विश्वव्यापी रुपमा ९० हजारमा संक्रमण हुँदा पनि कोरोनाबारे विश्व  ‘अनविज्ञ’ 

स्वास्थ्य फागुन २० २०७६ ekhabarnepal
 111098490 gettyimages 1209725544

विश्वव्यापी रुपमा बिस्तार हुँदै गएको कोरोनाभाइरसबाट विश्वभरि झन्डै ९०,००० जनामा सङ्क्रमण भएको पुष्टि हुँदा पनि यसको संक्रमणबारे विश्व नै अनविज्ञ अवस्थामा छ ।

डब्लुएचओका प्रमुख डा. टेड्रोस अड्हनोम गेब्रियेसुसले कोभिड–१९ भाइरस फरक अर्थात ‘युनिक’ रहेको तर सही उपया अपनायमा नियन्त्रणमा आउने बताएका छन् ।

विश्वव्यापी रुपमा कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या तीन हजार भन्दा बढी पुगेको छ । मृत्यु हुने अधिकांश चीनका छन्, तर पछिल्ला केही दिनमा चीनको तुलनामा अरु देशमा नयाँ संक्रमण बढी देखिएको छ ।

डब्लुएचओका प्रमुख डा. टेड्रोसले भने, ‘हामीले यो भाइरसलाई रोक्न सक्छौँ ।’ तर यसका लागि सबैभन्दा ठूलो जोखिम भाइरसलाई लिएर मानिसले बनाएको धारणा वा भय सबैभन्दा भयानक रहेको उनले बताएका छन् ।

कोरोनाको संक्रमण रोक्नका लागि तत्काल विश्वका सबै देशले एक भएर काम गर्नुको विकल्प नरहेको उनले बताए ।

चीन बाहिर कोरोनाका कारण सबैभन्दा नराम्रोसँग प्रभावित भएको देश हो इटाली । इटालीमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या सोमाबार ३४ बाट ५२ पुगेको छ ।

विश्वका ७० देशमा कोरोनाको संक्रमण देखिएको छ, यद्यपि संक्रमितको संख्या ९० प्रतिशत भन्दा बढी चीनमा नै छ । चीन बाहिर झण्डै ८ हजार जनामा संक्रमण देखिएको छ, त्यसको ८१ प्रतिशत इरान, दक्षिण कोरिया, इटाली र जापानमा रहेको छ ।

इटालीमा सोमबार थप १८ जनाको मृत्यु भयो भने कुल १८ सय ३५ जनामा संक्रमण पुष्टि भएको छ । इरानमा अहिलेसम्म कम्तिमा ६६ जनाको मृत्यु भएको छ ।

अमेरिकाको वासिङ्गटनमा सोमबार थप चारजनाको मृत्यु भएसँगै कोरोनाका कारण अमेरिकामा मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

चीनबाहिर सर्वाधिक सङ्क्रमण देखिएको दक्षिण कोरियामा थप ४७६ जना सङ्क्रमित भेटिएका छन्।

त्यहाँ ४,२१२ मा सङ्क्रमण भएको सरकारी तथ्याङ्क छ। तीमध्ये ३,०८१ जना डेगु सहरका बासिन्दा हुन्।

इरानमा सरकारी तथ्याङ्क थोरै भए पनि कोरोनाभाइरसका कारण कम्तीमा २१० जनाले ज्यान गुमाएका छन्।

प्राप्त प्रतिकृयाहरू

To Top