कपिलवस्तुको विजनगरमा बुधबार राती ६ गाडी  जलाइए

समाज फागुन २२ २०७६ ekhabarnepal
1


 कपिलवस्तु,फाल्गुन, २२ ।
कपिलवस्तुको पश्चिमी क्षेत्रमा अवस्थित विजयनगर गाउँपालिकामा बुधबार राती ६ गाडीमाथि आगजनी भएको छ । गाउँपालिकाको लोहोरौलामा हुलाकी मार्ग निर्माण गर्ने जिम्मा लिएको शर्मा एण्ड शर्मा कम्पनीका दुई जेसिभी, दुई स्काभेटर र दुई स्कारपियोमा आगजनी भएको  छ ।
 कपिलवस्तुको शिवराज नगरपालिका १ तुरुन्तपुरमा १ वटा स्काभेटर, विजयनगर गाउँपालिका २ लोहरौलामा २ जेसिबी र २ वटा स्कारपियो गाडीमा अज्ञात समूहले आगजनी गरेको प्रहरीले जनाएको छ ।
बुधवार राति पौने १ बजे उक्त घटना भएको अनुमान छ । ना १ क ९०६९, बा २ क ८७२९ नम्बरको जेसिवि, बा १९ च ६६४७, बा १६च ५२५० नम्वरको बोलोरो जिप र से १ क ७०, बा २ क १४७३ नम्बरको स्काभेटर जलेको हो ।

आगजनी भएका उक्त सामग्री हुलाकी मार्ग निर्माण गर्ने जिम्मा लिएको शर्मा एण्ड शर्मा कम्पनीको रहेको पाइएको छ । हुलाकी मार्ग निर्माण प्रयोग गरिएका निर्माण साधनमाथी अज्ञात समूहद्धारा आगजनी भएको प्रहरीले जनाएको छ । आगलागीबाट जेसिभि, स्काभेटर र स्कारपियो पूर्ण क्षति भएको ईलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरिक्षक मधु नेपालले बताउनुभयो ।
राती सडक बनाउन बस्ने कामदारको कोठामा बाहिराबाट चुकल बन्द गरेर गाडीमा आगजनी गरेको प्रहरी निरिक्षक नेपालले जानकारी दिनु भयो ।
कस्ले लगाएको भन्ने अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डिएसपी सुनिल मल्लले जानकारी दिनुभयो । इलाका प्रहरी कार्यालय गणेशपुर र खडैचाबाट घटना स्थलमा प्रहरी पुगेको जनाइएको छ ।

प्राप्त प्रतिकृयाहरू

To Top