भैरहवा,दाङ र नेपालगञ्जमा कोरोना प्रयोगशाला स्थापना गर्ने 

समाज चैत्र १७ २०७६ ekhabarnepal
Safe image

बुटवल, १७ चैत्र ।
प्रदेश ५ अन्तर्गतका सिमाको दशगजामा अलपत्र परेका नेपालीहरुलाई प्रदेश सरकारले उद्दार गरेर घर पठाउने भएको छ । प्रदेश सरकारको मन्त्री परिषदको बैठकले आज उनीहरुलाई गांउ सम्म पु¥याउने निर्णय गरेको हो । उद्दार गरिएकाहरुलाई स्थानीय पालिकाले अनिवार्य क्वारेन्टायनमा राख्नु पर्ने र खानपानको ब्यवस्था समेत गर्नुपर्ने मन्त्री परिषदले निर्णय गरेको छ ।
आज मध्यान्ह बसेको मन्त्री परिषदको बैठकले निमार्ण क्षेत्रमा काम गर्ने मजदुरलाई घर पठाउने व्यवस्था गर्ने, खेती स्याहार्ने बेला भएकाले कृषि प्रयोजनमा प्रयोग हुने थ्रेसर, कम्बाइन मेशिन लगायत गाउँ र नगरपालिकाभित्र कार्यकारी अधिकृतले तथा जिल्लाभित्र र बाहिरका लागि प्रमुख जिल्ला अधिकारीले पासको व्यवस्था मिलाउने गरि ब्यवस्था गर्ने गरि निर्णय गरेको छ ।

 प्रदेश सरकार मन्त्रिपरिषदको आज बसेको बैठकले गरेका निर्णहरु 
१. सीमा क्षेत्रमा अलपत्र परेकालाई सम्बन्धित जिल्लामा समूह बनाइ पठाउने । ती नागरिकलाई सम्बन्धित स्थानीय तहले क्वारेन्टाइनमा राख्ने र खानपीनको व्यवस्था गर्ने ।
२. निमार्ण क्षेत्रमा काम गर्ने मजदुरलाई घर पठाउने व्यवस्था गर्ने, त्यसका लागि यातायातका साधनको पासको व्यवस्था प्रमुख जिल्ला अधिकारीले मिलाउने, सम्बन्धित निमार्ण कम्पनीले गाडीको व्यवस्था गर्ने ।
३.खेती स्याहार्ने बेला भएकाले कृषि प्रयोजनमा प्रयोग हुने थ्रेसर, कम्बाइन मेशिन लगायत गाउँ र नगरपालिकाभित्र कार्यकारी अधिकृतले तथा जिल्लाभित्र र बाहिरका लागि प्रमुख जिल्ला अधिकारीले पासको व्यवस्था मिलाउने ।
४. एम्बुलेन्स चालकका लागि १२ वटै जिल्ला प्रशासन कार्यालयमा पिपिई पठाइएको छ । एम्बुलेन्स चालकलाई पिपिई उपलब्ध गराउने काम प्रमुख जिल्ला अधिकारीले गर्ने ।
५. प्रदेश ५ मा तीन वटा प्रयोगशाला स्थापना गर्ने  । भैरहवाको गहुँ बाली अनुसन्धान केन्द्र परिसरमा, दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा र नेपालगञ्जको भेरी अस्पतालमा । तत्काल प्रयोगशाला स्थापना गरी कोरोना भाइरसको परीक्षण शुरु गर्ने ।
 

प्राप्त प्रतिकृयाहरू

To Top