लक डाउन उल्लंघन गरे कारबाही

राजनीति चैत्र १० २०७६ ekhabarnepal
1

काठमाडौं, चैत १०
सरकारले मंगलबार बिहान ६ बजेदेखि एक साताका लागि गरेको   लक डाउनको अवधिमा नागरिकहरुले अत्यावश्यक कामकालागि बाहेक घरबाहिर निस्किन पाउने छैनन्।

लक डाउनको अवधिमा औषधि उपचार, खाद्य वस्तु खरिद जस्ता अत्यावश्यक काममा भने मानिसहरु घरबाट बाहिर निस्कि पाउने छन्।

 सार्वजनिक र निजी सवारी साधनमा पूर्ण रोक लाग्नेछ। स्वास्थ्यकर्मी र सुरक्षा निकायका सवारी मात्र चल्नेछन्।

तोकिएका र सुरक्षा निकायका बाहेक कुनै पनि विमान उड्न पाउने छैन।

यसको उल्लंघन गरे कारबाही गर्ने अधिकार प्रमुख जिल्ला अधिकारी (सीडीओ)लाई कोरोना रोकथाम, नियन्त्रण र उपचारसम्बन्धी उच्चस्तरीय समन्वय समितिले प्रदान गरेको छ। सीडीओले स्थानीय प्रशासन ऐन २०२८ को समेत प्रयोग गर्न सक्नेछन्।

त्यस्तै संक्रामक रोग ऐन, २०२० अन्तर्गत पनि कारबाही हुन सक्नेछ।

सो ऐनमा जारी आदेशको अपहेलना गर्नेलाई एक महिना कैद र एक सय रुपैयाँ जरिवाना वा दुवैको व्यवस्था छ।

त्यस्तै काममा सरकारी अधिकारीको काममा बाधा पुर्‍याउने व्यक्तिलाई एक हजार रुपैयाँ जरिबाना र ६ महिना कैद वा दुवै हुन सक्नेछ।

प्राप्त प्रतिकृयाहरू

To Top