नोवेल कोरोना भाइरस ःभ्रमपूर्ण विज्ञापन उपभोक्ता विरुद्धको अपराध 

स्वास्थ्य फागुन २४ २०७६ ekhabarnepal

विष्णु प्रसाद तिमिल्सिना
उप–महासचिव,  उपभोक्ता हित संरक्षण मञ्च, नेपाल

छिमेकी मुलुक चिनको हुवानबाट शुरु भएको नोवेल कोरोना भाइरस  विश्वका ६० भन्दा बढी मुलुकमा फैलिसकेको र विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोना संक्रमणको उच्च जोखिम मुलुकको रुपमा सूचिकृत गरिसकेको छ । यस परिस्थितिमा उक्त संक्रमणबाट वच्न आवश्यक मानिएका माक्स र सेनिटाईजर लगायतका सरसफाईका वस्तुहरु र औषधी, खाद्यान्न, ग्याँस, नून जस्ता दैनिक अत्यावश्यक उपभोग्य वस्तुको बजारमा कालोबजारी र कृतिम अभाव  श्रृजना भइरहनुका साथै कोरोनाको संक्रमणबाट बच्न सहि सूचनाको अभाव रहेको भन्ने उपभोक्ताको गुनासो प्रति मञ्चको गंभिर ध्यान आकर्षक भएको छ ।
नेपालमा कोरोना भाइरसबाट हालसम्म संक्रमित कोही नभेटिएको शुखद पक्ष रहेपनि यसको संक्रमण रोकथामका लागि उच्च सावधानी र पूर्व तयारी नगरिएमा यसबाट निम्तन सक्ने भयावहपूर्ण विपदको अवस्था सामना गर्नुपर्ने प्राय निश्चित छ । नेपाललाई कोरोना मुक्त मुलुक बनाई प्रत्येक नागरिकको जीवन सुरक्षामा योगदान गर्नु नेपाल सरकार, गैर सरकारी तथा निजी क्षेत्र लगायत सवै सरोकारवाला पक्षहरुको प्राथमिक दायित्व हुन आएको छ । 
तर नेपाली बजारमा यस्तो सम्वेदनशील अवस्थालाई व्यवसायीहरुले उपभोक्तालाई लुट्ने अवसरको रुपमा लिने प्रबृत्तिले हाल बजामा माक्स, सेनिटाईजर, औषधी, खाद्यवस्तु, ग्याँस, नून जस्ता अत्यावश्यक वस्तुहरुमा कृतिम अभाव र कालोबजारी भईरहेको पाइनु, विभिन्न सञ्चार माध्यम तथा फेसबुक, युटुव लगायतका सामाजिक सञ्जालहरुमा नोवेल कारोनाका सम्वन्धमा गलत सूचना प्रवाह गरि भ्रम पैदा हुनु र विभिन्न वस्तु तथा सेवाका उत्पादक तथा बिक्रेताहरुबाट आफ्नो बजार प्रवद्र्धनका उदेश्यले कोरोना भाइरससंग जोडेर भ्रमपूर्ण विज्ञापनहरु प्रचार तथा प्रशार गर्ने गरेका कारण आम उपभोक्तामा त्रास फैलाउन मदत गरिरहेको छ । यस प्रकारका गतिविधिहरु नितान्त निन्दनीय र गैरकानूनी मात्र नभई उपभोक्ता विरुद्धको अपराध भइरहेको मञ्चको ठहर रहेको छ । यस परिपे्रच्छमा मञ्च नेपाल सरकार, प्रदेश सरकार, सवै स्थानीय तह र सरोकारवाला पक्षहरुसंग निम्न माग गर्दछ । 
मागहरु

  • ठोस कार्ययोजना सहितको कोरोना संक्रमणका विरुद्ध नेपाल सरकार, प्रदेश सरकार र प्रत्येक स्थानीय तहले पूर्व तयारी गरिएको तत्काल घोषणा गरियोस् ।
  •  माक्स, सेनिटाईजर लगायतका सरसफाईका वस्तुहरु, औषधी, खाद्यवस्तु, ग्याँस, नून लगायतका वस्तुको आपुर्ति सहज वनाइयोस ।
  •  प्रभावकारी अनुगमन र नियमनको व्यवस्था गरि कृतिम अभाव र कालोबजारी गर्ने उपर कडा कारवाही गरियोस ।
  •  नोभेल कारोना संक्रमण रोकथाम र उपचारका सम्वन्धमा गलत सूचनाको र भ्रमपूर्ण विज्ञापन वन्द गरि सहि सूचना प्रचार प्रसार गरि आम नागरिकलाई सचेतना जगाइयोस ।

                                                                                                                                                       
 

प्राप्त प्रतिकृयाहरू

To Top