स्वदेशी तरकारीको सुरक्षित आपूर्तिको ब्यवस्था गर्न माग

अर्थ चैत्र १६ २०७६ ekhabarnepal
Unnamed

बुटवल। चैत्र १६, २०७६

उपभोक्ता हित संरक्षण मन्च प्रदेश नम्बर ५ का अध्यक्ष तेजकुमार पाठकले एक प्रेष विज्ञप्ति जारी गर्दै अहिले कोरोना भाइरस कोभिड १९ को संक्रमणको समयमा बेलहिया नाकाबाट ठूलो पैमानमा आलु, प्याज, टमाटर, भिन्डी आयात भइरहेको र स्वदेशी तरकारी उत्पादन अस्वभाविक लक डाउन भएको कारण त्यत्तिकै सडेर जाने अवस्थामा पुगेको हुनाले लक डाउनको समयमा सुरक्षित आपूर्तिको लागि प्रदेश सरकार तथा स्थानीय सरकारसँग माग गर्नु भएको छ ।
अहिले स्वदेशी उत्पादनलाई अवरुद्ध गरी विदेशी तरकारी फलफूल आयात गरी केही व्यापारीहरुले मिलिमतोका आधारमा एकाधिकार गरेको आरोप लगाउनु भएको छ ।
यस्तो संवेदनशील अवस्थामा प्रदेशनम्बर ५ को कृषि मन्त्रालयको समन्वयमा स्थानीय सरकारहरुले आपूर्तिको लागि कृषि उपज खरिद र भण्डारण गरी सहज रुपमा आपूर्ति गर्न सुझाव दिनु भएको छ । 
त्यसरी नै आपूर्ति व्यवस्थापनको लागि खुल्ने किराना पसलहरुबाट थोक विक्रेताहरु बन्द भएको हुनाले आपूर्ति सहज हुन सकेको छैन । अलि अलि भएको सामान भ्याइएको हुनाले आम उपभोक्ताहरु समस्यामा पर्न थालेको देखिन्छ । यसलाई व्यवस्थित गर्नको लागि कृषि मन्त्रालयले तत्काल समन्वय गरी आपूर्ति व्वस्थापन गर्न आवहान गर्नु भएको छ ।
अहिले कोरोना भाइस कोभिड १९ को वैश्विक संक्रमणको चुनौतीमय क्षणमा भारत लगायत अन्य मुलुकबाट आएका मानिसहरुको लगत निकाल्क उनीहरुलाई स्वक्वारेन्टाइन तथा स्वआइशोलेशनमा बसाल्न सक्रियपूर्क लाग्नुपर्ने देखिन्छ । यो गर्न ढिला भइसकेको छ । त्यसरी नै सरकारले आव्हान गरेको लक डाउन इमान्दारपूर्वक सफल बनाउन सबै जनता लाग्नको लागि अनुरोध गर्नु भएको छ । तर अश्वभाविक लक डाउनबाट भएको आपूर्ति अवरोध हटाउन सक्नुपर्छ भन्नु भएको छ ।
यस्तो संवेदनशील क्षणमा मित्र राष्ट्र तथा संघीय सरकारबाट आउने सहयोग सामग्री पीपीई, मास्कलगायतका सामान वितरण गर्दा सरोकारवालाले पाउन सक्ने गरी पारदर्शी व्यवस्थापन गर्न पनि विनम्र अनुरोध गर्नु भएको छ । 
उहाँले सङ्क्रमणका कारण ओपिडी बन्द गर्ने निर्णय भएकोले विरामीहरु विपदमा पर्न थालेको बताउँदै बिना सङ्कोच निजी क्षेत्रसँग सहकार्य गर्दै अगाडि जानका लागि नचुक्न सुझाव दिनु भएको छ । सरकारले उपचारभन्दा पनि रोग प्रतिरोध क्षमता वृद्धिको लागि सरसफाई सीप सिकाउँदै दूध, तरकारी,गेडागुडी माछामासु, फलफुल, सागपात र खाद्यान्न व्यवस्थापन गर्न सक्नु पर्छ भन्नु भएको छ ।
यसको लागि आवश्यक भएमा उपभोक्ता हित संरक्षण मन्च प्रदेश नम्बर ५ ले आवश्यक समन्वयको पहल गर्नको लागि सहयोग गर्न सकिने समेत बताउनु भएको छ ।

प्राप्त प्रतिकृयाहरू

To Top