सामुदायिक वनले विपन्न परिवारको पहिचान गरि खाद्यान्न उपलब्ध गराउन पहल गर्ने

समाज चैत्र १६ २०७६ ekhabarnepal
Fecofun 2

सामुदायिक वनले भिडियो कन्फ्रेन्समार्फत गर्यो वैठक
 

बुटवल, चैत, १६
लकडाउनको यस अवस्थामा  सामुदायिक वन उपभोक्ता महासंघ नेपाल रास्ट्रिय सचिवालयले रास्ट्रिय कार्यसमितिको सदस्युहरुसंग निरन्तर छलफल चलाइरहेको छ । 
त्यस्तै लकडाउनको समयमा बिहान बेलुका ज्यालादारी गरेर जीविकोपार्जन गरेका गरिव विपन्न परिवारको पहिचान गरि खाद्यान्न उपलब्ध गराउन सामुदायिक वन उपभोक्ता सामुहहरुलाइ आह्वान गर्ने निर्णय भएको छ । अहिलेसम्म  सामुदायिक वन उपभोक्ता समूह र महासंघको संरचनाले पुर्याइरहेको योगदानको अभिलेखीकरण गर्ने लगायतका विषयमा छलफल भएको महासंघकी अध्यक्ष भारती पाठकले वताउनुभयो ।  
 छलफलमा सचिवालयको निर्णय कार्यान्वयन गराउन सबै तहबाट सकृयतापूर्वक लागि पर्ने कुरामा जोड दिइएको छ ।


सचिव ठाकुर भण्डारीका अनुसार भिडियो कन्फ्रेन्समार्फत भएको छलफलमा केन्द्रीय सदस्यहरु नारायण नेपाल , रामेश्वर बोहरा, सर्मिला बिशुराल, कृष्ण गौतम, भरत थापा, रीता घिमिरे, प्रेम लामिछाने, सरिता कुमाल ,खुम सुवेदी, सीता खड्का, तारा शर्मा, कृष्ण श्रेष्ठ, कबिता अर्याल, बालिका वुढाथोकी, कृष्णा ओझा, चन्द्र थानी, मुक्ति तिमिल्सना, सोनाम लामा, डिल्ली गिरी, पूर्ण परियार, दक्षिणा शाही, ईश्वरा पोखरेल, नर बहादुर गुरुङ, नेत्र खनाल, शेरबहादुर शाही  लगायत सचिवालयका सबै सहभागी हुनुहुन्थ्यो । 
 यो छलफल केन्द्र, प्रदेश, स्थानीय र समुह सम्म पुर्याउने गरी अगाडी बढेको छ ।
 

प्राप्त प्रतिकृयाहरू

To Top