कोरोना भाइरसको महामारी : २५ दिनका लागि सार्वजनिक स्थल बन्द

राजनीति चैत्र ५ २०७६ ekhabarnepal
1

काठमाडौं,चैत्र ५ । सरकारले २५ दिनका लागि सार्वजनिक भीडभाड हुने सम्पूर्ण स्थल बन्द गर्ने निर्णय गरेको छ ।

विश्वव्यापी कोरोना भाइरसको महामारीका कारण यसको संक्रमण हुन नदिन सजकताका लागि फिल्म हल, जिम हल, डान्स बार तथा क्लब, स्वीमिङ पुल लगायतका बढी भीडभाड हुने स्थान बन्द गर्ने निर्णय गरेको हो । सरकारले सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी मानिस भेला नपाइने निर्णयसमेत गरेको छ ।

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिकाे बुधबार बसेकाे बैठकले ३० अप्रिलसम्मलाई त्यस्ता ठाउँ बन्द गर्न निर्देशन दिएको हो । समितिले पार्टी प्यालेस, साँस्कृतिक कार्यक्रम, मठमन्दिर लगायत धार्मिक कार्यहरूमा २५ जनाभन्दा बढी व्यक्ति एकै ठाउँमा नबस्न आग्रह गरेको छ । अत्यावस्यक बाहेक घरबाट बाहिर ननिस्कन पनि समितिले सर्वसाधारणमा आग्रह गरेकाे छ ।

समितिको निर्णयको २ नम्बर बुँदामा भनिएको छ, ‘सिनेमा हल, सांस्कृतिक केन्द्रहरू, रंगशाला, खेलस्थल, जीम, हेल्थ क्लब, म्युजियम, स्वीमिङ पुल, मनोरञ्जन स्थान, डान्स बार तथा क्लब आदिलाई ३० अप्रिल २०२० सम्म बन्द गर्ने ।’

यस्तै, समितिले पश्चिम एशियाका खाडी मुलुकहरु इरान, टर्की, मलेसिया, जापान, दक्षिण कोरिया र यूरोपका सबै मुलुकबाट नेपाल आउने यात्रुलाई रोक लगाएको छ ।

समितिकाे निर्णय :

प्राप्त प्रतिकृयाहरू

To Top