आपतकालीन सार्क कोष बनाउने मोदीको प्रस्ताव

राजनीति चैत्र २ २०७६ ekhabarnepal
1

कोरोना प्रकोपबाट डराउनुभन्दा एकजुट हाैं : माेदी
काठमाडौँ,चैत्र २, २०७६
भारतले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) राष्ट्रहरुमाझ कोभिड-१९ आपतकालीन कोष स्थापना गर्ने प्रस्ताव राखेको छ ।

कोरोना भाइरसविरुद्ध साझा रणनीति तय गर्न आफ्नो पहलमा भएको सार्कका राष्ट्र तथा सरकार प्रमुखहरुको भिडियो कन्फ्रेन्समा  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यो प्रस्ताव राखेका हुन् । र, कोषमा भारतले तत्काल १० मिलियन अर्थात एक करोड अमेरिकी डलर दिने मोदीले घोषणा गरे ।

कोषमा जम्मा भएको रकम आपतकालीन कार्यमा जुन सुकै देशले प्रयोग गर्न सक्ने उनले बताए ।

सार्क देशहरुबीच अनलाइन तालिम तथा साझा सफटवेयर बनाउने उनको प्रस्ताव छ ।

छलफलमा बंगलादेश, पाकिस्तान र मान्दिभ्सले सार्क परराष्ट्रमन्त्रीहरुको पनि भिडियो कर्न्फेन्स गर्न र विश्व स्वास्थ्य संगठन जस्ता एजेन्सीहरुलाई पनि छलफलमा सहभागी गराउन प्रस्ताव गरेका थिए । साथै सबैले कोभिड १९ को संक्रमणबाट जोगिन सार्क राष्ट्रहरुबीच सहकार्य गर्नुपनेृमा जोड दिएका छन् ।

 भारतीय प्रधानमन्त्री मोदीले सार्क देशका सबै सदस्य राष्ट्रका सरकार प्रमुख तथा प्रतिनिधिसँगको भिडियो कन्फरेन्समा भारतीय प्रधानमन्त्री मोदीले सार्क देश सावधानीपूर्वक कोभिड–१९ विरुद्ध लड्‍नुपर्ने बताएका हुन् ।

कन्फरेन्सको सुरुवातमै सम्बोधन गरेका भारतीय प्रधानमन्त्री मोदीले सार्क देशमा १५० भन्दा कम केस देखिएको उल्लेख गर्दै भारतले कोरोनासम्बन्धी जागरुता अभियान चलाइरहेको जानकारी दिए। त्यस्तै विश्व स्वास्थ्य संगठनले कोभिड–१९ लाई महामारी घोषणा गरेकाले निकै सतर्कतापूर्वक यसविरुद्ध अभियान चाल्नुपर्ने मोदीले बताए।

भारतमा जनवरीदेखि नै स्क्रीनिङ भइरहेको र कोभिड–१९ संक्रमणको सम्भावनालाई मध्यनजर गर्दै विभिन्न देशमा रहेका एक हजार ४ सय भारतीय नागरिकको उद्धार गरिएको पनि मोदीले जानकारी दिए। केही छिमेकी मुलुकका नागरिकलाई पनि भारतले उद्धार गरेको उनले बताए। भारतीय प्रधानमन्त्रीले हालै मिर्गौला प्रत्यारोपण गराएका नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भिडियो कन्फरेन्समा आएकोमा विशेष धन्यवाद पनि दिए।

भिडियो कन्फरेन्समा भारतीय प्रधानमन्त्री मोदी, अफगानिस्तानका राष्ट्रपति अशरफ घानी, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, भुटानका प्रधानमन्त्री लोटे छिरिङ, मालदिभ्सका राष्ट्रपति इब्राहिम सोली, नेपालका प्रधानमन्त्री केपी शर्मा ओली, पाकिस्तानका स्वास्थ्य मन्त्री जाफर मिर्जा तथा श्रीलंकाका राष्ट्रपति गोटबया राजापाक्षे सहभागी छन्।


 

प्राप्त प्रतिकृयाहरू

To Top