प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण  शिक्षण अस्पतालमा 

स्वास्थ्य फागुन १८ २०७६ ekhabarnepal
3

काठमाडौं, फागुन १८
प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो मिर्गौला प्रत्यारोपण बुधबार हुने भएको छ।

त्रिवि शिक्षण अस्पताल महारागजञ्जमा प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण हुने र त्यसबका लागि लागि उनी सोमबार नै अस्पताल भर्ना हुने बताइएको छ।  

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आइतबार मध्यान्ह बसेको सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले आफ्नो उपचार योजनाबारे जानकारी गराएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रवक्ता श्रेष्ठले भने, ‘बैठकमा प्रधानमन्त्रीज्युले मिर्गौला प्रत्यारोपण गर्ने विषयमा जानकारी गराउनुभयो।’

६९ वर्षीय प्रधानमन्त्री ओलीको १३ वर्षअघि दिल्लीस्थित अपोलो अस्पतालमा पहिलोपटक मिर्गौला प्रत्यारोपण गरिएकाे थियाे। 

प्राप्त प्रतिकृयाहरू

To Top