अत्यधिक असिनाका कारण शितगंगामा करोडौको क्षती

समाज चैत्र २ २०७६ ekhabarnepal
1

अर्घाखाँची चैत २,

अर्घाखाँची जिल्लाको शितगंगा नगरपालीकाका विभिन्न वडाहरुमा चैत १ गते राती परेको असिना पानीका कारण करौडौको क्षती भएको छ ।


चैत १ गते राती परेको असिना पानीका कारण शितगंगा नगरपालीका ३,४,१० र १२ वार्डमा कृषकहरुले लगाएको तरकारी, फलफूल र अन्नबाली पुर्णरुपा क्षती भएको छ भने व्यबसायिक रुपमा बनाईएका फर्महरु समेत भत्किएर क्षती भएको छ ।
अत्याधिक परेको असिनाका कारण कमजोर अबस्थाका घर तथा गोठहरु लोड थाम्न नसकेरै भत्किएका छन् । शितगंगा नगरपालीका ३,४,१० र १२ वार्डमा रहेका २ हजार घरधुरी असिना पानीको प्रत्यक्ष मारमा परेका हुन् । 


यस क्षेत्रका दुइ हजार घरधुरीमा बिस करोड बराबरको तरकारी, फलफूल र अन्नबालीमा क्षती भएको छ भने प्रारम्भीक जानकारी अनुसार ५० लाख बराबरको घर तथा गोठहरु भत्किदा क्षतीको भएको छ ।
चार फिट सम्म परेको असिनाले शितगंगा नगरपालीकामा हिमाली क्षेत्रको झल्को दिइरहेको छ । प्राकृतिक बिपदको यस घडिमा सबै क्षेत्रबाट सहयोग गर्न नगरप्रमुख सुर्य प्रसाद अधिकारीले अपिल गर्नुभएको छ ।


 सन्धिखर्क गोरुसिंगे सडक अन्तर्गत सितापुर चाक्ला खण्डमा सडकमा असिना जमेका कारण यातायातका साधनहरु रोकिएका छन् । सडकमा चार फिट सम्म असिना जमेका कारण सडक अबरुद्घ भएको हो ।
त्यसै गरि भुमिकास्थान र सन्धिखर्कका केही वडाहरुमा समेत असिना पानीले नोक्सान पुर्‍याएको छ।

प्राप्त प्रतिकृयाहरू

To Top