरेको पाइन्छ । तर महामारीकै सन्दर्भलाई लिएर ठोस प्रक्षेपण गरिएका छैनन् । त्यसैले आज मैले महामारीको प्रक्षेपण  गर्न गइरहेको छु जो निम्न अनुसार छ । 
१. सामान्यतः महामारी जनघनत्व वढी भएको ठाउँमा हुन्छ भन्ने कुरा सर्वमान्य सिद्वान्त हो । हामीकहाँ त्यसप्रकारको घनत्व सीमित शहरमा छ । अहिलेको कुरा गर्ने हो भने सवैभन्दा वढी घनत्व भएको ठाउँ काठमाण्डौ धेरै हदसम्म सुरक्षित छ । किनकि धेरै मानिसले सो ठाउँ छोडिसकेका छन् ।
आजसम्मका महामारीको अध्ययन गर्दा जनावरवाटै महामारी फैलिएको देखिन्छ ।  खास गरि कृषि अर्थतन्त्रले जनावरलाई घरपालुवा बनाउने चलन वसाल्यो र जनावरलाई  लाग्ने रोग मानिसमा संक्रमण भयो । बिफर, क्षयरोग, औंलो, प्लेग, दादुरा, हैजा, फ्लु, एचआईभी एड्सजस्ता सरुवा रोग मानिसले जनावरबाटै ग्रहण गरे भन्ने तर्क विभिन्न अध्ययनले देखाएका छन् । अहिले चीनको वुहानबाट फैलिएको कोरोना भाइरस पनि चमेराबाट मानिसमा सरेको बताइएको छ ।  
२. सन् १९९४ मा रिचार्ड प्रेस्टनले प्रकाशन गरेको ‘दी हट जोन’ नामक किताबको सन्दर्भ दिँदै हरि रोकाले लेखेको एउटा लेखमा मध्यअफ्रिकामा अनेकन रहस्यमय चमेरे गुफा रहेको र स्थानीय मानिसले ती चमेरालाई ‘इबोला’ नाम दिएको उल्लेख छ । त्यस्ता रहस्यमय चमेरा मर्दा त्यसमा रहेको प्रोटिनबाट मानिसको प्रतिरक्षा प्रणालीलाई नै ध्वस्त पार्ने भाइरसको उत्पत्ति हुने जनाइएको छ । यस्ता विषय अध्ययन नगरिएका अरु पनि हुन सक्लान् ।
यसरी हेर्दा मानिसले जथाभावी मासु खानु त्यति उचित हैन रहेछ । नेपाली सन्दर्भमा धेरै कम मासु खाने प्रचलन छ । सामान्यत ः खसी वोका, कुखुरा र केही चराचुरुङ्गीको मात्र मासु खाने प्रचलन छ । यो आफैमा सुरक्षित हुने कुरा देखियो । यसवाहेक उनीहरुले जस्तो दैनिक रुपमा मासुलाई अनिवार्य गरिएको छैन । अथवा जंगली जनावर वा मासुजन्य चिजको प्रयोग कम छ । यो पनि सकारात्मक पक्ष हो । 
  हामीले सन्तुलित भोजन खाएका छैनौं तर, दैनिक रुपमा भात, रोटी, तरकारी दाल खाने गर्छौं । पश्चिमाहरु सुख्खा खाना वढी रुचाउँछन् । हरेक छाक पाउरोटी खाएर उनीहरुको जीविका चल्ने गरेको छ । एकपटक पकाएर राखेको खाना फ्रिजमा राखेर महिनौंसम्म खाने काम पनि उनीहरुले गर्दछन् । हाम्रो सस्कारमा वासी खाना खानुहुन्न भन्ने भएकोले दैनिक चुलो जलाउने गरिन्छ । त्यसैले सकभर वासी खाना वर्जित छ । 
३. अर्को कुरा हाम्रो भान्सामा मसलाको रुपमा जिरा, धनियाँ, इलायची, सुनकौली, मरिच, वेसार, अदुवा, तोरीको तेल वा घीउ आदिको अनिवार्य प्रयोग हुन्छ भने उनीहरु प्रायः उमालेर खान्छन् । जसलाई हामी हाइजेनिक मान्छौं पनि । तर, त्यस्ता मसलाहरु औषधीजन्य वस्तु अथवा “इम्युनिटी पावर” (प्रतिरोधात्मक क्षमता) वढाउन उपयुक्त हुने रहेछन् । 
कुरा यति मात्र हैन हामी खानासंग दुध वा दही खान्छौं । उनीहरु कोक खान्छन् । त्यसैले खानपानवाट पनि उनीहरुको प्रतिरोधात्मक क्षमतामा हृास आइरहेको अनुमान गर्न सकिन्छ । वरु नेपालको नयाँ पुस्ताले त्यसैको अन्धानुकरण गरिहेको छ । जसवाट मुक्त गराउन आवश्यक छ । चाउचाउ र चाउमिनवाट मकै, कोदो, फापर, घर वनाएको रोटी वा यस्तै खाना खुवाउनु पर्छ । हाम्रो परम्परागत खाना कति उपयुक्त छन् भन्नेवारेमा नेपालका पोषणविद्हरुले अध्ययन गरि तथ्यांकसहित प्रस्तुत गर्नुपर्छ ।
४. एकजना विज्ञले एशियन जिनमा पनि प्रतिरोधात्मक क्षमता वढी रहेको कहीँ वताएको मैले सुनेको थिएँ । निश्चयनै खासगरि धर्तीपुत्र थारुलाई मलेरियालेसमेत छुन सक्दैन भनिन्थ्यो । मलेरिया, प्लेगजस्ता रोगसंग लडेरै उनीहरुले तराईमा उत्पादन गरेका हुन् । यसरी हेर्दा नेपालीको जिनमा पनि केही शक्ति छ कि भन्ने लाग्छ ।
अहिले पनि हामीले कुला धारा पोखरीको पानी खाने प्रचलन छ । यद्यपि पछिल्ला दिनमा पोखरीकै पानी खाइदैन तर, केही समय अघि सम्म भैंसीहरु पौडी खेल्ने पोखरीको पानी खाने चलन थियोनै । हामीले खाने खुला धाराको पानी कुनै युरोपियन वा अमेरिकनले खायो भने ऊ एकै दिनमा विरामी हुन्छ । तर, हामीलाई केही हुँदैन । यो नहुने भन्ने हैन हाम्रो “इम्युनिटी पावर”ले धानेको हो ।
५. वातावरण विनास पनि यो रोगको महामारी हो कि भनेर आशंका गरिदै छ ।
मानवजातिले गर्ने वन विनाश, जलचर विनाशका साथै कृषि उत्पादनका लागि गरिएको अत्यधिक वनफँडानीले जंगली जनावर, चराचुरुंगी र उपयोगी किरा फट्यांग्रामाथि गम्भीर असर परिरहेको र यस्ता इन्फ्लुएन्जाहरु आएको अनुमान गरिदैछ ।
लण्डन विश्वविद्यालयका शोधकर्ता करिन हुल्हेमनले जनसङ्ख्या वृद्धिले श्रोतमाथिको दोहन वढेकाले जलवायु परिवर्तन भएको वताएकी छन् । उनले जनसङ्ख्या वृद्धि नरोकिएसम्म जलवायु परिवर्तन रोक्न असम्भव हुने वताएकी छन् । यस्ता कारणले महामारीलाई निम्त्याइरहेको उनको अनुमान छ । हुन पनि यही रुप वढ्ने हो भने समुद्रका माछा सकिने छन् । त्यसो भयो भने खानपानमा के असर पर्ला ? समुद्री खाना नहुने हो भने संसारका धेरै मानिसमा खाद्यान्नको संकट आउने निश्चित छ । संयोग नेपालले समुद्री खानाको भर पर्नुपरेको छैन ।
विख्यात बायोलोजिस्ट रब वालेसको हवाला दिँदै हरि रोकालेनै लेखेका छन्—कृषिको आधुनिकीकरण, खासगरी साना किसान तथा वन मासेर धनाढ्य मुलुकका बहुराष्ट्रिय कम्पनीले अफ्रिका र एसियाका गरिब मुलुकमा ठुल्ठूला कृषि फर्म सञ्चालन गर्न थालेपछि यस्ता अनेकन भाइरस बढ्न थाले । 
६. कोरोनाको संक्रमण सकिएपछि जलवायु परिवर्तनको प्रभाव कम गर्नका लागि वातावरणमा मानवीय गतिविधिको प्रभाव सीमित बनाउन विश्व समुदाय लाग्नु पर्नेमा वातावरणविद्ले जोड दिन थालिसकेका छन् । 
यो कुरा साँचो हो भने हामी असाध्यै वातावरणप्रेमी छौं । अहिले पनि कार्वन वेचेर आम्दानी गर्ने अवस्थामा छौ । तुलनात्मक रुपले हाम्रो वातावरण सुरक्षित छ । मानिसले प्रकृतिमाथि गरेको दुव्र्यवहार र शोषण कम छ । 
यद्यपि यति धेरै सुरक्षा गरेर विकासलाई अवरुद्व गर्नु हुन्न भन्ने धारणा पनि पछिल्ला दिनमा वलियो हुँदै आएको छ । हालै सिएनएनको एउटा आलेखमा जीवजन्तुको विनाशवाट कसरी रोग उत्पन्न हुन्छ भन्ने कुरा औल्याइएको छ । जसमा चिनको यो उदाहरणलाई प्रस्तुत गरिएको छ ।
माओकालीन समयमा रोगव्याधी नियन्त्रण गर्न ‘चार जीव नियन्त्रण अभियान’ चालिएको थियो । रोगव्याधी फैलाउन सक्ने मुसा, झिंगा, लामखुट्टे र भंगेरा समुल नष्ट गर्ने अभियान थियो । यसपछि दसौं लाख जीवजन्तु मारिए र यसले चीनको पर्यावरण असन्तुलित बनाएर भयंकर भोकमरी ल्यायो, जसमा दसौं लाख मान्छेको ज्यान गएको थियो ।
यसले जैविक विविधताको महत्वलाई दर्शाउँछ । हामी नेपालीहरु यसमा पनि सवल नै छौं ।
७. हाम्रा पुराना संस्कार र मान्यताहरुले पनि हामीलाई वलियो वनाएको छ । वरु हामीले तिनलाई आत्मसात र गौरववोध गर्न सकेका छैनौं । 
एक अर्काबाट टाढा रहने र सकभर नछोइने हाम्रो प्रचलन  हो । अहिले त्यसैलाई सोसियल डिस्टयान्स र फिजिकल डिस्टयान्स भनेर भनिन्छ । 
खानेबेलामा एक अर्कामा नछोइने । खाना खाँदा हात धुने । जुता खोलेर भान्सामा जाने । भरसक कपडा फेर्ने । खोक्दा र हाच्छ्युँ गर्दा मजेत्रो या रुमालले छोप्ने । ननुहाईकन भान्छामा नजाने र खाना नखाने । बाहिरबाट आउनासाथ हातखुट्टा धोएर मात्र गृह प्रवेश गर्ने । रुघा लाग्दा अलग्गै बस्ने । घरमा तुलसी रोप्ने । वर पिपलका विरुवा रोपण गर्ने । मानिस मरेपछि जलाउने । यी र यस्ता कैयन् प्रचनहरु स्वस्थ्यवद्र्वक रहेछन् भन्ने कुरा स्पष्ट हुँदै गइरहेको छ ।
यसवाहेक महामारी कम हुनुपर्ने अन्य कारण पनि छन् । 
८. इटाली वा स्पेन यहाँसम्मकि चिन अमेरिकामा जस्तो वुढावुढीको संख्या हामीकहाँ त्यसैपनि कम छ । युवाहरूको संख्या बढी छ । यो भाइरसले वृद्ववृद्वालाई वढी आक्रमण गर्दो रहेछ । त्यस अर्थमा भाइरसको संक्रमणका लागि प्रतिकुलता धेरै छ ।
 ९. यहाँको बढ्दो तापक्रम र बदलिरहेको मौसम पनि मानिसका लागि सहयोगी हुन सक्छ । स्वभावैले चिसोमा जति संक्रमण गर्मीमा हुँदैन भन्ने अनुमान लगाउन सकिन्छ ।  
१०. लकडाउन अलि ढिला भयो भन्ने गुनासो आइरहेको छ । निश्चयनै ढिला भयो । अलि छिटो गरेको भए अझै उपयुक्त हुने थियो । तर पनि इटाली जस्तो ढिला भएको हैन । धेरै हदसम्म रोकिएको अनुभूत भएको छ ।
११. अर्को सकारात्मक कुरा नेपालमा अहिलेसम्म विदेशवाट आउनेलाइ मात्र संक्रमण भएको छ  । नेपालमा पहिलोपटक भेटिएको भनिएका विरामी निको भएर घर फर्किसकेको अवस्था छ । अर्की फ्रान्सवाट आएकी महिला, दुवइवाट आएका पुरुष, बेल्जियमबाट कतार हुँदै काठमाडौं आएकी महिला र धनगढीमा भेटिएका दुबईबाट आएका युवामध्ये सवैजना विदेशवाटै आएका हुन् । 
यसले गर्ने संकेत भनेको नेपाल भित्रै यो जन्मिएको छैन । संयोग ती ब्यक्ति जसलाई भयो उनीहरुका परिवार पनि सुरक्षित छन् । यो शायद हाम्रा मान्छेका भएको प्रतिरोधात्मक क्षमताका कारणले हो ।
१२. अनुशासन पनि तुलनात्मक रुपमा ठिक छ । चिनमा जस्तो छैन होला तर भारत वा इटाली र अमेरिकाजस्तो अब्यवस्था छैन र लकडाउन गर्दा पनि हाम्रो अर्थतन्त्र धेरै लडखडाउन्न । इटाली वा अमेरिका किन लकडाउन भएन होला जस्तो लाग्छ भने १५ दिन पूरै लकडाउन हुँदा कैयन् मानिस भोकभोकै मर्नेछन् । ती देशहरुमा घण्टे श्रम गर्ने ब्यवस्था छ । रोजगारको ग्यारेन्टी भएकोले वचत गर्ने प्रचलन छैन । आवश्यक पनि हुँदैन । हाम्रोमा सरकारको भर पर्ने अवस्था नभएकोले आफ्नो जोहो आफै गर्ने चलन छ । यसैले एक दुइ महिना लकडाउन भएपनि मरिहाल्नेको संख्या कम हुन्छ । अथवा त्यो संख्यालाई राज्यले ब्यवस्थापन गर्नसक्छ ।
अन्तमा अव सरकारले एउटामात्र काम गर्नुपर्छ । त्यो भनेको परिक्षण गर्ने ब्यवस्थालाई ब्यापक वनाइनुपर्छ । काठमाडौंबाहिर सातवटै प्रदेशमा संघीय सरकारले खास खास सहरमा प्रदेश सरकारले प्रयोगशाला वनाउन सके भने नियन्त्रण वाहिर जाँदैन । नागरिकहरूले घरमा बस्दा पनि एक–आपसमा दूरी कायम राख्ने र सरसफाइमा ध्यान दिने कामलाई अव कम हुन दिने छैनन् । किनकि अव एक खालको अभ्यास भईसकेको छ । 
  
२०७६ चैत १७ गते राती १०.३० वजे
 

प्राप्त प्रतिकृयाहरू

To Top