माछा मिठा काढा तिता !!  आफन्तका नाममा !! 

बिचार चैत्र १२ २०७६ ekhabarnepal
Fb img 1506458549718

 नेपाल यति  बेला चैत्र ४ र ६ गते कतार हुँदै काठमाडौ ल्यान्ड गरेका २ प्लेनबाट  झरेका यात्रुहरुमा देखिएको कोरोना भाइरसको संक्रमणको पहिचान पछि बाकी सङ्गै गएका यात्रुहरुको खोजिमा समुन्द्र मन्थनको कहरमा  परेको छ । 
 २ वटा जहाजको मात्र कुरा कहाँ हो र ती जहाजका यात्रीहरु, ट्रान्जिटमा भेटिएका, सङ्गै बसेका , अध्यागमन चेकमा पासपोर्ट र ब्यक्ती सुरक्षामा बसेका अधिकारिहरु जो अनिबार्य रुपमा यात्रीहरुको  सन्सर्गमै आउनै पर्दछ सङ्गको सन्ख्या जोड्ने हो भने हाम्रो यात्राले  सन्सारलाई कोरोना संक्रमणको उपहार भयानक दिन  पर्ने स्थिती शृजना हुँदै छ । यी दुई जहाजमा सन्क्रमित मान्छे नेपालमा भेटिएको कारण आज नेपाली जनताहरु सरकारलाई किन बिदेशबाट आउने जहाज अलि चाडै लक डाउन गर्न सरकारलाई के ले छेक्यो ? भन्दै सरकार माथी आरोप बर्साउन थालेका छन । 
 हरेक मान्छेलाई आफू बाचौ अरु जेसुकै होउन भन्ने मात्र देखिन्छ । आज देशको एक करोड युबा जनशक्ती देश बाहिर छ । भारत देखि युरोप अमेरिकासम्म । देशको कुल आयको एक तिहाई हिस्सा बिप्रेषणले ओगोटेको छ ।देशका एक तिहाई मान्छेहरुको चुलो जल्ने देखि राज्यका मन्त्रीहरुको झन्डा हल्लाउदै बिमास्थलमा तिनै बैदेशिक रोजगारमा जाने आउनेलाई अपमान गर्ने अध्यागमन अधिकारीको जेब खर्च चल्ने यिनै प्रबासिहरुको रेमिट्यानसबाट प्राप्त आयबाट हो भन्ने कुरा बुझेर पनि बुझ पचाएका छन ।  

हरेक एक डलर नेपाल भित्रीने रकमबाट रास्ट्र बैन्क मार्फत नेपाल सरकारलाई ३० पैसा कमिसन आउने  नियम छ ।भारतबाट आउने बिप्रेशन र डाइरेक्ट भारतिय रुपैया पनि नेपालको अर्थतन्त्र चलाउने एउटा बलियो आधार पनि हो । तर यतिका गुण भएका प्रबासीहरु जो बाध्यताले बिदेश छन उनिहरु नेपाल कै होइनन यिनिहरुले पैसा मात्र देशमा पठाउने हो अरु यिनिहरुको कुनै अधिकार छैन भन्ने आभास धेरै जसो मित्रहएउको लेखाईमा अभिब्यक्त हुने गरेको छ ।यिनिहरुको श्रम चले पनि अरु कुनै दुख हामी नेपाल बसेकालाई दिन हुन्न भन्ने सोच बिद्वान भनिने देखि सर्वसाधारण नेपालीमा देखिदै र लेखिदै छ यो सुन्दा देख्दा अचम्म लाग्छ । 
जहान बच्चाको आङ्ग ढाक्न र बिहान बेलुकाको छाक टार्न छिमेकी देश भारतको कालापहाड पुगेका मान्छेहरु जब मालिक वा कम्पनिले कोरोनाको कारण आफ्नो कारखाना बन्द गर्दछ क्वाटर बन्द गर्दछ जाने कहाँ हो ? थाहा छैन ।हुन त प्रधानमन्त्री मोदि र नेपालका  प्रधानमन्त्री ओलिले जो जहाँ छ त्यही बस नभनेका भने होइनन । जो जहाँ बसेका, जहाँ काम गरेका छौ त्यही बस नभनेका होइनन ।काम गर्ने  ठाउ बन्द नभैदिएको भए मान्छे किन पो फर्कने थिए र ? कारखाना मालिकले बस्ने बाँस मै ताला लगाइदिए पछि फर्कने ठाउँ त आफ्नै घर त होला नि ?पढे लेखेका  र अलिकन सम्पत्ति हुन्थ्यो भने  किन कालापहाडमा जोतिन पर्थ्यो र ? सुदुर पश्चिम र हिमाल पहाडमा बस्नेहरुको अशिक्षा  नै उनिहरुको पीडा बनेर रहेको छ ।

  अस्पताल पुर्याइएकी बझाङ्गकी प्रदेश सभा सम्सद रिपोर्ट न आउदै किन अस्पतालबाट भागिन होला सजिलै बुझ्न सकिन्छ यो सबै चेतनाको कारण हो।यो सर्बब्यापी रोग मलाइ लागि हाल्यो भने मेरो सामजिक इज्जत  प्रतिस्ठा सबै खतम हुन्छ भन्ने चिन्ता हो  । ब्यक्तिको जानाजान नभै अन्जानमा आउने रोग प्रतिको चेतना भएको भए सम्सद हस्पिटलबाट भाग्ने र यात्री क्वारेन्टाइनबाट भागेर इज्जत बचेको भ्रममा हुने थिएनन  ।

 सिमानामा रहेका हरेक नेपाली सुरक्षित साथ स्वास्थ्य चेक जाच भै नेपाल आउन पाउने उसको नैसर्गिक अधिकार हो । देश लकडाउन हुँदै छ, कार्खाना बन्द हुँदैछन ,प्लेन फलानो मिति देखि बन्द हुँदै छन भन्ने सुचना कम्तिमा १५ दिन अघि नै प्राप्त गरेका भए स्थान छोड्नेहरु पनि एउटा समय मिलाउथे होलान । भोलि देखि लकडाउन हुँदै छ भने आज साझको सुचनाले त मान्छेलाई के गरौ कसो गरौ भनेर अत्याउने बाहेक के गर्ला र  आज सिमानामा देखिएको कहर उनिहरुको लापरबाही वा रहर होइन बाध्यता हो ।यो बाध्यतालाइ देश भित्र रहेकाहरुले बुझ्नु पर्दछ कि "तिमिहरु न आएको भए रोग आउने थिएन "।तिमिहरुले गर्दा रोग आयो " । "सरकारले सिमानामा आउनेलाई कडा हुन पर्यो" ।"लाठी अलि साना भए "।"गोलि नै बर्साउनु पर्ने अटेरिहरुलाई  "  सिमानामा रोकिएको बेखर्ची भएको तपाइकै दाई भाइ दिदी बहिनी हो भन्ने बुझौ । उसलाई गोलि बर्साएर भए पनि कोरोना रोकौ भन्ने तपाइको चाहना अति स्वार्थी चाहना हो । 

हुन त मान्छे धेरै स्वार्थि हुन्छ ।जब बसको यात्रा अनिबार्य भएको  बाटोमा बस कुरेका मान्छे आफ्नो गन्तव्यमा जानै पर्ने हुन्छ यात्रुले खचाखच भरिएको बस जब स्टेसन आइपुग्छ  जसरी तसरी  दुखले सबै भित्र छिर्नै पर्ने हुन्छ , पहिलो स्टेसनमा रोकिएको बसको सहायकलाई आफू गन्तव्यमा जानै पर्ने भनेर अनुरोध गरेको मान्छे त्यही  बसको ढोकामा उभिएर दोश्रो स्टेसनमा हतार गरेर चढ्न अनुरोध गरेको अर्को मान्छेलाइ ठाउँ नभएकोले लान नसकिने भन्दै ड्राइभरलाइ गाडी नरोक्न आदेश दिन्छ ।जब त्यो मान्छेलाई ड्राइभरले पिक अप गर्दछ उहीँ मान्छे  फेरि नै ढोकामा उभिएर अर्को स्टेसनमा आएको अर्को यात्रुलाइ ठाउँ नभएको  फर्मान जारी गर्दछ । म नेपाल छिरी सकेकोले अरु बाकी छिर्न नपाएकालाइ किन आउनु परे होला भनेर धारे हात लगाउछ । यो नेपालीहरुको सामाजिक चरित्र हो ।आफ्नो मुलुक भित्र 
प्लेनबाट उडेर आउन या बसमा गुडेर हिडेर आउन वा घिस्रीएर उनिहरु नेपाल आउने प्रकृयामा छन वा आइसके ।उनिहरुले रोग लिएर आउन वा नलिइ रित्तै! उनिहरु हाम्रै अङ्ग हुन ।उनिहरुलाइ युरोप अमेरिका वा अस्ट्रेलिया वा गल्फ किन नजाउन पढ्न जाने, काम गर्न जाने , भारतको काला पहाड जाने काम कुनै अबैधानिक थियो ! होइन देशमा सबैलाइ रोजगारी पाउन नसकेर हुन ।हो ।
उनिहरु देश फर्किदा स्वैच्छाले क्वारेन्टाइन भने बस्नु पर्ने हुन्छ ।आज देशको एक तिहाइ जनसन्ख्या नै बिदेश छ भने र राज्यको कुल आयको एक तिहाई हिस्साको योगदान पनि बिदेशबाट आउने बिप्रेसणले चल्छ भने देश भित्र छिर्न खोज्नेलाई "गोलि हान "लाठी साना भए, अलि ठुलोले हान " भनेर अपमान गर्न पाउनु  हुन्न । राज्यले आफ्ना नागरिकहरुले आफ्ना अर्डर नमाने बापत गर्ने कार्बाही आफ्ना ठाउमा जायज होला तर तपाईं दाज्युभाइले छिमेकी र आफन्तले "सिमाना मै रोक" भन्नू सारै नाजायज तर्क र बेइमानी हो । 
सरकारले चाहेकै दिन बिना परिस्थिति भनेकै दिन बिना सुचना प्लेन पनि रोक्नु पर्दथ्यो भन्ने मत पनि देश भित्र सुनिन थालेको छ । हो देश भित्रका आन्तरिक उडान बन्द गर्ने अधिकार राज्यलाइ छ ।तर अन्तरास्ट्रिय उडानमा सरकारले वा एक पक्षले  चाहेर हुन सक्दैन भन्ने हेक्का नभएका मान्छेहरुको तर्क होला ।उचित कारण बिना  हरियो जोनमा रहेको मुलुकले उडान रोक्ने उपर्युक्त आधार नभै रोक्ने कुराले उसको अन्तरास्ट्रिय बिस्वस्नियता र उडानका कारण देश बिदेशमा पर्न जाने प्रत्यक्ष अपर्त्यक्ष असर नेपालले थेग्ने खालको हुन पर्दथ्यो ।हो नेपालले गर्न पाउने अधिकार भनेको अन अराइभल भिसा रोक्न सक्थ्यो । त्यो त १५ दिन अघि गरेको थियो ।तर होटेल बुकिङ्ग क्यान्सिल नगरिसकेका पर्यटक र एन आरएनहरुलाई नेपालमा केश नै शुरु नहुदै रोक्न सक्ने अवस्था थिएन ।यो सन्सार भरी नै देखा परिसकेको समस्या थियो र नेपालमा मात्र सचेतना मात्र गर्न उच्च- जोखिमको मात्र नियम फ्लो गर्न पर्ने बाध्यता थियो । सरकारले अर्को दक्षिणी देश भारतमा संक्रमणको स्थिती भयाबह भएको देखेको र सार्क रास्ट्रले यसलाई साझा रुपमा लिने बैठकको निस्कर्षले मात्र नेपालले अरु रास्ट्रमा महामारीको रुप लिइसकेका रास्ट्रले भन्दा पहिले अन्तरास्ट्रिय उडान बन्द गराउने निहु पायो र बन्द गर्यो ।सरकारको यहि निर्णय माथी नेपाल सरकारको आधिकारिक मान्यता पाएको एन आर एन आइसिसिका अध्यक्ष कुमार पन्तले नेपालमा आउन पाउने एन आर एनको  आफ्नो नैसर्गिक अधिकार खोसिएको बिग्य्पती जारी गरे ।अनि २ जना अधिबक्ताहरुले सर्बोच्चमा सरकारले नेपाली जनताको देश भित्र आउने अधिकार खोसिएको भन्दै मुद्दा दायर गरेका छन । भन्नलाई सजिलो छ   रास्ट्र अन्तरास्ट्रको नियम कानुन ब्यबहारिक परिस्थिति सबै मिलाएर काम हुदै गएका छन । एक जना पनि मान्छे बिनाको नोक्सानिमा राज्यले जुन कडा कदम चाल्यो यो त मुलुकको चार दिबार भित्र बसेकाहरुलाई त काइदा गर्यो तर जो फ्लाइट रोकिएको कारण भिसा सकिएर बिदेशमा अल्पत्र  परेकाकोको समस्या कस्ले हेर्ने ? राज्यलाइ बिप्रेसणको खोलो बगाइदिने आज समस्यामा छन तिनको कहर कस्ले सुन्ने ? जो साहुले कम्पनी बन्द गर्दिएर घर फर्कदा आफ्नै सिमामा समस्यामा छन तिनको अप्ठ्यारो कस्ले देख्ने ? 
 माछा मीठो भएर के गर्ने काढाको पनि ब्यबस्थापन भएन भने घाटिमा अड्किन्छ भन्ने पनि बुझ्न जरुरी छ ।
माछा मिठा काढा तिता !,
" बसिबियालो !! 
  

प्राप्त प्रतिकृयाहरू

To Top